धरान/ नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ, सुनसरीले अध्यक्ष भोला चौधरीले कोषमा रहेको रकम आफूखुशी चलाएर संस्थालाई नै बद्नाम गरेको
आरोप लगाएका छन् ।
संस्थाका ११ जना कार्यसमितिका पदाधिकारीहरुले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष चौधरीले सस्थाका आजिवन सदस्यहरुबाट प्राप्त
रकम आजिवन सदस्यहरुबाट प्राप्त
रकमहरु बैंकबाट आफूखुसी निकाल्दै अपचलन गरेको अरोप लगाएका हुन् ।
आजिवन सदस्यहरुबाट सदस्य बनेबापत्को शुल्कको रकम र आजिवन सदस्य लोकनाथ कोइरालाले दिएको
रकम आफूखुसी बैंकहरुबाट निकाल्दै अपचलन गरेको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल सम्पर्क कार्यालय इटहरी, उजुरी समेत हालेको पत्रकार सम्मेलनमा जनकारी दिएका छन् । अध्यक्ष श्रेष्ठले सदस्यहरुबाट संकलित मध्ये कृषि विकास बैंक धरानमा राखेको २ लाख १३ हजार तीनसय ५१ रुपैया मध्ये ७४ हजार सातसय ६ रुपैया रकम विभिन्न मितिमा निकालेको बैंक स्टेटेमन्टमा देखिएको संघका सचिव कुमार श्रेष्ठले बताउनुभयो ।
उनीहरुले धरान–८ निवासी आजिवन सदस्य लोकनाथ कोइरालाबाट प्राप्त एक लाख रुपैया रकम पनि विभिन्न मितिमा निकालेर खर्च गरेको पाइएको बताएका छन् ।
आजीवन सदस्य कोइरालाले भवन निर्माणका लागि दिएको रकम मितेरी बैंक धरानमा चारजनाको नाममा सामूहिक खाता खोलेर राखिएको थियो । सो रकम समेत विभिन्न मितिमा उनले निकालेर आफूखुशी चलाएको पाइएको भवन निर्माण उपभोक्ता समितिका सचिव समेत रहनुभएका कुमार श्रेष्ठले पत्रकार सम्मेलनमै जानकारी दिनुभयो ।
मतेरी बैंककमा राखिएको १ लाख रुपैयामध्ये हाल २ हजार ४ सय रुपैया मात्रै रहेको र कृषि बिकास बैंकमा ९ सय ८२ रुपैया मात्रै बचत रहेको उनीहरुको भनाई छ । संघका महासचिव भेगलाल श्रेष्ठ सहित अध्यक्ष, कोषाध्यक्षको नाममा खोलिएको खाता भएपनि अन्यलाई केही जानकारी नदिई आफूखुशी रकम निकासा गर्ने गरेको उनीहरुको आरोप छ । मितेरी बैंकमा राखिएको रकम अध्यक्ष चौधरीले आफूखुसी चलाएको पाइएको छ ।
त्यति मात्रै हैन, अध्यक्ष चौधरीले भवन निर्माणको लागि शान्तिका लागि विकास कार्यक्रमबाट प्राप्त ३० लाख रुपैया मध्ये पहिलो किस्तामा आएको ३ लाख रुपैयामा पनि ३० हजार रुपैयाको हिसाब किताव समेत नभएको आरोप लगाएका छन् ।
सोमबारै अन्य पदाधिकारीहरुले पत्रकार सम्मेलन गरिरहादा अध्यक्ष
चौधरीले नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालय धरान–१३ मा पुगेर एक्लै पत्रकार सम्मेलन गर्नुभयो । उहाले आफूले नभई अरुले रकम हिनामिना गरेको भन्दै कार्यपरिषदका अन्यले लगाएको आरोप झुठो भएको बताउनुभयो ।
तर, त्यसबेला उहाले अरुलाई भ्रष्टाचार गरेको आरोप लगाएपनि त्यससम्बन्धी कागजपत्र भने पेश गर्न सक्नुभएन । २०६८ असार २१ गते चौधरीकै अध्यक्षतामा गठन भएको तदर्थ समितिले संघ गठन भएको ५ बर्ष बितिसक्दा पनि त्यही तदर्थ समितिले नै काम चलाउदै आउनु र पत्रकारसम्मेलनमा एक्लै उपस्थित हुनुले भ्रष्टाचार गरेको भन्ने कुरालाई अझ मजबुत बनाएको छ । यस सम्बन्धिमा सम्बन्धित निकायले छानबिन गरी तथ्यसत्य सार्वजनिक गरी दोषी माथि कारबाही गर्न आवश्यक भइसकेको छ ।
त्र
