प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा झडप

राजधानी/प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका सङ्घीय गठबन्धनका नेता कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसाग झडप भएको छ ।
संविधानका केही बुादाप्रति असन्तुष्ट जनाउादै आन्दोलनरत २९ दलीय गठबन्धनले राजधानी केन्ऽित आन्दोलन अन्तर्गत दुई दिन सिंहदरबार आसपासपछि मंगलबार बालुवाटार घेराउ गरेका छन् ।
आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मी बढी आक्रामक भई धर्नामा बसेकाहरुमाथि बल प्रयोग गरेको बताएका छन् । प्रहरीले भने प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा तिनलाई पछि धकेलिएको र सो क्रममा एक
प्रहरी सामान्य घाइते भएको बताएको छ । प्रहरीसागको झडपमा परी रञ्जित गोसामी घाइते भएको गठबन्धनमा आबद्ध दल सङ्घीय समाजवादी फोरम नेपालका दुर्गा सुवेदीले जानकारी दिए ।
गठबन्धनले आइतबार र सोमबार माइतीघर मण्डल र हनुमानस्थानमा दिनभरि धर्ना दिई विरोध प्रदर्शन गरेको थियो । गठबन्धनले आन्दोलनको स्थान परिवर्तन गर्दै आज बिहान १० बजेदेखि बालुवाटार घेराउ गर्ने प्रयास गरेको हो ।
गठबन्धनमा आबद्ध दलका नेता–कार्यकर्ताले नाराबाजी गर्दै आफ्ना माग सम्बोधन गराउन सडकमा धर्ना दिएपछि सो क्षेत्रको यातायात अवरुद्ध बनेको छ । यातायात अवरुद्ध भएका कारण यात्रु हिाडेर गन्तव्यमा जान बाध्य भएका
छन् ।
आन्दोलनकारीलाई बालुवाटार
वरपरको निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बाक्लो सफ््यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए । धर्नामा बसेका आन्दोलनकारीले ँपहिचानसहितको सङ्घीयता छोड्दैनौा, आन्दोलनकारीसाग गरिएका सम्झौता लागू गर लगायत नारा
लगाएका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौाले सुरक्षा संवेदनशीलता दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कसपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटाको १०० मिटरसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मिटर र नेपाल
राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मिटरसम्म निषेधित क्षेत्र तोकेको छ ।
विसं २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउादै मधेसकेन्ऽित र अन्य केही साना दलले आन्दोलन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया