इटहरी/काठमाण्डौ भन्दा बाहिर पूर्वाञ्चलमै पहिलो पटक सञ्चालनमा आएको इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरले यही वैसाखदेखि आफ्नो तेस्रो शाखा झापाको दमकबाट सञ्चालनमा ल्याउने भएको छ ।
यसभन्दा अगाडि मोरङ्गको
विराटचौक र पथरीमा गोरखाले आफ्नो पहिलो र दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ । पूर्वाञ्चलका मुख्य शहरहरुमा शाखा विस्तार गर्दै लैजाने नीति अनुरुप आफ्नो तेस्रो शाखा दमकमा सञ्चालनमा ल्याउन लागेको स्टोरका सेवक एवम् सञ्चालक बलराम आचार्यले जानकारी दिनुभयो ।
विगत १७ बर्षदेखि पूर्वकै व्यवसायिक केन्द्रको रुपमा रहेको इटहरीमा सञ्चालित डिपार्टमेन्ट स्टोरको मुख्यालयमा पूर्वाञ्चलका उपभोक्ता एवम् ग्राहहरुमात्र नभएर देशका विभिन्न स्थानका र भारतका समेत ग्राहकहरुको चाप अत्याधिक बढेपछि स्टोरले शाखा
विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको सञ्चालक आचार्यको कथन छ । आफूलाई चाहिएको सामानहरु खरिद गर्न उपभोक्ताहरु पसल पसल भौतारिनु नपरोस, खाद्यान्न लगायत सम्पूर्ण उपभोग्य, लक्जरियस सामान एउटै छतमुनी सुपथ मूल्यमा उपलब्ध गराउन सकियोस् भन्ने मान्यता अनुरुप गोरखा डिपाटमेन्ट स्टोरले आफ्ना शाखाहरु विस्तार गर्दै लगेको हो ।
आगामी वैसाखमा झापाको दमकमा सुभारम्भ हुन लागेको तेस्रो शाखाको सम्पूर्ण साजसज्जा, लिफ्ट राख्ने, सामानहरु व्यवस्थित ढंगले सजाउने, बाहिरी डेकोरेशन आदिको सम्पूर्ण कार्य समाप्त भइसकेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले जानकारी दिनुभयो । हामी सुभारम्भको लागि शुभर्मुहतको प्रतिक्षामा छौं, गौतमले भन्नुभयो । दमकको तेस्रो शाखा शुभारम्भको प्रतिक्षामा दमकबासीहरु समेत व्यग्र प्रतिक्षामा रहेका छन् । स्थानीय पदम कोइराला भन्नुहुन्छ दमकममा गोरखा डिपाटर्ठमेन्ट स्टोर सञ्चालनमा आएपछि इलाम, झापा र मोरङको संगमस्थल रहेको यो ठाउाको विकास अझ द्रुत गतिमा अगाडि बढ्ने त छादैछ त्यस भन्दा पनि ठूलो कुुरा यहााका हजारौले प्रत्यक्ष रोजगारी समेत पाउाछन् । गोरखा डिपार्टमेन्ट स्टोरले स्थानीयहरुलाई नै रोजगारी दिने नीति अख्तियार गरेकोले पनि दमकबासी उत्साहित भएका छन् । स्टोले यसभन्दा अगाडिपनि स्थानीयलाई
रोजगारीको पहिलो प्राथमिकतामा राखेको थियो । मोरङ्गको विराटचौक र पथरीमा यतिबेला सैयौ स्थानीय युवा युवतीले रोजगारी पाएका छन् । घरपायक रोजगारीले उनीहरुको जीवनस्तर समेत सुदृढ बनेको पथरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको दोस्रो शाखामा कार्यरत मुना राईको कथन छ ।
स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ रोजगारीका लागि हामीले पहिलो प्राथमिकता स्थानीयलाई नै दिएका छौं । दुई बर्ष अगाडि मोरङको विराटचौकमा पहिलो विस्तारित शाखाममा पनि स्थानीयलाई नै पहिलो प्राथमिकता दिएका थियौं, पथरीमा पनि हामीले यही नीति अपनायौ भने अब सञ्चालनममा आउन लागेको दमक स्थित तेस्रो शाखामा पनि हामी स्थानीयलाई नै प्राथमिकतामा राख्छांै, यसका लागि हामीले भेकेन्सी निकालेर कर्मचारी आव्हान गरेका थियौं । गोरखा डिपार्टमेन्ट स्टोरको सबैभन्दा राम्रो र सवल पक्ष के भने ८० प्रतिशत महिलाहरु नै कामदारका रुपमा रहने गरेका छन् । महिला कामदार बढी राख्नुको प्रमुख कारणमा सञ्चालक आचार्य भन्नुहुन्छ व्सायिक रुपमा उनीहरुलाई अगाडि बढाउन खोजिएको मात्र हो । महिलाहरुले जिम्मेवारी पाए भने उनीहरुले इमान्दारताका साथ त्यसलाई निर्वाह गर्छन् अर्थात पुरुष भन्दा महिलाहरु बढी इमान्दार हुन्छन् आचार्यको कथन छ । झापाको दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरको तेस्रो शाखा इटहरीको मुख्यालय जत्तिकै आलिसान रहको छ । भवन मात्र हैन पार्किङ्गको समुचित व्यवस्था, पूर्व पश्चिम महेन्द्र राजमार्गसागै जोडिएको कारणले पनि ग्राहक तथा उपभोक्ताहरु सहजै पुग्न सक्छन् ।
विहानैदेखि ग्राहकहरु खचाखच
छोटो समयमा पथरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको दोस्रो शाखाले उपभोक्ता एवम् ग्राहकहरुको मन जित्न सफल भएको छ । स्टोरका ग्राउन्ड Ïलोरको पश्चिम भागमा रहेको बेकरी आइटममा त्यहाा पुग्ने जोकोहीको पनि एकपटक आाखा नपुगी रहन सक्दैन ।
गोरखा डिपार्टमेन्ट स्टोर आफैले सञ्चालन गरेको सुनसरीको एकम्बास्थित गोरखा डेरी उद्योगबाट उत्पादित सुद्ध गाई भौसीको दूध घ्युबाट उत्पादित बेकरी स्वादिस्ष्ट र ताजा भएकै कारण उपभोक्ताहरुको आाखा त्यहाा पुग्नु स्वभाविक हो । यदाकदा ग्राहकहरु बेकरी आइटम तथा मिठाई खरिद गर्नकै लागि घण्टौ लाइनमा बस्छन् ।
बेकरी तथा स्वादिष्ट मिठाइहरु गोरखा डिपार्टमेन्ट स्टोरका आÏनै उत्पादन हुन् । ग्राउन्ड Ïलोरमा बेकरी आइटम र मिठाइसाग पेय पदार्थहरु समेत रहेका छन् । बेकरी सपमा वर्थ डे केक, सुजी पप, क्याटबरी रोल, फ्रुट केक, स्लाइस केक, आइसक्रिम, मिल्क ब्रेड, रसबरी, लालमोहन, चटपट, सुगर फ्रि खुवा, स्मल पप, नमकिन पप, पेटिज पप, बटर पाइनापल, क्वाटबरी विस्कुट, ग्लोसेर, तिल विस्कुट, स्विट पिनट, काजु विस्कुट, खजुरी, कोकोनट पिन, चोको विस्कुट, जुली विस्कुट, क्रिम डुनट, सादा डुनट, काजु वर्फी, बदाम वर्फी, कालाकन्द, वर्फी लड्डु, गोरखा टोष्ट, वर्फी पप, नरिबल विस्कुट लगायत दर्जनौ आइटमहरु रहेका छन् । यसका अलावा ग्राउन्ड Ïलोरमै खाद्यान्न लगायतका हजारौ आइटमहरु समेत रहेका छन् । गोरखा डिपार्टमेन्ट स्टोरको इटहरीस्थित मुख्यालयको पहिलो तलामा जे जति आइटमहरु रहेका छन् पथरी र विराटचौकको विस्तारित शाखामा समेत त्यति नै प्रकारका सामानहरु रहेका छन् र मुल्य समेत एकै नाश रहेको छ । जसका कारण ती क्षेत्रका स्थानीय बासिन्दा तथा उपभोक्ताहरुले इटहरी आइरहनु पर्न झन्झटबाट मुक्ति पाएका छन् । यसले गर्दा उनीहरुको समयको समेत बचत भएको छ ।
बेवि आइटममा अभिभावकसागै बालबच्चा
ग्राउण्ड Ïलोर पश्चात बढी भीडभाड हुने ठाउा पथरी र विराटचौकको विस्तारित शाखामा तेस्रो तला पनि हो । जुन तलामा भर्खर जन्भिएका देखि १५ बर्षसम्मका नानीहरुका सम्पूर्ण कपडा, स्टेशनरीका सामानहरु रहेका छन् ।
स्वदेशी तथा विदेशी ब्राण्डेड सामानहरु खरिद गर्नका लागि अभिभावकहरु आÏना बालबच्चा सहित तेस्रो तलामा पुग्ने गर्दछन् । अझ यतिबेला गर्मीको मौसम शुरु भएकोले हल्का र आकर्षक कपडामा उनीहरुको ध्यान नजाने कुरै भएन । खासगरी पथरीमा मंगलबारे, दमक, उर्लाबारी, जााते, लेटाङ, शनिश्चरे, रमाइलो, राजघाटसागै स्थानीय ग्राहकहरु आउने
गरेको स्टोरका सुपरभाइजर खत्री बताउनुहुन्छ ।
यसका अलावा भारतको दार्जीलिङ्ग, सिक्किम, पश्चिम बंगालको सिलगुढी, नक्सलबाडी, भुटानको विभिन्न स्थानबाट समेत ग्राहकहरु आउने गरेको खत्रीको भनाई छ । खासगरी भारत तथा भुटानबाट आउने ग्राहकहरु नेपालमा आफन्त भेट्न, घुमफिर गर्न आउनेहरु नै बढी हुने गर्छन् । गोरखा डिपार्टमेन्ट स्टोर पूर्वाञ्चलमा मात्र नभएर नेपालका अन्य भागसागै
भारतमा समेत एउटा ब्रान्डेड नाम बनिसकेको छ । पहिला इटहरीस्थित मुख्यालयमा मात्र आउने उनीहरु शाखा विस्तार भएपछि पथरी र विराटचौकमा समेत आउने गरेको खत्रीले बताउनुभयो ।
प्रत्येक ग्राहकको आकर्षण गोरखा किचेन
गोरखा डिपार्टमेन्ट स्टोरमा पुग्ने हरेक ग्राहकको आकर्षण गोरखा किचेन रहादै आएको छ । चाहे त्यो गोरखा डिपार्टमेन्ट स्टोरको मुख्यालय इटहरी होस्, चाहे पहिलो विस्तारित शाखा विराट चौकमा होस् या दोस्रो विस्तारित शाखा पथरीमा किन नहोस् ।
आफूलाई चाहिने आवश्यकीय सामान खरिद गर्नु भन्दा पहिला होस् या खरिद गरिसकेपछि होस् उनीहरु गोरखा किचनमा केही समय बसेर रमणीय वातावरण नियाल्दै स्वादिष्ट विभिन्न परिकारको स्वाद लिएर मात्र फर्कन्छन् ।
पथरीस्थित रहेको गोरखा डिपार्टमेन्ट स्टोरका चैथो तलामा उक्लेपछि हरेक ग्राहकले आनन्दित महसुस गर्छन् । दक्षिणतर्फ पथरी बजारको र उत्तरतर्फ घना जंगलको रमणीय दृश्यसागै जुनसुकै स्वादका परिकार उनीहरुले लिन सक्छन् । अत्यन्तै सफा र स्वच्छ खाना खानकै लागि यतिबेला पथरीमा सरदर एक हजार ग्राहकहरु आउने गर्छन् ।
पथरीमा मात्र होइन विराटचौकमा समेत यही हाराहारीमा गै्राहकहरुले खाना खाइरहेको कर्मचारी मुरारी खतिवडा बताउाछन् । रु ५० मा भरपेट सादा खाना र रु ९० मा चिकेन खान खान स्थानीय मात्र हैन टाढाटाढा यात्रामा हिडेकाहरु समेत खाना खाने समय मिलाएर गोरखा किचेनमै आइपुग्ने गरेका छन् । गोरखा किचेनमा चाइनिज, इण्डियन खानाका पारखीहरु समेत आउने गरेको कर्मचारी खतिवडाको कथन छ ।
