भोजमा तीन करोड
झालेमालेका अध्येक्षे, सर्वहाराका नेता हाम्रा पर्धानमन्तरी खप्रओले ६ महिनाको अवधिमा तीन करोडको भोज बजाएर अहिलेसम्मका सबै
पर्धानमन्तरीलाई माथ खुवाइ दिएक छन् । खप्रओलाई सबैले रोगी, विरामी पर्धानमन्तरी भन्थे, फुइय्याा हुन्थ्यो । ६ महिनामा नै तीन करोडको भोज खाने पनि कही रोगी र विरामी हुन्छन् ? वहियात, त्यसरी हल्ला गर्नेहरुको थुतुनोमा किरै परोस लौजा । हुने खाने कुरा पो गर्नुपर्छ छ हुादा खाने कुरो
गरेर पनि कही हुन्छ ? हरेक हप्ता, महिनामा खप्रओले सरकारी पैसाबाट लाखौको भोज आयोजना गर्छन् रे । उल्फाको धन फूफूको श्राद्ध । खप्रओको केही जाने हैन । गिट्टी कुट्ने, वालुवा चाल्ने, ठेला चलाउने, रिक्सा तान्ने, सबैले तिरेको कर त हो नि त्यो अरु पर्धानमन्तरीले एक बर्षका एक करोड २० लाख सम्मको भोज गर्या लास्ट
रेकर्डलाई ओली वाले ६ महिनामै ३ करोड पुर्याइदिए । त्यत्रो रकमको भोज नखाने हो भने विचारा खप्रओले जनताका घर घरमा कसरी ग्याास पाइप पुर्याउाछन् ? कसरी काठमाण्डौमा मेट्रो रेल चलाउाछन्, कसरी तेल ग्याास सहज बनाउाछन् ? काम गर्न त टन्न खानै पर्यो ? कि कसो हौ ?
जाकिने भए ढुंगेल
भगवानके घरमा देर है मगर अन्धेर नहीा है भन्ने उखान माउवादीका नेता बालकृष्ण ढुंगेलसाग ठ्याक्कै मिल्न पुगेको छ । ओखलढुंगाका उज्वल श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत र सर्वोच्च अदालतले सर्वस्व सहित जन्मकैदको फैसला गरपनि
राजनीतिक धाक धम्कीका कारण कार्यान्वयन हुन सकेको थिएन । अब भने कार्यान्वयन हुने भएको छ । बाह्र बर्षमा खोलो पनि फर्कन्छ भन्या यही हो । विचरा श्रेष्ठको परिवार उजाड गरिदिएसी’ ढुंगेल कम्ता गद्गद भएर भोज खाका थेनन् । प्रहरी प्रशासन पनि उन्लाई पक्राउ गर्न हच्किदै आएको थियो । अब भने सर्वोच्चले फैसला कार्यान्वयन गर्नु भनेपछि प्रहरीहरु पनि अलि तात्तिन थाल्या छन् । अब भने ढुंगेललाई गोखैलौरी ठोकिने भयो । ढुंगेलसागै गोर्खे लौरी कसिने बाटो खुल्ने भयो । यसलाई शुभै मान्नुपर्छ । कि कसो हौ ?
षड्यन्त्र रे ?
कहिले सासूको पालो कहिले बुहारीको पालो भन्थे हो रै’छ । अब हेरौ न झालेमालेका मा’सचिव ईश्वर पोख्रेललाई । उन्ले अस्तिका दिन काठमाण्डौको एउटा कार्जेक्रमलाई सम्बोधन गर्दे भनेछन् । संविधान जारी हुन नदिने, सड्यन्त्र गर्नेहरु अहिले संविधान च्यात्ने र जलाउने काम गर्दैछन् रे । हिजो पञ्चायतले जारी गरेको संविधान एमाले कााग्रेसले च्यात्ने जलाउने काम गरेक्ै हुन् । ०४६ सालमा कााग्रेस, एमालेले जारी गरेको संविधान माउवादीले च्यात्ने र जलाउने गर्दैछन् र अहिलेको सविधान नब्बे प्रतिशत जनप्रतिनिधिले जारी गर्या हो रे । टन्न युरोयिपयन युनियन र विदेशीको माल डकारेर ताइ न तुइको संविधान जारी गर्दैमा सबैले मान्नुपर्छ भन्ने छ र ? आज १० प्रतिशतले च्यात्ने र जलाउने गर्या छन् भने भोलि यो संख्या बढेर ९० प्रतिशत पुग्यो भने मा’सचिव पोख्रेल कुन थुतुनो देखाएर हिड्दा हुन् ?
निर्देशिका अलपत्र
निजी विद्यालयहरुले विद्यार्थीहरुसाग मनपरी शुल्क लियो भनेर शुल्क तोक्न शिक्षा मन्त्रालयले एक महिना अगाडि जारी गरेको निर्देशिकालाई निजी विद्यालयहरुले धोति लगाई दिएका छन् । निजी विद्यालयहरुले बडी शुल्क लियो भनेर गुनासो आएपछि शिक्षाले निर्देशिका जारी गर्या रे । लिन्छन् त निजी विद्यालयले बढी शुल्क । राजनैतिक दल, तिनका भाते संगठन, सबैलाई निजी विद्यालयबाट चन्दा चाहिने अनि शुल्क बढाउादाचाहिा निर्देशिका जारी गर्ने ? यो त हजम भएन नि । के निजी विद्यालयले घरबारी बेचेर राजनैतिक दल, तिनका भाते संगठन, विभिन्न संघ संस्थालाई चन्दा मात्र दिनुपर्ने ? आफ्ना घुस्याहा कर्मचारीलाई घुस नलि भनेर निर्देशका जारी गर्नु नि । हावा न चावाको शिक्षा मन्त्रलाय । यसैलाई भन्छन् अर्थ न बर्थ गोविन्द गाइ टाउको दुख्या औषधि नाइटोमा लाई ।
सोह्रैआना ठीक
लालबाबु पण्डितले अस्तिका दिन साह्रै राम्रो कुरा गरे । राजनैतिक भ्रष्टाचारीलाई, अपराधिलाई अन्य नागरिकको भन्दा दोब्बर सजाय हुनुपर्छ । लौ न लालबाबु जी यो काम चाााडै नै गर्नुपर्यो । माने संविधानमा लेख्नुपर्यो । कलंक नलागेका लालबाबुले आÏनो मनको बह मात्र कहका हुन् । हुनैपछै भनेर अड्डी कसे भने भोलि उन्लाई आÏनै पार्टीबाट शिव बनाइदिलन्छन् । झालेमालेमै ठासठासी गन्हाएका राजनैतिक भ्रष्टाचारी, व्यभिचारी, अपराधीहरु छन् । सबै बेइमान भएका ठाममा एकजना मात्र सज्जन भएर के गर्नु ? लंगडाको जमातमा जाादा सद्धेले पनि एउटा खुट्टा खुम्च्याएर खुल्टिङ्ग गर्नुपर्छ । नत्र अरु लंगडाले सद्धेका खुट्टा वैसाखीले हानेर पनि भाचिन्छन् । विचार गरेस है लालबाबु ।
छानामुनि ल्याइन्छ रे
हाम्रा पर्धानमन्तरी खप्रओले फेरि जोत हानेछन् । जोत हान्न त खप्रओलाई मान्नैपर्छ वा । त्यत्रो विनाशकारी भुकम्प गाको अस्तिका दिन ठ्याक्कै एक बर्ष भयो । लाखौ मानिस घरबावरविहीन भएका छन्, हजारौ परमधाम भए, लाखौ अंगभंग भए तर सरकारले टुलुटुलु हेरेर एकबर्ष विताइदियो । विचरा भुकम्प पीडितहरु बर्खामा रुझेर बसे, हिउादमा कटट्यांगिएर बसे । सरकार भने वाल्वाटार र पुल्चौकतिर लमतन्न खुट्टा पसारेर बस्यो । अब बर्खा लाग्न लाग्न आाट्या छ । दाताहरुले दिएको पाल, त्रिपाल, जस्ता पाता, खाद्यान्न, आर्थिक सहयोग वाल्वाटार र पुल्चोक निवासीका पेटमा पुगे । सबै जान्दा जान्दै पनि भुकम्प गाको दिन खप्रओ सुन्धार पुगेर बर्खा अगाडि नै भुकम्प पीडितलाई छानामुनि ल्याइन्छ भनेर गफ जोतेछन् । खप्रओले कुनचाहिा बर्खा अगाडि छानामुनि ल्याउन लाग्या हुन् कुन्नि, पत्तै भएन ।
जिम्मा लिने रे
गफाडी नेताका रुपमा चिनिएका भत्कदै गएर छिद्रा छिद्रा परेको पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अस्तिका दिन दाङतिर पुगेर बडो फाइफुइा
गरेछन् । मधेशतिर आयो भने मधेशी दलका कार्जेकर्ताले टिक्न दिाददैनन्, सकभर लखेट्छन् नत्र मञ्च नै जलाइदिन्छन् । पहाडतिर प्रचण्डाउको भाषन सुनिदिने मान्छे नै छैनन् । त्यसैले उन्ले दाङतिर पुगेर फूर्ति लगाएछन् । जनयुद्धका सम्पूर्ण घट्नाको म जिम्मा लिन्छु सम्म भन्न भ्याएछन् । त्यसो भए अब कानुन बमोजिम कारबाही भोग्न पनि तयार छु भन्नुपर्यो नि । जिम्मा लिनेले त्यसो पनि भन्न सक्नु पर्यो नि , कि कसो हौ ?
अन्तेमा
नेप्लिज कााग्रेसका नेता डा. शेखर कोइरालालाई अस्तिका दिन साह्रै जंग चलेछ । केही गर्न नसक्ने केपी ओली
राजीनामा लिएर चल्दिनु भन्देछन् । कुरा सोह्रैआना ठीक हो । बुढो गोरुले कोरेली ओगटेर बसेझै केही गर्न नसक्नले भोजमात्र खाएर बस्नु पनि त भएन । आखिरी खप्रओको एउटै इच्छा थियो सिंहदरबारमा फोटो झुण्ड्याउने । फोटो त झुण्डिसक्या छ । बााकी रहयो उखान तुक्का त्यो त बाल्वाटारबाहिर बसेर भन्दा पनि हुन्छ । मान्छे हाास्नु न हो । कि कसो हौ ?
