विराटनगर – मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पार्टी र मधेसको स्वार्थभन्दा माथि उठेर आफूले ऐतिहासिक १६ बुादेका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
पार्टीको तीनदिने प्रथम राष्ट्रिय महाधिवेशनको सोमबार स्थानीय सहिद
रङ्गशालामा उद्घघाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले १६ बुादे सहमतिकै आधारमा मुलुकले संविधान पाएको बताउनुभयो ।
उहााले संविधानलाई कार्यान्वयन गर्न र लोकतन्त्रलाई बलियो र प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि दलहरुबीच सहमति आवश्यक रहेकामा जोड दिादै मधेसी, आदिवासी, थारु, मुस्लिमलगायतको सम्बोधनका साथै समस्या समाधानका लागि आठ प्रदेश बनाउनुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा एकीकृत नेकपा
(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेसी र आदिवासीको केही मागलाई पूरा गर्न सीमाङ्कनमा परिमार्जन एवं हेरफेर गर्न सकिने धारणा प्रकट गर्नुभयो । संविधान निर्माणको काममा गच्छदारको महत्वपूर्ण भूमिका रहेको अनुभवबाट आफू पनि लाभान्वित भएको जानकारी उहाले गराउनुभयो ।
नेकपा(एमाले)का नेता माधवकुमार नेपालले हिमाली, पहाडी र मधेसी मिलेर मुलुकलाई विकासको गतिमा डोर्याउनका लागि एक भएर अगाडि बढ्नुपर्ने सुझाव दिादै मुलुकमा संविधानको कार्यान्वयनका साथै विकासका लागि नेपाली कााग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभयो ।
कााग्रेसका केन्ऽीय सदस्य प्रकाशमान सिंहले दल मिलेर आन्दोलन गर्ने तर उपलब्धिलाई संस्थागत गर्न चुक्ने गरेको बताउादै संविधानको कार्यान्वयनका लागि कााग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्ने धारणा प्रकट गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्ऽ लोहनीले मुलुकको समस्या समाधानका लागि सबै दलले लचकता अपनाउनुुपर्नेमा जोड दिनुभयो ।
भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालमा लोकतन्त्र बलियो बनाउन र विकास निर्माणमा सहयोग गर्न भारत सदैव तत्पर रहेको जिकिर गर्नुभयो । भाजपाका राष्ट्रिय प्रवक्ता डा विजयस्वर्णकार शास्त्रीले नेपालले संविधान जारी गरेकामा बधाई दिादै प्राकृतिक सौन्दर्यको देश नेपाललाई पर्यावरणबाट हुने क्षतिबाट रोक्नका लागि ठोस कदम चाल्न सुझाव दिनुभयो ।
सो अवसरमा भारतको झारखण्ड राज्यका विधायक शिवशङ्कर उराव, नेकपा (माले)का खगेन्ऽ प्रसाईं, राप्रपा नेपालका उद्धवप्रसाद दाहाललगायतले महाधिवेशनको सफलताको कामना गर्नुभयो । तीन दिनसम्म चल्ने सो अधिवेशनमा दुई हजार ५सय प्रतिनिधि र ५सय पर्यवेक्षकको सहभागिता छ ।
त्र
