समुदायहरुलाई फुटाएर राज गर्ने राज्यसत्ताको नीति अब समाप्त हुन्छ–उपेन्द्र यादव मधेशीको रगतबाट रंगिएको संविधान कुनैपनि हालतमा स्वीकार गर्न सकिदैन–महन्त ठाकुर

राजधानी/६ महिना भन्दा लामो समयसम्म मधेश केन्द्रित आन्दोलनमा उत्रिएका मधेशवादी दल र नयाा संविधानप्रति विमति जनाउादै आएका संघीय गठबन्धनका नेताले मुलुक जोगाउनका लागि पुन: एकपटक आन्दोलन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले समेत आन्दोलनलाई राष्ट्रिय स्वरूप दिनुपर्नेमा जोड दिएका छन् ्। गठबन्धनमा मोर्चामा आबद्धसहित २६ साना दल
रहेका छन ्।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्ऽ यादवले मुलुकलाई बचाउनका लागि नेपालका सबै जनजातिलाई आन्दोलनमा उत्रन आह्वान गरे । मधेसी, आदिवासी र जनजाति कसैको पनि भावना समावेश नगरी नश्लवादी संविधान जारी गरिएको भन्दै, उनले त्यसविरुद्ध हिमाल, पहाड र मधेस फेरि आन्दोलनमा उत्रनु आवाश्यक
रहेको बताए । उनले विभेदकारी, नश्लवादी र असमावेशी संविधान र माफियातन्त्रविरुद्ध एकपटक आन्दोलन
गरेर निकास निकाल्न आवश्यक भइसकेको छलफलमा बताएका थिए ।
मधेशले तराई केन्द्रित आन्दोलन नगर्दा समेत कालोबजारी यथावथ
रहेको भन्दै मुलुकको अर्थतन्त्र कालोबजारियाले चलाएको आरोप लगाए । अध्यक्ष यादवले भूकम्पपीडितले न्यानो बास अझै नपाएको, विदेशी दातृ समुदायबाट आएको रकम सही सदुपयोग नभई भ्रष्टाचार भएको, कालोबजारी अर्थतन्त्रले देश ध्वस्त हुादै गएको उल्लेख गर्दै पेट्रोल र ग्याास े
भारतबाट भित्रिएपनि कता जान्छ भन्ने नै थाहा छैन भन्दै अहिले सरकारले नै काला बजारीलाई प्रश्रय दिएको भन्दै सरकारले नै नाकाबन्दी लगाइरहेको
आरोप लगाए ।
राष्ट्रियताको पहिचान विविधतामा एकता भए पनि व्यावहारिक रूपमा लागू नभएको उनले बताए । अबको आन्दोलन त्यसैका लागि गर्नुपर्ने उनको भनाइ थियो । उनका अनुसार सिंहदरबारकेन्ऽित आन्दोलन गर्नका लागि उक्त गठबन्धन गठन भएको हो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाा संविधानप्रति विमति जनाउादै तराई–मधेसमा भएको आन्दोलनले राष्ट्रिय स्वरुप पाउादै गएकोमा खुसी व्यक्त गरे । मधेसी जनताको रगतले लतपतिएको नश्लवादी संविधानप्रति विमति कायमै छ, यो संविधानविरुद्ध मधेस मात्रै होइन, हिमाल र पहाड पनि एकैपटक आन्दोलनमा उत्रने तयारी भइरहेको छ,’ ठाकुरले भने, ’त्यसैले गोलीले तह लगाउाछु भन्ने सरकारलाई एकपटक झुकाउन जरुरी छ ।’
कार्यक्रममा बोल्ने अधिकांश नेताले मधेसी समुदायसहित आदिवासी जनजातिलाई अधिकार दिन नयाा संविधान चुकेको गुनासो गरेका थिए । नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले आन्दोलनमा मात्रै केन्ऽित नभई वार्तामार्फत समस्याको समाधान खोज्न गठबन्धनका नेतालाई सुझाव दिए । कार्यक्रममा बोल्ने अधिकांश नेताले अबको आन्दोलन काठमाडौंकेन्ऽित हुने जनाउ दिएका थिए ।

तपाईको प्रतिक्रिया