अन्तर्राष्ट्रिय फिस्टुला दिवस तामझाम गरी मनाइएन

धरान/ सोमबार अन्तर्राष्ट्रिय फिस्टुला दिवस । नेपालमा पनि पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । धरानमा पनि यो दिवस मनाइए पनि धुमधामका साथ भने मनाइएन ।
विश्वमै फिस्टुला
रोगीहरुलाई निुर्मुल पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको फिस्टुला फ्रि फाउन्डेशनको स्थापना भएको हो । गरिब तथा पिछाडिएका देशहरुमा यो रोगबाट पीडितको संख्या बढीभएकोले नेपालमा समेत यसको आवश्यता महसुस गरी फिस्टुला फर नेपाल स्थापना गरिएको छ । फिस्टुला फर नेपालले ग्रामीण भेगका विरामीहरुमा पनि स्वास्थ्यको पहुच पुगोस् भन्ने उद्देश्यले सुर्खेत जिल्ला अस्पताल, पाटन अस्पताल र पूर्वको धरानस्थित रहेको बीपी कोइराला स्वास्थ्य विज्ञानलाई केन्द्रविन्दु बनाएर पिछडिएका स्थानहरुमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजनासंगै नि:शुल्क शल्यक्रिया समेत गर्दै आइरहेको छ ।
आर्थिक अवस्था कमजोर भएका महिला, प्रचारप्रसार अभाव र जनचेतनाका अभाव र लाजका कारण फिस्टुला रोगी महिलाहरु अस्पतालसम्म उपचारका लागि नआउने भएकोले गाउा गाउामा गएर नि:शुल्क स्वास्थ्य शिविरको आयोजनासंगै विरामीलाई नि:शुल्क शल्यक्रिया गर्न थालिएको स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय विकास तालिम केन्द्रको सिप विकास प्रमुख ईश्वरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाले फिस्टुला फर नेपालले दक्ष जनशक्ति उत्पादन गर्दै रोगीहरुलाई स्वास्थ्य पहुच पुर्‍याउने उद्देश्यले विभिन्न तालिमहरु समेत गर्दै आएको बताउनुभयो ।
फिस्टुला दिवसकै अवसर पारेर प्रतिष्ठान र नेपाल सरकारले संयुक्त रुपमासमेत दक्ष जनशक्ति उत्पादनका लागि चारदिने तालिमको समेत आयोजना गरेको छ । तालिम अन्तर्गत दुईजना नर्स र एकजना चिकित्सकलाई फिस्टुलाको पहिचान र उपचारका विषयमा तालिम दिइएको प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. मोहनचन्द रेग्मीले जानकारी दिनुभयो । पााच बर्ष अगाडि शुरु गरिएको यो अभियान अन्तर्गत पूर्वाञ्चलका १६ वटै जिल्लाको पिछडिएका गाउमा गएर नि:शुल्क उपचार गराउनुका साथै शल्यक्रियामार्फत सैयौ
विरामीको उपचार समेत गराइसकेको उहाले जानकारी दिनुभयो । सरकारले प्रतिष्ठानलाई उपचार र तालिमका लागि राष्ट्रिय केन्द्र बीपीलाई तोकेका कारण सोही अनुरुप काम समेत अगाडि बढेको बताउनुभयो । उहााले शुरुका दिनमा बार्षिक १२ देखि १५ जना फिस्टुला रोगीहरु आउने गरे पनि पछिल्लो समयमा बार्षिक ५० देखि ६० जनासम्म विपी प्रतिष्ठानमै आउने गरेको बताउनुभयो ।
विशेष गरी गर्भाधान भएको समयमा गह्रौ भारी बोक्दा देखिने यो समस्याबाट गु्रजिएका महिलाहरुलाई सहज ढं्रगले उपचारको पहुच पुगोस भन्ने उद्देश्यले प्रतिष्ठानले विगतदेखि नै आथिक अवस्थाबाट पिछडी परेका, स्वास्थ्यको पहुच नपुगेका स्थानहरुमा गएर नि:शुल्क उपचार गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया