सहयोगमात्र खोज्ने वर्तमान शासक

नेपालको अत्यन्तै निकटको मित्र राष्ट्र, प्रमुख दातृ निकाय जापानमा विहीबारदेखि लगातार गएको शक्तिशाली भुकम्पका कारण सैयौ जापानिज नागरिकले ज्यान गुमाएका छन् ।
खरबौको भौतिक संरचना ध्वस्त भएका छन् भने लाखौ घाइते भएका छन् ।
जापानमा आइरहेको त्यस विपत्तिका बारेमा संसारका सबै देशले दु:ख व्यक्त गरेका छन् । तत्काल आवश्यक पर्ने अत्यावश्यक उद्धार सामाग्री सहित कैयौ राष्ट्रले आÏना उद्धारकर्ताहरु जापान पठाउादैछन् । नेपालका छिमेकी राष्ट्र चीन र भारतका प्रधानमन्त्री र राष्ट्रपतिले जापानीज नागरिकलाई संयमता अपनाउन आग्रह गर्दै जापान सरकारलाई दु:ख व्यक्त गर्दै सन्देशहरु पठाएका छन् ।
चीन र भारतले मात्र हैन भुटान, बंगलादेश, श्रीलंका, पाकिस्थान, अफगानिस्तान, मलेसिया, सिंगापुर लगायत दर्जनौ दक्षिण एसिसयाली राष्ट्रले गहिरो दु:ख व्यक्त गरेका छन् । तर नेपालका वर्तमान शासकले जापानको त्यस विपत्तिमा एउटा दु:खको सन्देश समेत पठाएको छैन । सहयोग गर्ने कुरा त परै जाओस् । नेपालमा गत बर्ष आएको महाविनाशकारी भुकम्पका समयमा जापान सरकारले अत्यावश्यक सामाग्री सहित, उद्धार टोली पठाइ नेपालका भुकम्प पीडितहरुलाई सहयोग पुर्‍याएको थियो । यतिमात्र हैन जापान सरकारले आफ्ना नागरिकले
तिरेको करबाट नेपालका भुकम्प पीडितहरुको उद्धार पुनस्र्थापना लगायतका कामका लागि ३२ अर्ब रुपैया समेत उपलब्ध गराएको थियो जापानले पठाएको उक्त रकम यहााका वर्तमान शासकहरुले भुकम्प पीडितहरुलाई नभएर आफ्नो व्यक्तिगत प्रयोजनका लागि खर्च गरे र खर्च गर्दै आएका छन् । आफ्नै नागरिक विपत्तिमा पर्दा अरुले दिएको सहयोग समेत उपलब्ध नगराउने भ्रष्ट शासकले अरुलाई सहयोग गर्छ भनेर विश्वास गर्नुपनि बेकार हो ।
नेपालले जापानलाई यस दु:खद घडीमा आर्थिक सहयोग नभएपनि उद्धारकर्मी पठाएर सहयोग गर्न सक्छ, चिकित्सकको टोली पठाई घाइतेहरुको उपचारमा सहयोग गर्न सक्छ । जाबो एउटा दु:ख व्यक्त सन्देश प्रकाशित गर्न नसक्ने वर्तमान शासकबाट कुनै अपेक्षा गर्नु बेकार हो । अरुबाट जुनसुकै प्रकारको सहयोग लिने तर आफूचाहिा कुनै प्रकारको सहयोगको ल्याकत न
राख्नेलाई भोलिका दिनमा ्दातृ निकायहरुले कुन नजरले हेर्लान ? जापानमा विहीबार ६.५ र ५.७ रेक्टर स्केलको भुकम्प गएको थियो भने शनिवार पुन: ७.३ रेक्टर स्केलको भुकम्प गएको छ । यसका अलावा स–साना पराकम्पनहरु दैनिकजसो गइरहेका छन् । भुकम्पका कारण ठूला ठूला पहिरोहरु गएका छन् । जापानी सरकारले क्षतिको यकिन विवरण अझ सम्म संकलन गर्न सकिरहेको छैन । क्षतिको विवरण लिने कार्य सरकारले गरिरहेको छ । भुकम्पका कारण जापानको दक्षिणी भुभाग कुमामोतोमाका सडकहरुमा ठूला ठूला ध्वााजा फााटेका छन् हजारौ पुलहरु क्षतिग्रस्त भएका छन्, विजुली, टेलिफोन लगायतका भौतिक संरचनाहरु ध्वस्त भएका छन् । सरकारले यस विपत्तको घडीमा आफ्ना नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ । क्षतिग्रस्त भएका कारण त्यहााको सेवा केन्द्रहरु बन्द गरी ठूलो संख्यामा
सुरक्षाकर्मीहरु सञ्चालित गरेको छ । झण्डै २० हजार
सुरक्षाकर्मीहरुले हाल उद्धार कार्यलाई जारी राखेका छन् ।
हजारौ नागरिकहरु विहिबारदेखि सडकमै रात विताउन बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया