वारको निर्वाचन : वामपन्थी गठबन्धन धुलिसात

वाम वर्चश्वसहितको गठबन्धन रहेकै अवस्थामा भएको नेपाल वार एसोसिएसनको निर्वाचनमा लोकतन्त्रवादी समूहले वामगठबन्धनलाई पराजित गरेको छ ।
२५ सदस्यीय वार कार्यसमिकिो निर्वाचनमा अध्यक्षसहित १९ जना लोकतान्त्रिक समूहले विजयी हाासिल गरेपछि प्रगतिशील समूह अर्थात वामपन्थीहरु धुलिसात भएका छन् । लोकतान्त्रिक समूहको यो विजयलाई यहााका हरेक क्षेत्रका बुद्धिजीविहरुले अर्थपूर्ण रुपमा विश्लेषण गरेका छन् ।
मुलुकमा यतिबेला वामपन्थी गठबन्धनको सरकार छ । सशस्त्र द्वन्द्वबाट आएको माओवादी, लोकतन्त्रको रटान लगाउने तर आफूलाई वामपन्थीको जामा पहिराएर हिड्न रुचाउने, सत्तामै बसेर संघीयताको विरोध गर्ने, सत्ता बाहिर बसेर पनि यही सरकारको बखान गर्नेहरु सबै बारको निर्वाचनले एकपटक नांगिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्ष, उपाध्यक्ष, र महासचिव सहित १९ जना विजयी भएका छन् । सत्ताको स्वादमा रमेको एमाले सम्बद्ध कानुन व्यवसायी दुई केन्द्रीय सदस्यमा मात्र निर्वाचत भएका छन् । चुनावी मैदानमा एमाले, माओवादी, साना वाम घटक र राप्रपा सहितका कानुन व्यवसायीको संयुक्त गठबन्धन रहेको थियो । यी सबैसाग कााग्रेस निकट लोकतान्त्रिक गठबन्धन एक्लै भिडेको थियो ।
वारको निर्वाचनले अब मुलुकमा वामपन्थीहरुको शाख घट्दै गएको पुष्टि गरेको छ । गठबन्धनबाट सत्ता सञ्चालनका लागि आवश्यक वहुमत पुर्‍याएर सत्तामा पुगेको एमाले, माओवादी जति जति सत्तामा बस्छन् त्यति त्यति उनीहरुको साागठतिक
संरचना कमजोर हुादै गएको छ । सत्ताको दुहाई दिएर केन्द्रदेखि गाउाका वडा वडाहरुसम्म वामपन्थी कार्यकर्ताहरु जसरी हुन्छ कमाउने धन्दामा लागेका छन् । अझ खड्गप्रसाद ओली प्रधानमन्त्री भएपछि तेल, ग्याासको तस्करी, वन पैदावरमा तस्करी, आÏनै निरीह कार्यर्ताहरुसाग पैसा लिएर प्रशासनिक उल्लंघनका कामहरु गर्न थालेपछि एमाले, माओवादी लगायतको संगठन कमजोर हुन थालेको सन्देश वारको चुनावले समेत प्रष्ट पार्छ । वारको कार्यसमितिका वामपन्थी गठबन्धनको यस प्रकारको निर्लज्जतापूर्वक हार कहिल्यै भएका थिएनन् ।
आÏना नागरिकहरु अभाव र असुरक्षाको बााच्नु परेको मनन सत्तासीन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै गरेनन् । न त १० बर्ष कथित जनयुद्धको ध्वास पिट्दै हिड्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नै गरेका छन् । परिस्थिति कतिसम्म बिग्रिन सकेको छ भने सत्ता गठबन्धनका एक घटक पि.के. दाहाल केही दिन अगाडि विरगञ्जको एउटा कार्यक्रममा जाादा स्थानीयले उग्र विरोध गरे । पि.के.दाहाललाई जोगाउनैका लागि प्रहरीले लाठी चार्ज गर्नुपर्‍यो । प्रहरीको लाठी लागी तीन दर्जन भन्दा बढी सर्वसाधारण घाइते भए । पि.के. हालतमा छन् केपी पनि । सरकारी संस्थाहरु धमाधम विदेशीसाग ऋण लिएर दलालहरुका हातमा सुम्पनु, भारतबाट ग्याास, इन्धन लगायत अति आवश्यकीय उपभोग्य समानको सहज आपूर्ति हुादा समेत बजारमा ती सामानको अभाव गराउनुलाई उनकै पार्टीका कार्यकर्ताले निको मानेका छैनन् । मुर्मरिएका छन् । सरकारमा बसेर राज्यले उपलब्ध गराउनुपर्ने सामान्य आधारभूत आवश्यकता पनि सरकारले उपलब्ध गराउन सक्दैन भने भोको पेटले आÏनै पार्टीको सदैव बखान गर्न कोही पनि तयार हुादैनन् । वारको निर्वाचन एउटा उदाहरणमात्र हो । भोलिका दिनमा बढी स्थानीय निर्वाचन र संसदको निर्वाचन भयो भने त्यसको
परिणाम स्वीकार्न नेपालका वामपन्थीहरुलाई गाह्रो हुने छ ।

तपाईको प्रतिक्रिया