दिल्ली पब्लिक स्कुल धरान मुख्यत: भारत र नेपालको राजदुतहरुको उपस्थितिमा कुटनैतिक तवरले स्थापना भएको हो । सन् १९९६ फ्रेबुअरी १७ तारेखबाट स्कुलले अध्यापन शुरु गरेको हो । डिपिएसकी पहिलो प्रिन्सिपल मिस सैलजा चौधरी हुनुहुन्थ्यो । उहााले शुरुमा विद्यालयको सम्पूर्ण व्यवस्थापन गर्नुभएको हो ।
सन् १९९६ फ्रबुअरीदेखि नै डिपिएसमा नेपाली विषय अध्यापन गराउदै आउनु भएका बरिष्ठ शिक्षक हेमचन्द्र वस्ती भन्नुहुन्छ, प्रारम्भमा दुईसय विद्यार्थी थिए । दोस्रो बर्ष ४ सय ५० भयो । यसरी विद्यार्थी बढ्नु त्यसबेला ठूलो कुरा थियो । प्रारम्भमा प्रिनर्सरीदेखि कक्षा ८ सम्म सञ्चालन भएको विद्यालयले दोस्रो बर्ष अर्थात सन् १९९७ देखि ९ र ११ कक्षा शुरु गर्यो । त्यसपछि १० र १२ कक्षाको बोर्ड शुरु भएको हो जुन हालसम्म सञ्चाालन भइरहेको छ ।
शिक्षक वस्ती भन्नुहुन्छ, ४ महिनापछि नै सैलजा चौधरी जानुभयो । उहााको ठाउामा मिता मजुम्दार प्रिन्सिपल भएर आउनुभयो । त्यसबेला भाइस प्रिन्सिपल निलम पाल हुनुहुन्थ्यो । उहााहरु दुवैले झण्डै ३ बर्षसम्म चलाउनुभयो । यता द्यिार्थीको संख्या पनि बढेर ७ सय भन्दा बढी पुगिसकेको थियो । शिक्षक संख्या पनि बढेर ३२ बाट ४० जना पुग्यो । मिता मजुम्दार पनि फर्कनुभएपछि निलम पाल प्रिन्सिपल हुनुभयो । निलम पाल हुादा विद्यालयको अवस्था अलिकति खस्कियो, शिक्षकले तलब खान पनि धौ धौ पर्न थाल्यो । सन् २०१० मा निलम पाल गएपछि अनुपल सागर प्रिन्सिपल भएर आउनुभयो । छोटो समयमा अनुपल सागरले विद्यालयलाई पुनजीर्वन दिनुभयो । विद्यार्थी संख्या पनि बढ्दै गए जसले गर्दा कक्षाकहरु सेक्सनवाइज भए । तीन बर्ष बसेपछि अनुपल सागर पनि फर्कनुभयो र प्रिन्सिपलको रुपमा डा. भि.के. मिश्रा आउनुभयो । उहाा यहाा धेरै समय रहनु भएन । तीन चार महिना बसेपछि डा. मिश्रा फर्कनुभयो । त्यसपछि प्रिन्सिपलका रुपमा पि.के संकरालिंघम आउनुभएको हो, वस्तीले भन्नुभयो ।
प्रिन्सिपल पि.के. संकरालिंघम आएपछि पिद्यालयमा नाटकीय ढंगले सुधार भयो । विद्यार्थीको संख्या ह्वात्तै बढ्यो । हाल डिपिएसमा १२ सय भन्दा बढी विद्यार्थीहरु रहेका छन् । नर्सरीदेखि +२ सम्म १२ सय विद्यार्थी हाल अध्ययन गरिरहेका छन् भने शिक्षकको संख्या पनि ७० पुगेको छ । हाल सबै कक्षाहरु सेक्सनवाइज चलेका छन् । नयाा भवनहरु पनि बन्दैछन्, बन्ने क्रममा छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डिपिएसलाई असाध्यै ठूलो स्थान दिएको छ । बीपी अन्डरमा स्कुल चलेको छ र बीपी नै डिपिएको गार्जन हो । हुन त बीपी र डिपिएसबीचमा कुनै लिखित सम्झौता नभएपनि बीपीमा कार्यरत भारतबाट आएका र नेपाली डाक्टरहरु, प्रोफेसरहरु, इन्जिनियरहरुसाग अन्य कर्मचारीका बच्चाहरुलाई अध्यापन गराउन डिपिएस प्रतिष्ठानमा स्थापना गरिएको हो । डिपिएसलाई बीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानले गार्जनशीप गरिरहेको छ । यद्यपि आर्थिक क्षेत्रमा नभएपनि अरु बााकी सामाजिक, प्रशासनिक क्षेत्रमा बीपीकै सहयोग रहेको छ । यसका नियमहरु सिविएसई र डिपिएस सोसाइटी दिल्लीसाग सम्बन्धित छ । तर स्थानीय गार्जन बीपी नै हो, शिक्षक हेमचन्द्र वस्ती भन्नुहुन्छ ।
दिल्ली पब्लिक स्कुलको बोर्ड
यहाा सञ्चालित अन्य विद्यालयको बोर्ड एसएलसी भनेझै डिपिएसको सिविएसई बोर्ड अन्तर्गत रहन्छ । भारतको दिल्लीस्थित सिविएसई बोर्डले नै यहाा प्रश्नपत्र पठाउाछ , यहााबाट उत्तरपुस्तिकाहरु दिल्ली नै पठाइन्छ र चेकजााच पश्चात परीक्षाको रिजल्ट पनि दिल्लीबाटै डिपिएसमा आउाछ । कक्षा १० र १२ को उत्तरपुस्तिका सिविएसई बोर्डमा पठाएपछि उतैबाट रिजल्ट तयार भएर आउाछ, शिक्षक वस्तीले भन्नुभयो ।
प्रिन्सिपल संकरालिंघमको कार्यकालमा नेपाल सरकारको नियम अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा डिपिएस पनि शिक्षा मन्त्रालयमा रजिष्टर गरिएको छ । अर्थात नेपाल सरकारले डिपिएसलाई कानुनी मान्यता दिएको छ । नेपाल सरकारबाट मान्यता प्राप्त भएपछि अबको बोर्ड के हुने भन्ने सवालमा डिपिएका बरिष्ठ नेपाली शिक्षक हेमचन्द्र वस्ती भन्नुहुन्छ, सिविएसई बोर्ड भएको हुनाले सबै सिविएसई बोर्ड अन्तर्गत नै हुन्छ । कक्षा ९, १० र १२ को पढाई सिविएसई बोर्ड अन्तर्गत नै हुन्छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त हुनु भनेको सिविएसई करिकुलमलाई मान्यता दिएको हो । सिविएसई बोर्ड अन्तरगत जुन परीक्षा हुन्छ, यहाा पनि त्यही अनुरुप हुन्छ । उत्तर पुस्तिका, प्रश्नपत्र, प्रमाणपत्र सबै सिविएसई अन्तर्गत नै हुन्छ ।
भर्ना प्रक्रिया
डिपिएसमा एडमिशन (भर्ना) को प्रावधान पनि ११ मा एडमिशन गर्ने विद्यार्थीलाई कक्षा १० को पाठ्यक्रम अनुसार तयार गरिन्छ । नेपालको बोर्डबाट एसएलसी पास गर्नेलाई नेपालकै करिकुलम अनुसार कक्षा ११ मा भर्ना लिन प्रश्नपत्रहरु बनाइन्छ । सिविएसईबाट कक्षा १० पास गर्ने विद्यार्थीलाई एनसिइआरटी भन्ने पाठ्यक्रम अनुसार (आरटी भनेको सिविएसईले मान्यता प्रदान गरेको पब्लिकेशन) प्रश्नपत्र बनाइन्छ । अघिल्लो क्लासमा जानु छ भने पछिल्लो क्लासको प्रश्नपत्र बन्छ । त्यसपछि इन्ट्रान्स हुन्छ । मेरिट्स र कोटाको आधारमा भर्ना लिइन्छ ।
डिपिएस स्कुलको मुख्य जोड
गुणस्तरीय, विश्वव्यापी र हरेक क्षेत्रमा समायोजन हुन सक्ने शिक्षा प्रदान गर्नु नै डिपिएसको मुख्य जोड रहादै आएको छ । हरेक विद्यार्थीलाई व्यवसायिक बनाउनु डिपिएको उद्देश्य हो । केवल पढेर, कविता पाठ गरेर सुनाउने भन्दा पनि यहााबाट उत्पापदित विद्यार्थीहरु राष्ट्रका लागि गौरव बनुन भन्ने नै हो । राष्ट्रमा आफ्नै सीप र बुताले गरिखाने बनुन, राष्ट्रलाई केही दिन सकुन, केवल पास
गरेर ,परीक्षा दिएर, पढेर, पाठ सुनाएर भन्दा पनि अतिरिक्त कार्यहरु गर्नसकुन, विद्यार्थीको चाहना के हो, उसले के गर्न सक्छ त्यस अनुसार विद्यालयले बनाउन चाहन्छ । विद्यालयको मुख्य जोड गरिखाने होस, संसारमा सजिलोसाग बााच्न सक्ने मानिस बनोस् भन्ने नै हो ।
केही अप्ठेराहरु
डिपिएस नेपाली विभागका बरिष्ठ शिक्षक हेमचन्द्र वस्ती भन्नुहुन्छ, डिपिएसमा देखिएका त्यस्ता खासै अप्ठेराहरु केही छैनन् । यदाकदा समयमा पाठ्यक्रम आइपुग्दैनन् । सिविएसई करिकुलम अन्तरर्गत पाठ्यक्रम दिल्लीबाटै आउाछन् । हुन त कक्षा ८ सम्मका अधिकांश किताव नेपालका पब्लिकेशनकै चलाउाछौं । अलिकति समस्या भनेको हामी यहाा दुई देशका शिक्षक हुन्छौं । भारतबाट आउनु भएका शिक्षक चााडै फर्कन चाहनुहुन्छ । नियमति शिक्षक बसिदिए राम्रो हुन्थ्यो । यद्यपि पाठ्यक्रमलाई अगाडि बढाउन कुनै अप्ठेरो आजसम्म भएको छैन ।
दिल्ली पब्लिक स्कुल धरानको र पूर्वी नेपालकै गहना हो । पूर्वाञ्चलमै सबैभन्दा राम्रो विज्ञान प्रयोगशाला, सैयौ कम्प्युटर भएको क्प्युटर कक्षा, स्तरीय पुस्तकालय, खारिएका विद्वान शिक्षक, घरकै वातावरण भएको आवासीय छात्रावास, विद्यालयको भौतिक पूर्वाधार र उपयुक्त वातावरणसागै सिविएसई करिकुलम डिपिएका विशेषता हुन् । बरिष्ठ नेपाली शिक्षक हेमचन्द्र वस्ती भन्नुहुन्छ, यति हुादाहुदै पनि केही कुरामा कमीकमजोरी भएका होलान् । हामी हाम्रा सम्पूर्ण अभिभावकलाई म्यासेज दिन चाहन्छौं कि डिपिएसमा पढाउादा भोलि वेरोजगारी भएर हिड्नु पर्दैन । आफ्ना नानीहरुलाई भोलिका दिनमा व्यवसायिक बनेको यहाा अध्ययन गर्ने नानीहरुका अभिावकले देख्नु हुनेछ । हाल डिपिएसमा काठमाण्डौ, पो्खरा, जनकपुर, तराईका वेल्ट, धरान, विराटनगर, इटहरी, इनरुवा लगायतका स्थानका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
