धरान/सिप्रद्धि ट्रेडिङ्ग प्राइभेट लिमिटेड र धरानस्थित रहेको टाटा मोटर्सका विक्रेता ग्लोबल अटो ट्ेरेडर्सको संयुक्त आयोजनामा इटहरीको ओसियन पार्कमा सञ्चालित दुई दिने टाटा मोटर कार मेला सम्पन्न भएको छ ।
भारतको प्रख्यात मोटर कम्पनी टाटा मोटर्सका विभिन्न ब्राण्डका कार मेलामा यसक्षेत्रका झण्डै तीन हजार मानिसहरु अवोलकनमा पुगेको धरानस्थित टाटा मोटर्सका विक्रेता एवम् ग्लोबल अटो टेडर्सका प्रोप्राइटर इस्ने गोयलले बनाउनुभयो ।
गोयलका अनुसार मेला अत्यन्तै उत्साहजनक रुपमा सम्पन्न भएको छ । दुई दिने मेलामा २३ वटा कारको विक्री भएको छ । जसमा स्ट्रोङ्ग, बोल्ड, जेष्ठ, इन्डिका लगायतका रहेका थिए । एउटा स्ट्ेराङ्ग कारको मूल्य ४४ लाख ४५ हजार, बोल्कको ३० देखि ३२ लाख, जेष्ठको ३१ लाख ९५ हजार, इन्डीकाको १९ लाख ७५ हजार, २३ लाख ९५ हजार रहको
छ । गोयलका अनुसार ७० जनाले टेष्ट ट्रायल गरेका थिए भने २ सय ८ जनाले टाटाका विभिन्न ब्राण्डका
कारका सम्बन्धमा जानकारी लिएका थिए ।
सिप्रद्धी ट्रेर्डिङ्ग प्राइभेट लिमिटेडका कार सेलिङ्ग म्यानेजर कैलाशबाबु गेलालका अनुसार ग्राहकहरुलाई फेमिली प्याकेज दिन र सामान्य इन्टरटेनमेन्ट होस् भने उद्देश्यका साथ कार मेलाको आयोजना गरिएको हो । एउटै ठाउामा सबै कुराको जानकारी दिने हाम्रो थप उद्देश्य पनि हो, म्यानेजर गेलालले भन्नुभयो । उहााले भन्नुभयो यस प्रकारको कार मेला सिप्रद्धि ट्रेडिङ्ग प्राइभेट लिमिटेडले हरेक बर्ष आयोजना गर्दैै आएको छ । हरेक बर्षको अगस्तमा हुने कारमेला राजधानीमा तीनपटक आयोजना भइसेकेको छ । म्यानेजर गेलालका अनुसार टाटा कार अफरै अफरको वहार हो । यसमा ६ वटा स्किमहरु रहेका
छन् । बाइक, मोवाइल, २.९९ प्रतिशत फाइनान्स सुविधा, एक्सचेन्ज लगायत रहेका छन् । सिप्रद्धीका एसिस्टेन्ट म्यानेर सुजन नेपालका अनुसार कार मेलामा आएर ग्राहकहरुले बुक गर्दा अन्य धेरै अफरहरु कम्पनीले उपलब्ध गराउने गरेको छ । मेलमा आगन्तुकहरुको
मनोरञ्जनका लागि वाटर स्लाइड्स, स्विमिक पुल, रेन डान्स, वेभ पुल, फेस पेन्टिङ्ग, नेल आर्ट, सङ्ग्स, वि वोइङ्ग, हिप–हिप, Ïलास मोव, फोटो सुट टेष्ट ड्राइभ, फुलस्टल लगायतका कार्यक्रमहरु समेत राखिएको थियो ।
त्र
