गणतन्त्र स्थापनाको १० बर्ष उपलब्धिविहीन

नेपालमा केही नेताहरुको व्यक्तिगत स्वार्थमा, कमजोर र जगमा गणतन्त्र लादिएको १० बर्ष पुगेको छ । यो दशबर्षको अवधिमा मुलुकले के के कुरा हाासिल गर्‍यो, नेपालीको जीवनस्तरमा सुधार आयो कि आएन, गणतन्त्रको भरपुर मौका कस्ले उठायो भन्ने कुरामा यतिबेला सर्वत्र बहस मन्थन शुरु भएको छ ।
नेपालमा धेरैपटक सडक संघर्षहरु भए, त्यसरी भएका हरेक संघर्षले केवल व्यवस्थामात्र परिवर्तन भएको छ तर त्यसलाई संस्थागत गरेर मुलुकको आर्थिक समृतिमा कहिल्यै चासो दिएनन् यहााका
राजनैतिक दलहरुले । दश बर्ष कुनैपनि मुलुकका लागि छोटो समय होइन । राजनैतिक नेतृत्व इमान्दर भएमा दश बर्षमा मुलुकको कायापलट हुन्छ ।
विडम्बना नेपालका लागि दुर्भाग्य नै मान्नुपर्छ । वि.सं. २००७ सालको परिवर्तनले यसभन्दा अगाडि शासन सत्तामा बसेकाहरुलाई विस्थापित गर्‍यो र तत्कालीन आन्दोलनकारीहरु शासन सत्तामा स्थापित भए । मुलुकको समृद्धिमा त्यसरी स्थापित भएकाहरुले झण्डै ९ बर्षसम्म अस्थिरता मच्चाए । वि.सं. २०१६ देखि २०४५ सालसम्म मुलुकमा केही स्थिरता देखियो । यही समयमा देशमा ठूला ठूला निर्माणका कार्यहरु भए । पूर्व पश्चिम राजमार्ग, औद्योगिक क्षेत्रहरुको स्थापना, विश्व विद्यालय र कलेजहरुको स्थापना, जलविद्युत आयोजना निर्माण, कृषि क्रान्ति, पहाडी तथा ग्रामीण सडकहरुको शुरुवात, दुरगामी महत्वका योजनाहरु त्यही अवधिमा सम्पन्न भएका हुन् ।
वि.सं. २०४६ साल यता मुलुकले त्यस भन्दा अगाडिका विकास निर्माणलाई माथ गर्नेमा सबैले विश्वास गरेका थिए । तर भइदियो उल्टो । भएका ठूला ठूला राष्ट्रका उद्योग, कलकाराखान कमिशनको लोभमा कौडीको भाउमा बेच्ने काम भयो । दातृ राष्ट्रहरुले दिएको सहयोग सत्तासीनहरुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग
गरे । फलत: मुलुक थला पर्दै गयो भने सत्तासीनहरुको आर्थिक अवस्थामा अस्भाविक परिवर्तन भयो । चप्पल लगाएर, सानो फुसको घरमा बस्नेहरु पजेरो, प्राडो, मर्सिटिज लगायतका महागा गाडीमा दौडने र आलिशान महलमा बस्ने भए । उनीहरुको आयस्रोत के थियो ? रातारात अस्वभाविक सम्पत्ति कहााबाट थुप्रियो ? यस्ता सवाल उठाउनेहरु नै असुरक्षित भए । अझ २०६३ साल पश्चात मुलुक दलदलमा भासिन पुगेको छ । यो दश बर्षको अवधिमा अपराधी, भ्रष्ट, हत्यारा, माफिया, व्यभिचारीहरुका लागि स्वर्ण काल सावित भएर आयो । यो दश बर्षको अवधिमा देशका उद्योग धन्दाहरु क्रमश: राजनीतिक दादागिरी अर्थात गुण्डागर्दीका कारण अधिकांश बन्द भए, केही चलेका पनि नराम्रोसाग थला परे । निर्यातमा भन्दा पनि देश आयातमा निर्भिर हुन पुग्यो । देशका युवा शक्तिहरु बााच्नकै लागि वैदेशिक रोजगारमा बाहिरिए । दैनिक लाखौ युवाशक्ति यसैगरी बाहिरिरहेका छन् । उनीहरुले पठाएका रेमिट्यान्सबाट मुलुकको दैनिक चलेको छ भने सत्तासीनहरुले ऐय्यासीको जीन्दगी बिताउन पाएका छन् । त्यसरी वैदेशिक रोजगारीमा जाने कैयौको लास कफिनमा दैनिक जसो भित्रिरहेको छ । तर यहााका सत्तासीनहरुलाई त्यसले छोएको छैन, उनीहरुका परिवारका आाशुलाई ख्यालठट्टा सम्झने गरेका छन् । आज नेपाल संसारमै युवा निर्यात गर्ने मुलुकका रुपमा परिचित छ । यो भन्दा ठूलो बिडम्बना नेपालका लागि अरु केही हुन सक्दैन । जबसम्म युवा निर्यात हुन्छन्् तवसम्म यो मुलुक कहिल्यै समृद्धि हुन सक्दैन । त्यसैले १० बर्षको उपलब्धि अराजकता, युवा पलायन हरेक क्षेत्रमा अस्थिरता, कानुनविहीन राज्य, सत्ताको आडमा मनोमालिन्य, खोक्रो राष्ट्रवादको आडम्बरी, अभाव, असुरक्षा, कमिशन, गुण्डागर्दी आदिमै सीमित हुन पुगको छ ।

तपाईको प्रतिक्रिया