धरान/गृहमन्त्री शक्तिबहादुर बस्नेतले यही वैसाखको पहिलो सातादेखि मधेशमा मधेशवादी दल र पहाडमा अन्य स–साना क्षेत्रीय राजनैतिक दलले गर्ने भनिएको आन्दोलनलाई जुनसुकै हालतमा पनि निष्तेज र निष्प्रभावी बनाउन पूर्वका स्थानीय प्रशासन र
सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।
शुक्रबारै पूर्वाञ्चलमा आएका गृहमन्त्री बस्नेतले आइतबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित स्थानीय प्रशासकहरुको क्षेत्रीय गोष्ठीलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । एमाओवादी पोलिट्व्युरो सदस्य समेत रहेका बस्नेतले त्यसभन्दा अगाडि धनकुटा, तेह्रथुम, मोरङ्गका पार्टी कार्यक्रममा सहभागि जनाएका थिए ।
दुई दिनसम्म सञ्चालन हुने भनिएको क्षेत्रीय गोष्ठी समय अभाव देखाउदै एकदिनमात्र सञ्चालन भएको थियो । उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री बस्नेतले भने नेपाल एउटा कालखण्ड पूरा गरेर अर्को कालखण्डमा प्रवेश गरेको छ परिवर्तित यस कालखण्डलाई पूरा गर्न जरुरी छ । हाम्रा आवश्यकता के के हुन् ? समाजमा के के अप्ठेरा छन् ? सुरक्षामा देखिएका चुनौतिलाई कसरी प्रभावकारी ढले अगाडि बढाउने भन्ने सम्बन्धमा
सरकारले स्पष्ट भिजन तयार गरिसकेको मन्त्री बस्नेतको कथन थियो । आवश्यक छलफल, अन्तरक्रियासागै कार्यान्वयनमा जानुको विकल्प छैन । सरकारका आलोचकहरु भन्छन् यो देशमा सरकार छ कि छैन । संविधान कार्यान्वयन गर्न नदिने, जनजीवन अस्तव्यस्त बनाउने, आपूर्ति व्यवस्था ठप्प पार्नेहरुलाई
सरकारले छाड्दैन । आज सबै कुरा सहज बन्दै गएको छ, यो सरकार भएकैले हो । हामीले असन्तुष्ट गर्नुपर्ने छैन र पूर्ण सन्तुष्ट भएर बस्नु पनि हुादैन भन्दै बस्नेतले राष्ट्रिय जीवनको महत्वपूर्ण विषय के हो त्यसमा केन्द्रित हुनुपर्छ ।
मन्त्री बस्नेतको कथन थियो नेपाली जनताको भावना विपरीत कोही जान सक्दैन । बलियो प्रतिपक्षी बिना लोकतन्त्र कमजोर हुन्छ भन्नु समयको वर्वादी मात्र हो । सबै राजनैतिक शक्ति एक ठाउामा बसेर सरकार चलाउनुपर्छ । राजनैतिक पार्टीबीचमा सहमति हुादा द्वन्द्वको व्यवस्थापन भएको संविधान निर्माण भएकोले अब संविधान कार्यान्वयन पनि सहमतिकै आधारमा हुनुपर्छ । कसैको नियतमा शंका गर्दिन भन्दै मन्त्री बस्नेतले सरकारका बारेमा अनावश्यक टिप्पणी गर्नु जरुरी छैन । अहिलेको आवश्यकता सविधान कार्यान्वयन, सुशासन कायम गर्ने र जनताको विश्वास आर्जन गर्ने हो, मन्त्री बस्नेतको कथन थियो । उहााले भन्नुभयो वैसाखदेखि आन्दोलन गर्नेहरु
अराजकतामा आÏनो भविष्य खोज्नेहरुमात्र हुन् । राज्यका उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरी त्यस्तालाई निष्प्रभावी र निस्तेज गर्न उनले उपस्थिति प्रहरी प्रशासनलाई बारम्बार निर्देशन दिए ।
स्थानीय प्रशासकको क्षेत्रीय गोष्ठीमा नेपाल प्रहरीका महानिरिक्षक रविकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी, पूर्वाञ्चल क्षेत्रीय प्रशासक, पूर्वाञ्चलका प्रमुख जिल्ला अधिकारी, जिल्ला तथा क्षेत्रीय प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।गोष्ठीले जनतालाई पूर्ण सुरक्षाको अनुभुति दिलाउने निष्कर्ष निकालेको थियो । सहभागी जिल्लास्थित प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफ्नो प्रतिवेदन प्रस्तुत
गरेका थिए । उनीहरुले नयाा संविधान कार्यान्वयनमा ध्यान कन्द्रित गर्ने, कानुन पालना गराउन सबै निकायसाग समन्वय गर्ने र योजनावद्ध ढंगले अघि बढ्न्े बताएका थिए । विकासका लागि शान्ति सुरक्षा अपरिहार्य हुन्छ । रुल अफ ल कायम राख्न सकर्तकता अपनाउने पनि गोष्ठीले निष्कर्ष निकालेको एक सहभागीले जानकारी दिए । उनले भने सबैको ध्यान वैसाखदेखि मधेशवादी दल र अन्य साना राजनैतिक दलले गर्ने भनिएको आन्दोलमा केन्द्रित भएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले भने जनतालाई दु:ख दिने, अराजक गतिविधि गर्ने उपर विशेष समन्वय गरी सूचना आदानप्रदान गरी त्यस्ता गतिविधि निष्तेज बनाउनेतर्फ गोष्ठी केन्द्रित भएको थियो ।
