डिपिएस धरान पूर्वकै गहना हो–प्रिन्सिपल शंकरालिंघम

पि.के संकरालिंघम यहाास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (नन् प्राक्टिसिङ्ग मेडिकल हलेज) को गार्जेन सीपमा प्रतिष्ठानकै हाताभित्र सञ्चालन भएको डिपिएसका प्रिन्सिपल हुनुहुन्छ । शैक्षिक क्षेत्रमा लामो अनुभवम बटुल्नु भएका प्रिन्सिपल संकरालिंघम हरेक क्षेत्रमा दक्षता हासिल गर्न सक्ने, विश्व परिवेश अनुरुपको शिक्षा आजको आवश्यकता भन्ने कुरामा जोड दिनुहुन्छ । अबको शिक्षा व्यवहारिक र आत्मनिर्भर हुनुपर्छ भन्ने संकरालिंघम विगत केही बर्ष यता दिल्ली पब्लिब स्कुलको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । आत्मनिर्भर र व्यवहारिक शिक्षाका लागि धरानमा मात्र नभएर पूर्वाञ्चलमै चर्चित डिपिएसका प्रिन्सिपल पि.के. संकरालिंघमसागको छोटो भलाकुसारी :
त्रडिपियस कसरी शुरु भयो ?
–यसमा मुख्य भूमिका प्रतिष्ठाकै पूर्व उपकुलपति प्रा.डा. शेखर कोइरालाको रहेको थियो । उहााले नै भारतका तत्कालीन शिक्षामन्त्री, विदेशभमन्त्री सलमान खुस्रित सबैसाग आग्रह गर्नुभएको हो ।
त्रशुरुमा कति विद्यार्थी थिए ?
–विद्यालय शुरु गर्दा दुई सय विद्यार्थी थिए । शुरुमा आवश्यकीय भौतिक पूर्वाधार तथा अन्य स्रोत साधनको कमी भएर पनि प्रतिष्ठानमा डाक्टर, प्रोफेसर, पदाधिकारी तथा कर्मचारीका नानीभन्दा पनि अरुलाई हामीले एड्मिसन लिन सकेनौं । जसरी आज प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेको छ, डिपिएसले पनि त्यसैगरी सेवा प्रदान गरिरहेको छ । हाम्रो उदेश्य पैसा भन्दा पनि आत्मनिर्भर बन्न सक्ने शिक्षा प्रदान गर्नु हो । आज यहाा अध्ययन गर्ने ७५ प्रतिशत विद्यार्थी नेपालका छन् भने २५ प्रतिशत भारतीय विद्यार्थी छन् । हाम्रो् उद्देश्य नै सबैले आत्मनिर्भर हुने विश्वस्तरीय शिक्षा पाउन भन्ने हो । संसारका १ सय ९० वटा देशमा आज सिविएसई बोर्ड अन्तर्गतको विद्यालयहरु सञ्चालन भएका छन् । गल्फ देश, अफ्रिका, सिंगापुर, बैंकक लगायत जहाा जहाा डिपिएस सञ्चालन भएका छन् त्यहाा अध्ययन गर्ने विद्यार्थीले सबै क्षेत्र सम्हाल्न सक्छन् ।
त्रशुरुमा विद्यार्थीको दक्षता कसरी मापन गरिन्छ ?
–विद्यार्थीहरुको दक्षता एकै पटक मापन गरिने कुरा होइन । हामी बच्चाले कस्तो गर्‍यो फाइनलमा हेर्छौ । यस भन्दा अगाडि प्रत्येक दिन, प्रत्येक महिना चेक गरिरहन्छौं । यसलाई ग्रेडिङ्ग सिस्टम भनिन्छ । आर्ट, क्राÏट, डान्स, म्युजिक आदिमा पनि उनीरुलाई पोख्त बनाइन्छ । हामीले टाइम टेवल पनि त्यसैगरी मिलाएका हुन्छौं । हाम्रा नानीहरु लखनउ गएर आफ्नो दक्षता देखाएर आए । त्यहाा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिए । व्रिटिश काउन्सिलबाट डिपिएस पूर्व नेपालमै सवोत्कृष्ट घोषित भयो । हामीले अब सन् १५–१८ सम्म वृटिश काउन्सिलको लोगो प्रयोग गर्न पाउाछौं , जुन हाम्रा लागि मात्र हैन पूर्वाञ्चलबासीकै लागि गर्व र खुसीको कुरा हो । हाम्रा नानीहरुले वेष्ट स्टुडेन्ट अवार्ड पाएका छन् । काठमाण्डौको होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।
त्रअहिले कस्ता समस्या छन् ?
–समस्या खासै त्यस्तो केही छैन । साना–तिना समस्या त जहाा पनि हुन्छन् । यहााका नानीहरुले सबै प्रकारको सुविधा पाएका छन् । बडो दु:ख गरेर अभिभावकहरुले नानीहरुलाई यहाा पढाएका छन् उनीहरुका बुबा आमा, हजुरबा, खेतबारीमा काम गरेर भएपनि डिपिएसमा नानीहरुलाई पढन् पठाएका छन् । उहााहरु आÏना नानीहरुलाई पिटी पिटी पढाउनु भन्नु हुन्छ तर हामी त्यसो गर्दैनौं । हामी उनीहरुलाई काउन्सिलिङ्ग मात्र गछौं, यहाा पढ्ने नानीहरु भविष्यमा यही डाक्टर, प्रोफेसर बन्न सक्छन् । आज यहाा
धेरै विद्यार्थीले बीपीबाट डक्टरेट गरिसकेका छन् भने कति पढ्दै छन् ।
त्रअन्त्यमा केही भन्नु छ ?
–हामी यस क्षेत्रमा सबैको सहयोग र सद्भाव चाहन्छौं । यो स्कुललाई मैले फलो गरेको मात्र हुा । यो स्कुल धरानको गहना हो । अझ भनौ राष्ट्र र सुनसरीका लागि डिपिएस गौरव हो । भारत सरकार, भारतीय दुतावास सबैले गुणस्तरीय शिक्षाका लागि जोड गर्नुभएको छ । नानीहरुकै सुविधाका लािग दुतावासले बस दिएको छ , थप विल्डिङ्ग बनाउन हामीले पहल
गरिरहेका छौं । ५ बर्षपछि हामी सिल्भर जुब्ली मनाउदै छौं । यो गौरवको कुरा हो ।

तपाईको प्रतिक्रिया