प्रथम राजघाट भेट्रान कपको उपाधि धरान भेट्रान क्लवले जितेको छ । राजघाट भेट्रान फुटवल क्लवको आयोजनामा स्थानीय दुर्गापुरी खेल मैदानमा आईतवार सम्पन्न फाईनल खेलमा उर्लाबारी युनाइटेड भेट्रान क्लवलाई सडनडेथमा ६—५ गोल अन्तरले स्तब्ध पार्दै धरानले उपाधि रक्षा गरेको हो । उपाधिसागै धरानले नगद ५० हजार ५ सय ५५ रुपैंयाा र ट्रफि प्रमाणपत्र हात पारेको छ । उपबिजेता उर्लाबारी युनाइटेडले २५ हजार ५ सय ५५ रुपैंया नगद र ट्रफि प्रमाणपत्रमा चित्त बुझाएको छ ।
सडनडेथमा धरानका गोल
रक्षक कुमार शाक्यले तेजु राईको प्रहार बचाउ गरेपछि धरानको जित सम्भव भएको हो । टाइब्रेकरमा उर्लाबारीका दिपक गुरुङ, सुरेन्ऽ तामाङ,सचिन्ऽ धिमाल र सन्जिब बुढाथोकीको प्रहार गोलमा परिणत भएको थियो भने धरानका तर्फबाट अर्जुन राई,असोक लिम्बू,सुमन केसी र मनिष तामाङले गोल गरेका थिए ।
टाइब्रेकरमा उर्लाबारीका गोपाल बुढाथोकीको प्रहार धरानका गोल
रक्षक कुमार शाक्यले बचाएका थिए भने धरानका गणेश लिम्बूले आउट प्रहार गरेका थिए । त्यसपछि भएको सडनडेथमा उर्लाबारीका तर्फबाट रुऽ खड्काले गोल गरे भने धरानका लक्ष्मण थापा र कमल गिरीले गोल गरे । यसअघि निर्धारित ६० मिनेटको खेलमा १५ आंैं मिनेटमा सुरेन्ऽ तामाङको फ्रिकिक लाई सदुपयोग उर्लाबारीका सन्जय योङहाङले गोल गर्दै उर्लाबारीलाई अग्रता दिलाएका थिए । पूवाद्र्धमा १—०ले अघि रहेको उर्लाबारीबिरुद्ध खेलको ४० औं मिनेटमा धरानका गणेश लिम्बूले उत्कृष्ट गोल गर्दै टिमलाई १—१ को बराबरीमा पुर्याएका
थिए ।
निर्धारित समयमा खेलको अन्तिम निर्णय नभएपछि खेल टाईब्रेकर हुादै सडन डेथमा पुगेको हो । फाईनल खेलको म्यान अफ द म्याच उर्लावारीका बिमल गुरुङ घोषित भए । गुरुङलाई नगद १५ सय रुपैया सहित ट्रफि प्रदान
गरियो । यस्तै,खेल अबधिमा सर्वाधिक गोलकर्ता धरानका मनिष तामाङलाई २ हजार रुपैंया सहित ट्रफिले सम्मान गरियो । म्यान द सिरीज धरानका गणेश लिम्बू घोषित भए । लिम्बूलाई ५ हजार रुपैंया र ट्रफि प्रदान गरियो ।
