धरान/पछिल्लो पटक बजारमा आएको राजेन्द्र न्यौपानेद्वारा लिखित करोडौ कस्तुरी नामक पुस्तकमाथि राजधानीको एक भव्य कार्यक्रमका बीच व्यापार विचार विमर्श भएको छ ।
बीपी कोइराला भारत–नेपाल फाउन्डेशन, भारतीय राजदूतावास काठमाण्डौले आफ्नो नियमति कार्यक्रम द कन्भरसेसनमा न्यौपानेको पुस्तकमाथि विचार विमर्श गर्ने साइत जुराइदिएको हो । फाउन्डेशनद्वारा प्राय: प्रत्येक महिना आयोजना गरिने कुराकानी कार्यक्रममा नेपालका प्रतिभाशाली व्यक्तित्वहरु जसले लेखन क्षेत्र, कलाकारिता क्षेत्र, खेलकुद क्षेत्र, साहित्यिक क्षेत्रमा पुर्याएको योगदानका सम्बन्धमा चर्चा
परिचर्चा हुने गर्दछ ।
भर्खरै सम्पन्न कन्भरसेसन कार्यक्रममा मदन
पुरस्कार विजेता समेत रहेका अमर न्यौपानेको पुस्तकमा चर्चा, परिचर्चा र विमर्श भएको थियो । पुस्तकका सम्बन्धमा लेखक न्यौपानेले आफ्नो सार्वजनिक धारणा राख्नुभएपछि पुस्तकमाथि राजेन्द्र पराजुलीले समिक्षा गर्नुभएको थियो । किर्तिपुुरस्थित त्रिभुवन विश्व विद्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रममाथि नेपालका प्रख्यात लेखक, साहित्यकार, समिक्षक, आलोचक तथा कवि, कवियत्रीहरुको सहभागिता रहेको थियो । त्रिभुवन विश्व विद्यालयका प्राध्यापक, छात्र–छात्राले पुस्तकमाथि भएको समिक्षालाई ध्यानपूर्वक सुनेका थिए ।
त्र
