घण्टाघरबाट हेर्दा

सुरक्षा रणनीति
लथालिग सरकारको भताभुंगे चाला जे परेपनि हेर्दै र टर्दै जाला भनेजस्तो भएको छ नेपालको सुरक्षे स्थिति । विशेष सुरक्षे नीति बनाउने भन्दै घरेलु मन्तरी शक्ति बस्नेतले यतिबेला राज्यको ढुकुटी दह्रै दोहन गर्न थाल्या छन् । आपका न वाफका भनेझै सुरक्षे रणनीतिका नाममा
राज्येकोष दोहन गर्दा कोही बोल्या छैनन् । अब हेरौ न मधेशवादी दल, अन्य क्षेत्रीय दल, बाउरामको नयाा शक्ति माने आन्दोलमा जान लाग्या सबैलाई निगरानी गरेर पाता कस्न सुरक्षे रणनीति बनाउन लाग्या रे । जब पर्‍यो राति अनि बूढी ताती भनेझै जब आन्दोलन हुन हुन लाग्या लाग्छ अनि सरकार तातिन्छ । अहिलेसमम के भद्रो हेरेर बस्या
थे ? सुरक्षे रणनीतिको नाममा माल तान्ने आइडियालाई घण्टाघर सलाम गर्छ । भावि आन्दोलनदेखि यो
सरकारले अहिल्यैदेखि खुट्टा कपाएको देख्दा अलिकति दया लागेर आएको छ ।
मधेशीलाई नाकाबन्दी
मधेशवादी दललाई काठमाण्डौ प्रवेशमा सरकारले नाकाबन्दी लगाउने योजना बनाएको छ रे । मधेशी मोर्चाले सिंहदरबार घेराउ र राजधानी केन्द्रित आन्दोलन गर्न लागेपछि सरकारले लगलग खुट्टा कमाउन थालेको छ । मधेशबाट मधेशीहरु आन्दोलना सरिक हुन काठमाण्डौ जान सक्ने भएको भन्दै उनीहरुलाई रोक्न घरेलु मन्त्रालयले गौडा गौडामा पोसाक लगाएका र नलगाएका प्रहरी, सशस्त्र प्रहरी र बेकामे गुप्तचर विभागलाई निर्देशन समेत दिएको छ । राजधानी छिर्न मधेशीहरुले रोकिदिए भने ? फेरि पनि राजधानीमा ग्याास, तेल, खाद्यान्नको अभाव हुने भयो । जे होस् सरकारबाट सञ्चालित तस्करहरुका फेरि दिन खुल्ने भए ।
घरेलु मन्त्रीको बुद्धिचाहिा माका फुई नै रै’छ ।
पुनर्गठन हुन्छ रे ?
हैन हौ हिजो आज घण्टाघर एउटा कुरामा साह्रै अल्मलिन थाल्या छ । वात के हो भने यो सरकार कसले चलाएको होला ? खप्रओले चलाएका छन् भन्यो भने त्यस्तो देखिदैन । पर्धानमन्तरी खप्रओ भएकोले उनैले चलाएको भन्ने लाग्थ्यो तर फुइय्याा हुनु ? अस्तिका दिन एमाओवादी अध्येक्षे प्रचण्डाउलाई यो कुरा थाहै छैन होला । प्रचण्डाउलाई थाहा हुनु भनको यो
सरकार प्रचण्डाउले चलाएको हो । अनि खप्रओ किन नबदुलाउन त ? खप्रओ किन अन्टेसन्टे बक्छन् भन्या त भित्री कुरा त यस्तो रै’छ । सरकार प्रमुखचाहिा खप्रओ अनि सरकार सञ्चालनचाहिा प्रचण्डाउले गरेसी’ विचरा ओली अन्टेसन्टे नबकेर के गरुन त ?
माकुनेको आपत्ति
मान्छे हेर्दा गठ्ठे–गठ्ठे, पुतली जुागे भएनि झालेमालेका नेता माकुन्याउ कहिलेकााही सही कुरा गर्छन । पर्धानमन्तरी खप्रओसाग कहिलेदेखि मुर्मुरिएका थिए कुन्नि अस्तिका दिन भित्री उकुसमुकुस ह्वाल्लै पारिदिए । त्यो पनि खप्रओ विनसास वाल्वाटाराा । खप्रओले जथाभावि बोलेर बाहिरी देशसागको सम्बन्ध विगारेको, पार्टीमा छलफलै नगरी आफ्ना नजिकका माकाफुइहरुलाईमात्र नियुक्ति गरेको, आफ्नाहरुलाई मात्र राज्येकोषबाट मनपरी रकम बााडेको, पार्टीमा संस्थागत निर्णय नगरेको, चरम गुटबन्दी गरेको भन्दै झााको झारेछन् । उन्ले झाको झार्दा अर्का झालेमालेका नेता झल्लाझलुले
राम्रै साथ दिएछन् । विचरा खप्रओलाई आफन्तैले झााको झारेपछि बेहालै भएछ । लाष्टाा खप्रओले अब म कुनै पनि पदमा बस्दिना, कुनैपनि पद चाहिदैन भनेर बचन दिएसी’ माकुन्याउ र झल्लाझलुले उज्यालो अनुहार बनाएथे । क्या गजब ।
घरदैलो चन्दा
नयाा बोतलमा पुरानै रक्सी भनेर व्यवसाय गर्न लागेका बाउराम बाजे पार्टी सञ्चालन गर्न घरदैलो चन्दा अभियान चलाउने सुरसार गर्दैछन् । बाउरामले नयाा पार्टी गठन गरेर केही गर्लान् कि भन्या त फुइय्याा हुनु ? आय आर्जनको धन्दा पो चलाउन लाग्या रै’छन् । नहुने बेलाको गन्हाउने मुख भन्या यही हो । अरुले झै चन्दा उठाएर पार्टी चलाउने भए किन नयाा शक्ति भन्दै हिड्नु ? जनयुद्धका बेला सोहोरेका पौसो, एसियाकै सबैभन्दा भ्रष्ट महिलाको उपाधि पाएकी हिसिला यमीले सोहोरेको जेथो कता गयो, अर्थमन्त्री र पर्धानमन्तरी छादा कम्ल्याएको माल छादैछ नि । अनि फेरि चन्दा । अबचाहिा हदै भयो , विहान खान बेलुका भोकै बस्ने नेपाली जनताले बाउरामलाई लगौटीबाट निकालेर चन्दा दिनु ?
लाजमर्दो
पोहोर साल नेपालमा भुकम्प जाादा विल्लीबाठमा परेका नेपालीहरुका लागि संसारले सहयोग गर्‍यो । पीडितहरुका नाममा खरबौ रुपैयाा ओइरियो । तर पीडितले आजसम्म भुत्लोभाङ्ग केही पाएका छैनन् । अस्तिका दिन त जापानका सांसदहरुलई साह्रै झोाक चलेछ । आफ्ना देशका नागरिकबाट कर संकलनबाट उठेको ३२ अर्ब रुपैयाा नेपाल सरकारलाई द्या थेम । पीडितहरुले अहिलेसम्म पाएका छैनन् त्ते पैसा कहाा गयो भनेर नेपालका सांसदहरुलाई र्‍याकर्‍याक पारेछन् ।
सरकारले त्यही पैसोबाट भूपूहरुलाई सुविधा दिएको छ, पुर्ननिर्माण
प्राधिकरणका पदाधिकारीलाई पजेरो किन्दिएको छ, आफ्ना पार्टीका कार्जेकर्तालाई त्यही पैसो दिएर सरकारको समर्थनमा गोवेल्सवादी हल्लापिटको छ । यति सबै जान्दाजान्दै पनि त्यही पैसो दिएर सरकारको समर्थनमा गोवेल्सवादी हल्ला पिटाइएको छ । यति सबै जान्दाजान्दै पनि विचाराहरुले जापानका सांसदका अगाडि चुई बोल्न सकेनन् ।
सरकार ढल्दैन रे
एमाउवादीका अध्येक्षे प्रचण्डाउले भन्या यो सरकार ढल्दै ढल्दैन रे । हैन हो यो सरकारले संजीवनी बुटी खाएर आएको छ कि क्या हो ? हुन त प्रचण्डाउका कुरामा त्यति दम भने छैन । पूर्वतिर पुगेर अब सरकार
परिवर्तन हुन्छ भन्छन्, काठमाण्डौमा बसेर कााग्रेसको नेतृत्वमा सरकार बन्छ भन्छन् अनि पश्चिमतिर पुगेर यही
सरकारमा कााग्रेस सामेल हुनुपर्छ भन्छन् । अब प्रचण्डाउको कुनचाहिा कुरा पत्याउने ? ठाउा अनुसार थुतुनो फड्कार्छन् । फेरि सरकार ढल्दैन भनेर प्रचण्डाउले ठेक्का लिएका त हैनन् होला ? कुन दिन साना दलले आÏनो समर्थन लुतु लुतु फिर्ता लिएर बाहिर निस्कन्छन् अनि थाहा पाउाछन् प्रचण्डाउले । कुन दिन कााग्रेसका सभापति शेरबहादुर काजीलाई सनक चल्छ त्यसदिन सरकार ढल्छ कि ढल्दैन थाहा भैहाल्छ । अहिले काजी बोल्या छैनन् र पो । सुनारेको सय चोट लुहारको एकै चोट भन्ने उखान प्रचण्डाउले विर्सेछन् कि क्या हो ?
अन्तेमा
हैन हौ हाम्रा पर्धानमन्तरी ओलीको गफ सुन्दा कहिलेकाही घण्टाघरलाई पनि साह्रै जंग चलेर आउाछ । अब
हेरौ न पोहोरसाल भुकम्प जाादा भत्केका घर टहरा बनाउन विदेशीहरुले अरबौ रुपैया दिए सरकारलाई । खाद्यान्न, लाकपडा सबै दिए । तर अहिलेसम्म विचराहरुले अरुले दिएको कुरा नि पाएका छैनन् । सरकारले दिनु त उही तलकुरे कु । करोडौ क्विन्टल चामल गोदाममै सडकाएर फाल्छ सरकार तर बााड्दैन । हुतिहारा र बेकामे सरकारको चालबाट वाक्क दिक्क भएकाहरुले सरकारको विरोध गर्नु स्वभाविक हो, तर अहिले खप्रओ भुकम्प पीडितलाई नभत््काउ भनेर च्याठ्ठिन थाल्या छन् । समर्थन र
विरोधको कुरै भएन । नसके छोड्नुपर्छ । बुढो गेरुले केरेली ओगटेजस्तो सत्तामात्र त ओगट्नु भए नि , कि कसो हौ ?

तपाईको प्रतिक्रिया