धरानमा भाटभाटेनीको एघारौ शाखा : उद्घाटनकै दिन करोडौको कारोबार

धरान/भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरले वैसाख ४ गतेदेखि धरानमा एघारौ शाखा सञ्चालनमा ल्याएको छ ।
आज भन्दा २२ बर्ष अगाडि अर्थात वि.सं. २०५१ साल जेष्ठ ४ गते ३५ हजारको पूाजीबाट काठमाण्डौको टंगालस्थित भाटभटेनीबाट सानो भाडाको कोठाबाट शुभारम्भ भएको भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर मुलुककै सबैभन्दा ठूलो र विस्तारित डिपार्टमेन्टल स्टोर बन्न पुगेको छ ।
राजधानीमा मात्र ९ वटा, पोखरामा १ शाखा यस अघि नै विस्तार भइसकेका थिए भने वैसाख ४ गते शनिवारदेखि एघारौ शाखाका रुपमा धरानबाट समेत सञ्चालनमा आएको छ । पूर्वकै सुन्दर नगर धरानको पुतली लाइनमा सञ्चालित एघारौ शाखाले पहिलो दिन नै करोडौको कारबोबार गरेको छ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर टिम वर्क मध्ये एक पहल गुरुङका अनुसार धरानमा स्थानीय बासिन्दाले उत्साहजनक सहभागता देखाउनु भएको छ । हामी अत्यन्तै खुशी भएका छौं हामीले सोचेभन्दा धेरै राम्रो कारोबार भएको छ । डिपार्टमेन्टल स्टोर सञ्चालक मिनकुमार गुरुङका भाइ समेत रहनु भएका गुरुङ्गले भन्नुभयो, धराने जनताको माया हामी निरन्तर पाउाछौं ।
राजधानी बाहिरका उपभोक्ताहरुलाई सस्तो, सर्वसुलभ, सेवा पुर्‍याउने उद्देश्यका साथ विशेष योजना लिएर अघि बढेको सञ्चालक मिनबहादुर गुरुङ्गले जानकारी दिनुभयो । वैसाख ७ गते चितवनको भरतपुरमा थप एक शाखा सञ्चालनमा ल्याएको डिपार्टमेन्टल स्टोरले सबै शाखामा
गरी हालसम्म पााच हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी समेत दिएको सञ्चालक गुरुङ्गले बताउनुभयो । धरान शाखाको सञ्चालनमा ५१ करोड रुपैया लगानी रहेको र यसमा करिब दुई सय जनाले रोजगारी पाएका छन् । शाखा सञ्चालनको पूर्व सन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै सञ्चालक गुरुङ्गले भन्नुभयो भाटभटेनी सुपरस्टोरलाई आम नेपालीको सुपर स्टोर बनाउने आकांक्षा अनुरुप यसको शेयर सर्वसाधारणमा विक्री गरी पब्लिक कम्पनीमा जाने योजनामा रहेको छ ।
उहााले भन्नुभयो, एउटा गुरुङ्ग समुदायबाट विसुद्ध अलग क्षेत्रका हात हालेर सफल भएकोमा मलाई गर्व लागेको छ । बार्षिक ९ अर्बको कारबोर र करौडौ राजस्व तिर्ने गरेको प्रष्ट्याउदै सञ्चालक गुरुङ्गले सामाजिक
उत्तरदायित्वको भावनालाई ध्यानमा
राखी यहााबाट आएको मुनाफाको केही भाग समाजसेवामा खर्चिने गरेको उहााले बताउनुभयो । सामाजिक कार्यका अतिरिक्त हरेक बर्ष नेपालका दुर्गम स्थानका दुई जना विद्यार्थीहरुलाई नि:शुल्क एमविविएस पढाउने व्यवस्था समेत गर्दै आएको र एकजना विद्यार्थीले एमविएस अध्ययन गर्दा न्युनतम ३५ लाख लाग्ने गरेको छ ।
भाटभाटेनी सुपर मार्केट धरानको एघारौ शाखा सुभारम्भको अवसरमा आएका ग्राहकहरुलाई रेडिमेट गार्मेन्ट लगायत विभिन्न प्रकारका सामानको विक्रीमा १० प्रतिशत र अन्य विभिन्न व्राण्डका मदिराहरुमा ५ प्रतिशत छुट दिइएको थियो । भाटभाटेनी सुपर मार्केटका अन्य शाखाहरुमा जस्तै धरान शाखामा पनि दैनिक उपभोग्य सामाग्रीका साथै लत्ताकपडा, श्रृंगार सामाग्री, इलेक्ट्रोनिक्सका सामान, फर्निचर लगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया