मृगौला प्रत्यारोपणको खेलकुद कार्यक्रम आयोजना

धरान/ नया बर्षको अवसर पारेर पूर्वाञ्चलमै पहिलो पटक सातौ नेपाल प्रत्यारोपण खेलकुद कार्यक्रम २०७३ हिजो मंगलबारबाट शुरु भएको छ ।
वैसाख बुधबार सम्पन्न हुने प्रतियोगितामा १ सय ५० जना सफल मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु सहभागी भएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठानको संयुक्त संयोजनमा भएको सो प्रतियोगिता मृगौला प्रत्यारोपण भएकाहरु पनि शारीरिक रुपमा सवल हुने र अरुसरह जीवन यापन गर्न सक्ने भएको सन्देश दिन आयोजना गरिएको प्रतिष्ठानका प्रवक्ता डा. नारायण भट्टराईले जानकारी दिनुभयो ।
यसका साथै प्रत्यारोपण भएका व्यक्तिहरुलाई अन्य व्यक्तिहरुसंग मैत्री पूर्ण खेलको आयोजना गरिने समेत
गरिएको छ ।
कार्यक्रम अनुसार चैत्र ३० गते मंगलबार बेलुकी ४ बजे धरान उपमहानगरपालिकाको प्रागरणदेखि भानुचौकसम्म र्‍यालीको आयोजना सम्पन्न गरियो भने २०७३ वैसाख १ गते विहान ७ बजेदेखि प्रतिष्ठानकै
प्रांगरणमा १ सय, २ सय र ४ सय मिटरको दौड प्रतियोगिता, विहान ९ बजेदेखि फुटबल प्रतियोगिताको आयोजना समेत सम्पन्न भएको कार्यक्रमका संयोजक एवम् मेडिसिन विभागका विशेषज्ञ प्रा.डा. सञ्जिवकुमार शर्माले जानकारी दिनुभयो ।
काठमाण्डौमा ४ पटक, भक्तपुर र पोखरामा एक एक पटक प्रतियोगिता आयोजना भइसकेको प्रतियोगिता पहिलो पटक पूर्वाञ्चलको धरानमा भएको विभागका विशेषण एवम कार्यक्रमका सयोजक प्रा.डा. शर्माले जानकारी दिनुभयो । यो
रोगको उपचार अत्यन्तै महंगो भएको बताउदै नेपाल सरकारले केही सहयोग गरे पनि त्यसले पूर्ण रुपमा धान्न नसक्ने बताउनुभयो । मृगौला प्रत्यारोपण गर्दा कम्तीमा पनि ५ लाख रुपैया खर्च लाग्ने उहाको भनाई छ ।
नेपालमा ३० हजार भन्दा बढी मृगौला रोगी भएको बताउदै यीमध्ये ४ सय जनाका सफल मृगौला प्रत्यारोपण भएको जानकारी दिनुभयो । उहाले यी मध्ये १ हजार ५ सय जनाको मृगौला प्रत्यारोपण हुन नसकी डायलोसिस प्रक्रियाबाट उपचार भइरहेको समेत स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया