धरान/सुनसरी उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष राजेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको वैठकले कार्य विभाजन गरेको छ ।
नवनिर्वाचित सदस्यहरु मध्येबाटै गरिने कार्यविभाजन ढिलो भएको भन्दै सामान्य असन्तुष्टि पोख्दै आएका सदस्यहरु अब भने चुप भएका छन् । संघका निर्वाचित सदस्य किरण अग्रवालका अनुसार प्रथम उपाध्यक्षमा विजय श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गिरीधारी सापकोटा, महासचिवमा शिवराज श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल, उद्योग सचिवमा महेन्द्र प्रधान, वाणिज्य सचिवमा मनोज श्रेष्ठ र प्रचार सचिवमा उपेन्द्र चाम्लिङ्गले जिम्मोवरी पाउनुभएको छ ।
सुनसरी उद्योग वाणिज्य सघको विधान अनुसार सदस्यमा चार जना मनोनित हुने व्यवस्था रहेको छ । जसमध्ये २ जना अध्यक्ष र दुई जना कार्य समितिले निर्णय गर्नुपर्ने हुन्छ । अध्यक्षबाट मनोनित हुने दुई जनामा यस भन्दा अगावै अनिल अग्रवाल (प्रिन्स) र राजेश अग्रवाल मनोनित भइसक्नु भएको छ ।
