काठमाडौं/आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध लगातार दोस्रो विजय हात पारेपछि नेपाल समूह अंक तालिकामा पाचौं स्थानमा उक्लिएको छ । लिग च्याम्पियनसीपका अघिल्ला चार खेलमा लगातार पराजित भएको नेपाली टोली काठमाडौंमा शनिबार र सोमबार नामिबियाविरुद्धका दुवै खेलमा विजयी भएको थियो । ६ खेलपछि नेपाल ४ अंक सहित पााचौं स्थानमा पुगेको हो । आठ देशको समूहमा दुवै खेल जित्नुअघि नेपाल अन्तिममा थियो ।
६ खेलपछि १० अंक सहित
नेरल्यान्ड्स समूहको शीर्ष स्थानमा
रहेको छ । हङकङ ९ अंक सहित दोस्रो स्थानमा छ भने स्कटल्यान्ड ७ अंक सहित तेस्रो स्थानमा छ । ४ खेलमा ६ अंक बटुल्दै केन्या चौथो स्थानमा छ ।
दुई खेलमा विजय हात पार्दै नेपाल पााचौं स्थानमा उक्लिएको छ । नेपाल पछाडि क्रमश: पपुवा न्युयोगिनी, नामिबिया र युएइ रहेका छन्। नामिबियाले ६ खेलमा एउटामा मात्र जित हात पारेको छ ।
सोमबार कीर्तिपुर मैदानमा नामिबिया नेपालसाग दोस्रो पटक पराजित भएको हो । सोही मैदानमा शनिबार नेपालले उसलाई पहिलो पटक पराजित गरेको थियो ।
२४० रनको लक्ष्य पछ्याएको नेपाल कप्तान पारस खड्काको शतक मद्दतले सोमबार नामिबियाको विजय लक्ष्य पूरा गर्न सफल रह्यो । कीर्तिपुर मैदानमा २४० रनको ठूलो लक्ष्य पछ्याएको नेपालले कप्तान पारस खड्का र शरद भेषवाकरको १६७ रनको साझेदारी गर्दा नामिया ३ विकेटले पराजित भयो । नेपालले ४९.५ ओभरमा ७ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो । नामिबियाले ५० ओभर खेल्दै ९ विकेट क्षतिमा १३९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा आएको नेपालको सुरुवात सशक्त हुन सकेको थिएन । ७ औं ओभरमा ओपनर नरेश बुढाऐर सस्तैमा आउट भए । उनी जेजे स्मिथको बलमा आउट भएका थिए । त्यसपछि आएका शरद भेषवाकरले परिपक्व ब्याटिङ गर्दै इनिङ सम्हालेका थिए । ज्ञानेन्ऽ मल्ल १३ औं ओभरमा २२ रन बनाएर आउट भए । उपकप्तान ज्ञानेन्ऽ आउट भएपछि नेपालको इनिङ केही धर्मराए जस्तो देखिएको थियो ।
चौथो विकेटको रुपमा मैदान प्रवेश गरेका कप्तान पारस खड्काले निकै आक्रमक सुरुवात गरेका थिए । १३ ओभरपछि इनिङ सम्हालेको पारस र शरदको जोडीले नेपाललाई जितको बाटो देखाएका थिए । उनीहरु ४१ ओभरसम्म खेले। उनीहरुले १६७ रनको साझेदारी गरे । पारसपछि मैदानमा आएका राजेश पुलामी १ रन बनाएर क्याच आउट भए । विनोद भण्डारी १६ बलमा १२ रन बनाएर आउट भए । सोमपाल कामी उनी ४८ औं ओभरमा सारेल बर्गरको बलमा क्याच आउट हुन पुगे । शरद भेषवाकरले दिगो ब्याटिङ गर्दै १०७ बलमा ७४ रन बनाउादै नट आउट रहे ।
पहिला टस जितेर बलिङ
रोजेको नेपालको फिल्डिङ कसिलो हुन नसक्दा नामिबियाले २३९
रनको स्कोर बनाउन सफल भएको थियो । नेपालका लागि बसन्त रेग्मी, शक्ति गौचन तथा सन्दिप लामिछानेले दुई दुई विकेट लिएका थिए ।
