धरान/ १३ वडा न.ंं सचिवको सिफारिसका कारण धरान उपमहानगरपालिकाका प्रशाकीय अधिकृत गणेश खतिवडाले आइतबार कार्यकक्षमै कुटाइ खानुपरेको परेको छ ।
वडा नं्र. १३ का वडा सचिव भानुभक्त आचार्यले आवश्यक कागजात नपुगी अन्धाधुन्ध सिफारिस गरे पनि प्रक्रिया नपुगेको सिफारिसलाई वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले मान्यता नदिएपछि आक्रोसित महिलाहरुले कार्यकक्षमै कुटपिट गरेका हुन् ।
वडा सचिव आचार्यले
प्यारालिगल नामक महिला संस्थाको दबाबमा परी आवश्यक कागजात पूरा नभए पनि रेणु तामाङको श्रीमानसंगको नाता प्रमाणितका लागि सिफारिस गरेर पठाएपछि नाता प्रमाणित नहुने भएपछि आक्रोसित महिलाहरु आक्रमणमा उत्रिएका हुन् ।
विगतमा वृद्धभत्तादेखि सबै काममा उपमहानगरपालिकाका कर्मचारीहरु सेवाग्राहीको नजरमा नकरात्मक बन्दै गएपनि कार्यकक्षमै हातपात गरेको घट्ना ्भने यो पहिलो हो । धरान उपमहानगरपालिकाको विषयमा पानबारीमा केही समय अगाडि आयोजना गरेको सार्वजनिक सुनुवाईमा समेत सर्वसाधारणले
धरान उपमहानगरपालिका
कर्मचारीहरु भ्रष्ट प्रवृतिको भएको बताएका थिए ।
धरान १३ स्थित रहेको प्यारालिगल नामक संस्थाले गरिदिएको निर्णयलाई मानेर १३ नं. वडा सचिव भानुभक्त आचार्यले नाता प्रमाणित गरिदिनेबारे सिफारिस लिएर गएका रेणु तामाङको टोलीले दबाब दिदा पनि प्रशासकीय अधिकृत खतिवडाले नमानेपछि उनीहरु आक्रमणमा उत्रिएका थिए । नाता प्रमाणित गर्दा श्रीमान श्रीमति भएको
परिचय खुल्ने कागजात चाहिने भएपनि केही समय अगाडि वडा नागरिक मञ्च र पारालिगलको संयुक्त छलफलले
गरेको निर्णयलाई आधार मानी सिफारिस बनाइदिएको सविच आचार्यको भनाई
छ ।
नाता प्रमाणित गर्न जाने तामाङको केही समय अगाडि तीर्थ मगरसाग विवाह भएको थियो । स्थानीय एक सहकारीमा काम गर्दै आएका मगरले सहकारीमा काम गर्ने एक महिलालाई विवाह गरेर भगाएपछि आफू पहिलो श्रीमतिको रुपमा दाबी गर्दै नाता प्रमाणित गर्न कोशिस
गरेकी थिइन् । रेणुले वडा नागरिक मञ्चमा नाता प्रमाणित गरिदिन निवेदन दिएपछि पारालिगल र वडा नागरिक मञ्चबीच भएको छलफलमा रेणुको नाता प्रमाणित गर्न वडा सचिवलाई अनुरोध गर्ने भनिएको थियो । संस्थागत रुपमा
रेणुको विषयमा निवेदन परेकोले अनुरोध गर्ने निर्णय मात्र गरिदिएको १३ नं. वडा नागरिक मञ्चका अध्यक्ष नेत्र काफ्लेले जानकारी दिनुभयो । यता इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले प्रक्राउ परेका ८ जनालाई सार्वजनिक मुद्धा अन्तर्गत कारबाही चलाइएको बताउनुभयो ।
