नगर एमालेमा सुब्बाको वर्चस्व

धरान/नेकपा एमालेको धरान उपमहानर विशेष इलाका संगठन कमिटीको आइतबार भएको सातौ अभिवेशनबाट तेस्रो कार्यकालका लागि युवा नेता तारा सुब्बा अत्याधिक बहुमतले विजयी हुनुभएको छ ।
सुब्बाले खसेको ३ सय ७७ मतमध्ये ३ सय ५ मत ल्याउनु भएको थियो भने उहााका प्रतिद्वन्द्वी किशोर कार्कीले ५९ मत मात्र प्राप्त गर्नुभएको थियो । सुब्बा माधवकुमार नेपाल निकट मानिनुहुन्छ भने कार्की ओली पक्षधरबाट प्रत्यासी बन्नुभएको थियो ।
यसैगरी उपाध्यक्षमा नारायण सुवेदीले २ सय ९७ मत ल्याउनु भएको थियो भने उहााका प्रतिद्वन्द्वी हर्कजंग एभेङ्गले ५७ मतमै चित्त बुझाउनु परेको थियो । सचिवमा राजमणि
निरौला सर्वसम्मतबाट निर्वाचित हुनुभएको थियो भने उपसचिवमा धनप्रसाद राईले २ सय ८० मत प्राप्त गर्नुभएको थियो । उहााका प्रतिद्वन्द्वी गोपी कृष्ण खतिवडाले ७६ मत मात्र प्राप्त गर्नुभएको थियो । धरान विशेष इलाका संगठन कमिटीमा माधव नेपाल पक्षधरकै वाहुल्यता
रहेको छ । यसैगरी सदस्यहरुमा खुल्लातर्फ सन्तोष कोइराला, योगेशबाबु काफ्ले,
रतन लिम्बु, राजेन्द्रकुमार राई, केशव श्रेष्ठ, दिवस वान्तवा राई, सोमबहादुर परियार, देवहाङ्ग राई र हिमाल लिम्बु निर्वाचित भएका छन् ।
यसैगरी महिलातर्फ यसोदा कायस्थ, उषा सुब्बा, कमला श्रेष्ठ, गीता राई, लक्ष्मी ढुंगाना, गणेशकुमारी राई, रन्जु भण्डारी, सुजाता राई, लिला राई, इन्दिरा पोख्रेल, प्रमिला मेन्याङ्गबो र दुर्गा विक निर्वाचित भएका छन् । भुगोलबाट उद्धव श्रेष्ठ, विकासकुमार वनेपाली, कैलाश अग्रवाल, भरत सुवेदी, व्रमज्ञ भट्टराई, विकास भुजेल, ठाकुर बहादुर कार्की, रुद्रबहादुर लिम्बु, शेरबहादुर परियार, कुमार कटुवाल, कृष्णबहादुर राई, सुशिल सुवेदी, वीरबहादुर सुन्दास, कुमार तामाङ्ग, कृष्णकुमार लावती, झमक बहादुर श्रेष्ठ, गिरिराज खतिवडा, गणेशबहादुर प्रधान, बकसमान गुरुङ्ग, टंक तामाङ्ग, दिना प्रसाद उपाध्याय, घनश्याम बुढाथोकी, नकुल बराइली, सुभाष राई, बालकृष्ण राई,
राजकुमार राई, तुफानकुमार मगर, शुभचन्द्र राई र खड्गप्रसाद शर्मा निर्वाचित भएका थिए । भुगोलको वडा नं. २३ बाट हेमराज सुवेदी र विश्वराज कार्की निर्वाचित भएका छन् । मजदुरतर्फबाट लक्ष्मी बानिया, कर्मचारीका तर्फबाट धरान उपमहानगरपालिकाका खगेन्द्र खतिवडा, जनजातिका तर्फबाट ङावालप्टु सेर्पा, दलितबाट रचना नेपाली, किशोर परियार, थिमबहादुर लामिछाने निर्वाचित भएका थिए । १९ जना मनोनित सहित ३ सय ९३ जना मतदाता रहेकोमा ३ सय ७७ मत मात्र खसेको निर्वाचित उपाध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया