धरान/प्रवल धार्मिक आस्था भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तिका अवसरमा आगामी जेठ ८ गते लुम्बिनीमा हुने विश्व वौद्ध सम्मेलनमा सहभागी हुन नेपाल आउन सक्ने भारतीय सञ्चारमाध्यम दैनिक टेलिग्राफले जनाएको छ ।
भारतको प्रधानमन्त्री भएपछि नेपालको दुई पटक भ्रमण गरिसक्नु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्व बौद्ध सम्मेलनमा आउने संकेत पाएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसका लागि पहल थाल्नुभएको छ ।
दैनिक टेलिग्राफले मे ३० को शनिवारको अंकमा मोदीको निकट भविष्यमा नेपालको भ्रमण हुन सक्ने समाचार प्रकाशित गरेको थियो । दैनिक टेलिग्राफका अनुसार प्रधानमन्त्री मोदीसागै विहारका मुख्यमन्त्री नितिशकुमारसमेत वौद्ध सम्मेलनमा भाग लिन नेपाल आउने कुरा उल्लेख छ । नितिश कुमार यस भन्दा अगाडि फागुन २२ गते नेपाली कााग्रेसको १३ औं महाधिवेशन उद्घाटन क्रममा नेपाल आउनु भएको थियो । दैनिक टेलिग्राफको समाचार बाहिर आएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदुत रन्जित राय र केही उच्च पदस्थ अधिकारीहरुलाई आमन्त्रण गरी वैसाख १९ गते काठमाण्डौको द्वारिकाज होटलमा रात्रिभोजको आयोजना गरी भ्रमणको विषयमा छलफल गर्नु भएको स्रोतले जानकारी दिएको छ ।
यद्यपि, भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको अन्तिम टुंगो भने लागि नसकेको स्रोतको भनाई छ । प्रधानमन्त्रीका सल्लाहकार विष्णु
रिमालसाग यस सम्बन्धमा बुझ्न सोमबार सम्पर्क गर्दा यस सम्बन्धमा आफूलाई केही जानकारी नभएको बताउनुभयो । यहाा स्मरणीय कुरा के छ भने २०७१ साल मंसिरमा नेपालमा भएको १८ औं सार्क शिखर सम्मेलनमा नेपाल आउादा भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीले लुम्बिनी र जनकपुर भ्रमणको चाहना राख्नु भएको थियो । ती दुवै धार्मिक स्थलमा मोदीको भ्रमणलाई लिएर स्थानीय स्तरबाटै भव्य स्वागतको तयारी भएको थियो । अन्तत: नेपाल सरकारले सुरक्षा र अन्य कारण देखाएर दुवै स्थानका भ्रमण रद्ध
गरिदिएको थियो ।
