पाँचौ मदन भण्डारी स्मृति गोल्डकपको उपाधि आर्मीलाइ

उर्लाबारी र मोरङको उर्लाबारीमा सम्पन्न पााचौं अन्तर्रा्ष्टि्रय आमन्त्रण मदन भण्डारी स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लवले उचालेको छ । आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानलाई २–१ गोलले
पराजित गर्दै आर्मीले उपाधि उचालको हो । उपाधि जितेको त्रिभुवन क्लव आर्मीले नगद २ लाख २ हजार २ सय रुपैयाा सहित गोल्ड कप,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । उप विजेता आयोजक टिमले नगद १ लाख १ हजार १ सय सहित ट्रफि र प्रमाणपत्रमा चित्त बुझायो ।
उर्लाबारी ६ को सालबारी रंगशालामा उपस्थित १५ हजार बढी दर्शकका माझ भएको फाइनल खेलमा आर्मी क्लवका नवयुग श्रेष्ठ नायक बने । स्ट्राइगर भरत खवासको अभावमा पनि नवयुगले टिमका लागि २ गोलको योगदान गर्दै आर्मीलाई उपाधि दिलाए ।
पहिलो पटक मदन भण्डारी स्मृति गोल्ड कपमा सहभागी भएको त्रिभुवन आर्मीको जितका लागि खेलको २९ औं मिनेटमा मध्यभागबाट बिमल रानाले दिएको पासलाई सदुपयोग गर्दै नवयुगले पहिलो गोल गरे । भूटानको बीआरसी फ्रेण्ड्स क्लवसाग भएको सेमीफाइनल खेलमा रातो कार्ड पाएर मैदान बाहिर
रहेका कप्तान भरत खवासको अभाव आर्मी टिमलाई बारम्बार खट्किएको थियो । भरतको स्थानमा रहेका स्ट्राइगर बिमल राना र नवयुग श्रेष्ठले बेलाबेला तालमेल पूर्ण खेल पस्किन नसकेपनि आयोजकले त्यसको फाइदा उठाउन सकेन । आर्मी बिरुद्ध पहिलो हाफको इन्जुरी समयमा कर्ण लिम्बूको पासमा आयोजक टिमका कप्तान सन्तोष न्यौपानेले गोल गरे । पूर्वाद्धमा १/१ गोलको बराबरी भएपनि खेलको ६२ औं मिनेटमा टेकबहादुर बुढाथोकीको हेडिङ पासमा नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई उपाधि नजिक पुर्याएका थिए ।
७९ औं मिनेटमा कर्ण लिम्बूले प्रहार गरेको बल आर्मीको गोल पोष्टमा ठोकिदैं मैदान बाहिर गएको थियो । फाइनल खेलमा आयोजक टिमका देवेन्ऽ तामाङ म्यान अफ द म्याच घोषित भए ।
उपाधि विजेता र उप विजेता टिमलाई एक भब्य समारोहका बीच मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष एवं सभासद विनोद श्रेष्ठले परिषदका उपाधि,नगद र प्रमाण पत्र प्रदान गरे । यस्तै प्रतियोगिता भर उत्कृष्ठ खेल खेल्ने उत्कृष्ठ खेलाडीको उपाधि त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ घोषित भए । श्रेष्ठले २५ हजार नगद सहित ट्रफि हात प्राप्त गरे । यस्तै, खेलअवधिमा ५ गोल गर्नुभएका श्रेष्ठले नै सर्वािधक गोलकर्ताको उपाधि पनि प्राप्त गर्न सफल भए । उत्कृष्ठ गोल रक्षक घोषित हुादै आर्मीका गंगाराम देउजाले १० हजार रुपैयाा नगद सहित ट्रफि प्राप्त गरे । यसैगरी उत्कृष्ठ फरवार्डको उपाधि आयोजकका दिपक राई , मिड फिल्डरको उपाधि आयोजकका सन्जोक राई ,उत्कृष्ठ डिफेन्डरको उपाधि आर्मीका दिपक गुरुङ , उदयीमान खेलाडीको उपाधि आयोजकका सन्तोष न्यौपाने र उत्कृष्ठ प्रशिक्षकको उपाधि आर्मीका चुनबहादुर थापालाईलाई प्रदान
ैगरिएको छ । सबै विधाका उत्कृष्ठ खेलाडीलाई १० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया