इटहरी/आज वैसाख १५ गतेदेखि आÏना ३६ बुादे माग पूरा गराउन आन्दोलनको घोषणा
गरेको २७ दल संलग्न संघीय गठबधन मध्येका एउटा घटक संघीय लिम्बुवान पार्टीले आइतबार इटहरीमा आन्तरिक छलफल गरेको छ ।
संघीय लिम्बुवान पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्गदेनको अध्यक्षतामा भएको आन्तरिक छलफलमा केन्द्रीय उपाध्यक्ष ज्ञानु इङ्गबुङ्ग, ज्ञानबहादुर गुरुङ्ग, केन्द्रीय कोषाध्यक्ष नुनाम, केन्द्रीय सचिवालय सदस्य एवम् संगठन प्रमुख गजेन्द्रमान चोङवाङ क्याक लिम्बु, केन्द्रीय सचिव शान्ता योङ्गहाङ्ग, सुनसरी जिल्ला इन्चार्ज भुपेन्द्रसुन्दर लावती, सुनसरी, झापा, मोरङ्ग, संखुवासभा र धनकुटा जिल्लाका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । इटहरीको जेसिस हलमा भएको आन्तरिक छलफल वैसाख १५ गतेदेखि ३१ गतेसम्मको
प्रचारात्मक आन्दोलनलाई प्रभावकारी रुपमा अगाडि बढाउने भन्नेमा केन्द्रित रहयो, छलफलमा सहभागी सुनसरी सभापति अमर इजमले बताउनुभयो ।
२७ दलीय गठबन्धनले वैसाख १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरे तापनि यसलाई प्रचारप्रसाको रुपमा लिएको छ । गठबन्धनले अगाडि
सारेको माग सरकारले पूरा गर्नेतर्फ ध्यान नदिए जेठ १ गतेदेखि सिंहदरबार
घेराउ सागै जिल्ला जिल्लामा आन्दोलनलाई सशक्त बनाउने निर्णय १० गते नै गरिसकेको छ । प्रचारात्मक आन्दोलनमा सरकारी कार्यालयहरुमा विरोध स्वरुप कालो झण्डा देखाउने, देशभरि विरोध र्याली, कोणसभा र आमसभा गर्ने निर्णय गरेको छ ।
