उवासंघको आगामी नेतृत्वमा अग्रवाल सुनिश्चित

धरान/सुनसरी उद्योग वाणिज्य संघ धरानको आगामी वैसाख २७ गते सोमबार हुने निर्वाचनको सरगर्मी विस्तारै बढ्न थालेको छ । संघको आगामी निर्वाचनमा अध्यक्षको साझा उमेदवारको रुपमा कृष्णकुमार अग्रवालको नाम चर्चामा आएसागै व्यवसायीहरु उत्साहित भएका छन् ।
विवादरहित अत्यन्तै जुझारु तथा व्यवसायीका समस्यालाई निरुपण गर्न सक्ने कृष्णकुमार अग्रवालले सुनसरी उद्योग वाणिज्य संघमा २०४८ सालदेखि निरन्तर सक्रिय रहादै आएको र विभिन्न जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ । एम.कम.को शिक्षा पूरा गर्नुभएका अग्रवाल हाल सुनसरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । उहााले
राजस्व समिति र रोजगार दाता
परिषद्को जिम्मेवारी समेत सम्हाल्दै आउनु भएको छ ।
आन्तरिक राजस्व कार्यालय धरान र धरान उपमहानगरपालिकाले अग्रवाललाई उत्कृष्ट करदाताका रुपमा सम्मान समेत गरिसकेको छ । स्थानीय स्तरमा इलेक्ट्रोनिक्स, एजेन्सी व्यवसाय सञ्चालन गर्दे आउनु भएका कृष्णकुमार अग्रवालले चौधरी ग्रुपको पूर्वाञ्चलमा रहेका पााचवटा उद्योगको आवासीय व्यवस्थापनको निर्देशकको जिम्मेवारी समेत सम्हाल्नु भएको छ । आÏनो उमेद्वारीका सम्बन्धमा कृष्णकुमार अग्रवाल भन्नुहुन्छ, उद्योगी, व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघलाई आगामी दिनमा अझ सुदृढ गर्न, वाणिज्य संघप्रति व्यवसायहीहरुलाई अपनत्व दिलाउन, उद्योगी व्यवसायीका समस्या सम्बन्धित निकायमा पुर्‍याई समाधान गर्न, व्यवसाय गर्न व्यवसायीहरुलाइ सुरक्षित वातावरणको सुनिश्चित गराउनु नै आफूले उमेद्वारी दिएको हो । अग्रवाल नै सबै दृष्टिले सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा उपयुक्त भएको धारणा सुनसरी उद्योग वाणिज्य संघका महासचिव विजय श्रेष्ठ बताउनुहुन्छ । उद्योग वाणिज्य संघको उचाई, यसको महत्व अग्रवालले जति अरुले बुझेका छैनन् श्रेष्ठको कथन छ । अग्रवाल प्रति यस्तै धारणा छ सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठको । उहा भन्नुहुन्छ, अग्रवाल व्यवसायीमात्र नभएर विद्वान र पढेलेखेका मानिस पनि हुन् । व्यवसायीका हरेक समस्यालाइर् सहजढंगले समाधान गर्न सक्ने क्षमता उहाामा भएकैले उहाालाई साझा उमेद्वारका रुपमा हामीले अगाडि सारेका हौं । संघका पूर्व अध्यक्ष एवम् नेपाल सुनचाादी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यको धारणा पनि विजय श्रेष्ठ र सरोज श्रेष्ठको भन्दा पृथक छैन । कृष्णकुमार अग्रवाल जस्तो व्यक्ति सुनसरी उद्योग वाणिज्य संघको नेतृत्वमा आउनु उद्योगी व्यवसायिका लागि गर्वको कुरा हुने छ ।

तपाईको प्रतिक्रिया