गुरुङ्गद्वारा उपचार खर्च व्यहोर्ने घोषणा

धरान/नेपाली कााग्रेस महासमिति सदस्य एवम् नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गले फोक्सोको समस्याबाट पीडित आर्थिक अवस्था अत्यन्तै कमजोर भएका तरहरा हाासपोसाका एक बालकको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएका छन् ।
उपचारमा आर्थिक समस्या
रहेको जानकारी पाएपछि इटहरी २५
तरहरा घर भएका बालकका बाबु वुद्धबहादुर राईको घरैमा पुगि बालकको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने बताएका थिए । निमोनिया विग्रेका कारण फोक्सोको समस्याबाट पीडित बालक दिवस राईलाई आर्थिक अभावकै कारण परिवारले राम्रो ठाउामा पुर्‍याई उपचार गराउन सकेको थिएन ।
अध्यक्ष गुरुङ्गले शुक्रबार इटहरीम एक पत्रकार सम्मेलनको आयोजना
गरी बालकको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफू व्यहोर्ने घोषणा गरेका थिए । प्रारम्भिक चरणमा बालक दिवस
राईको उपचार गुरुङ्गले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराइएका छन् । वेड छुट, औषधि उपचारमा साथीभाइको सहयोग लिइए तापनि एकलाख रुपैया खर्च भइसकेको गुरुङ्गले बताए । चिकित्सकले दिएको जानकारी उद्दृत गर्दै गरुङ्गले बालकको अवस्था हाल सामान्य रहेको छ । बालकको फोक्सोमा जेलिएको लेयरले उमेरको बढोत्तरीसागै फोक्सोको विकास नहुने भएकोले मेजर अप्रेशन आवश्यक
रहेको छ ।
बालकको उपचारमा आफ्नो कुनै प्रकारको स्वार्थ नरहेको भन्दै मेजर अप्रेशनका लागि चााडै काठमाण्डौस्थित कान्ति बाल अस्पताल लैजाने तयारी गर्दै गरेको अध्यक्ष गुरुङ्गले जानकारी दिए । यसका लागि सम्भव भएससम्म नगरपालिकाको सिफारिस, जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस लिएर नि:शुल्क गराउने प्रयास गर्छु । त्यसो हुन नसके सम्पूर्ण खर्च आफै व्यहोर्छु, उनले भने ।

तपाईको प्रतिक्रिया