मिस एसएलसी हुने

धरान/ धरान जेसिसको आयोजनामा तेस्रो मिस एलएलसी हुने भएको छ ।
पहिलो र दोस्रो मिस एसएलसी सफलतापूर्वक सम्पन्न गरेको जेसिजले आगामी जेष्ठ २८ गते धरानमा मिस एलएलसी २०१६ हुने आयोजक संस्था धरान जेसिजले धरानमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ । एलएलसी दिएर बसेका छात्राहरुलाई विभिन्न १६ विधामा तालिम दिई निखार ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा २५ देखि ३० जना छात्राहरुले सहभागिता जनाउने आयोजक समितिका प्रचारप्रसार संयोजक अतुल श्रेष्ठले जानकारी दिनुभयो । उहाले मिस एसएलसीमा सहभागिता जनाउने छात्राहरुको उमेर १४ देखि १९ बर्ष, उचाई कम्तिमा ५ फिट, अभिभावकको अनिवार्य मन्जुरीनामा र अविवाहित हुनुपर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा भाग लिनहरुका लागि अहिले फारम वितरण भइरहेको उहाले जानकारी दिनुभयो । फारम
भरेकाभित्रबाट जेठ ५ गते अन्तिम नतिजा प्रकाशन भएपछि प्रतिष्पर्धीलाई विभिन्न तालिममा सहभागि गराउदै जेष्ठ २८ गते मिस एसएलसीको अन्तिम प्रतिष्पर्धा गराइने आयोजकले जानकारी गराएको छ । मिस एलएसलीको उपाधि हासिल गर्नेलाई नगद, प्रमाणपत्र, क्राउन्ड शिल, विभिन्न गिÏट हेम्पर र धरान उच्च मा.विमा पूर्ण छात्रवृत्तिमा अध्ययन गराइने छ । पुरस्कारमा नगद भनिए पनि कति रकम दिने भन्ने विषयमा अर्को पत्रकार सम्मेलनमा जानकारी गराइने आयोजकले जानकारी दिएको छ । यसैगरी प्रतियोगितामा फस्ट रनरअफ, सेकेन्टर रनरअफ, मिसट्यालेन्ट, मिस डिसिपिलिन, मिस व्युटिसियन,मिस क्याटवाक लगायतका ११ विद्या छानिने र उनीहरुलाई समेत पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिइएको छ । प्रत्येक प्रतियोगिीबाट १५ हजार फारम शुल्कलिने भनिएपनि प्रतियोगिताको लागि लाग्ने खर्चका बारेमा समेत आगामी पत्रकारसम्मेलनमा जानकारी दिइने भएको छ । तीनबर्षदेखि लगाताररुपमा आयोजना गर्दै आएको मिस एलएलसीको २०१४ को उपाधि धरानकी रिया बजाज, २०१५ को एलिसा लिम्बुले उपाधि हात पारेका थिए ।

तपाईको प्रतिक्रिया