निश्चल कार्कीको ‘विर्सन सक्दिन’ गीतको म्युजिक भिडियो

धरान/ अष्ट्रेलियामा
इन्फरमेशन टेक्नोलोजीमा ब्याचलर पढदै गरेका धरानका निश्चल कार्कीले गाएको ‘बिर्सन सक्दिन’ बोलको गित निकै लोकप्रिया बन्यो । सानै देखि गीत संगीतमा रुचि राख्ने कार्कीले कक्षा ११ मा पढ्दै गर्दा प्रेम कथामा
आधरित यो गीत कलेज अध्ययन गर्ने टिनेजर्सहरुको भावनालाई नछोइरहन सकेन ।
उनले अहिले अष्ट्ेरलियमा त्यही गितको म्युजीक भिडियो बनाएका छन् । उनी भन्छन् अत्यन्तै मेहनताका साथ यो एलबम तयार गरेको छु । जुन महिनाको अन्तिम सम्ममा म्युजीक भिडियो बजारमा ल्याउने योजनामा छु ।
आफ्नै शब्द,संगित,स्वर र कम्पोजमा तयार पारेको गीतको म्युजिक भिडियोको निर्देशनपनि उनी आफैले गरेका छन । अष्ट्ेरलियाको सिड्नी स्थित ओपेरा हाउस,बोटानिकल गार्डेन,मरोब्रा,कोग्रा,केम्सि जस्ता ठाउमा छायाङकन गरिएको म्युजीक भिडियोमा फिल्म मेकिङमा अष्ट्रेलियामा ग्य्रायुजेशन गरेका संयक ताम्राकारले क्यामरा प्रयोग गरेका छन् भने इडिटिङ पनि उनैले गर्दैछन् । अष्ट्रेलियन कलाकारहरुको म्युजीक भिडियो तथा डकुमेन्ट्रिहरुमा काम गरिसकेका उनले निश्चलको ‘बिर्सन सक्दिन’ लाई पनि आफ्नौ कला कौशलतालाई निमेक लगाएर देखाउने भएका छन् । म्युजीक भिडियोमा निश्चल खड्का ,सुदन बानीया र निशा श्रेष्ठले मोडलिङ
गरेका छन् । प्रेमलाईं एउटा आर्दश भन्दा पनि आबश्यक्ताको रुपमा बुझेकी प्रेमिकाको रोलमा निशाले भुमिका निर्बाह गरेकी छिन् भने लिड रोलमा देखिएका अर्का मोडल निश्चल खड्का भने प्रेमलाई आदर्श मान्ने तर निम्न इकोनोमिक स्टाटस भएका कारण निशाबाट धोका खाएको पिडित पत्रको रुपमा देखिएका छन् । निशालाई सौखिन पात्रको रुपमा देखाइएको म्युजिक भिडियोमा निश्चल खड्कालाई छाडेर सुदन बानीयाासाग अर्को प्रेम समन्ध जोडेको दृश्य निकै मार्मिक भएको निर्देशक निश्चल कार्की बताउछन् । अहिलेका युवा पिढीमा प्रेमले कस्तो रुप लिन्छ भन्नेकुरा मैले यो म्युजीक भिडियोमा देखाउन खोजेको छु ,उनले भने । निशाको ‘प्रेम बियोग’मा परेका निश्चललाई साच्चै प्रेम गर्ने रोलमा भने उनका साथी राजेश गन्धर्ब देखिएका छन् । राजेशले निश्चललाईं ‘प्रेम बियोग’बाट मुक्त बनाउन खोजेका छन् निर्देशक तथा गाएक कार्की सुनाउछन् । नेपालको साङगीतिक बजारमा छुट्टै पहिचान बनाउन खोजेका गायक तथा निर्देशक कार्की भन्छन् यो म्युजिक भिडियोले मलाई नेपाली सांगितीक बजारमा सानदार रुपमा उपस्थित
गराउने छ । नेपालको सांगितीक क्षेत्रमा मेरो पहिलो कदमको रुपमा मैले यो म्युजिक भिडियोलाई लिएको छु,बिश्वास छ दर्शक र श्रोताले रुचाउनु हुने छ । नेपालमै छायाङकन गर्ने सोच भएपनि अध्ययनका लागि अष्ट्रेलिया पुगेपछि उतै बसेर नेपाली गित संगित र म्युजीक भिडियोको प्रर्बद्धन गर्न लागेको उनको भनाई
छ । यो म्युजिक भिडियो दर्शकले रुचाईदिनु भयो भने अर्को म्युजिक भिडियो चाडै नेपालमा नै सुटिङ गर्ने सोच उनको रहेको छ् ।

तपाईको प्रतिक्रिया