धरान/ नया बर्षको पूर्व सन्ध्यामा बराह ज्वलेरी इण्डष्टिूज प्रा.लि.ले सोमबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
धरान १ सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा भएको कार्यक्रममा
बराहका शुभचिन्तक, समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरु, विभिन्न संघ संस्थाहरु, जातीय संघ संगठन, सर्वसाधारण तथा बराहका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथ, अतिथ तथा विशेष अतिथिको आसनग्रहण विना नै आयोजना गरिएको शुभकामना कार्यक्रममा विभिन्न जातजातिहरुको साास्कृतिक नाच समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा बोल्दै बराह ज्वेलरी धरानका शाखा प्रमुख मानबहादुर विश्कर्माले बराहले दिएको सेवा र आगामी दिनमा हुने सेवा विस्तारका विषयमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा बराहका शुभचिन्तक, धरानका प्रवुद्ध व्यक्तिहरुले बराहले गरेको कार्यको प्रशंसा समेत गर्दै अझ प्रगतिको कामना समेत गरेका थिए ।
धरान ५ महेन्द्रपथमा अवस्थित बराह ज्लेवरी इण्डष्टिूज प्रा.लि.ले व्यपार व्यवसायलाई मात्र प्रवद्र्धन नगरी नाफा भएको केही अंश सामाजिक कार्यमा लगाउदै आएपछि अहिले यो संस्था जनमानसमा लोकप्रिय बन्दै गएको छ । ‘नुनदेखि सुनसम्म धरानदेखि काठमाण्डौ, पोखरा, युके हुदै हङकङसम्म’ स्लोगन लिएर अगाडि बढेको बराहले गरेको शुभकामना कार्यक्रममा कार्यक्रम स्थलमै शुभकामना साटासाट गरिएको थियो ।
प्रा.लि.की अध्यक्ष विष्णु लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
