सातौ मिस्टर पूर्वाञ्चल शारीरिक सुगठन प्रतियोगिता धरानमा हुने

धरान/सातौ मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रीय शारीरिक सुगठन प्रतियागिता आगामी चैत्रको अन्तिम साता हुने भएको छ ।
आयोजक एलाइनेट जिम धरान १५ ले आइतबार धरानमा पत्रकार सम्मेलन गरी आगामी चैत्र २४ र २५ गते प्रतियोगिता हुने जानकारी दिएको छ ।
विगत २०६० सालदेखि मिस्टर धरान, मिस्टर कोशी, मिस्टर पूर्वाञ्चल लगायतका प्रतियोगिता गर्दै आरहेको यस संस्थाले आयोजन गर्न लागेको सातौ संस्करणको पूर्वाञ्चल स्तरीय प्रतियोगितामा सुनसरी, मोरङ, झापा, सप्तरी र भोजपुरबाट ३० जना भन्दा बढी प्रतियोगिले यसमा भाग लिने आयोजक संस्थाका संयोजक विक्रम लिम्बुले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो दिन प्रि जजिङ्ग राउन्ड हुने त्यसमा ५५, ६०,६५ र ७० केजी तौलसमूहका ५/५ जना प्रतियोगिलाई छानेर दोस्रो दिन हुने फाइनलमा प्रतिष्पर्धा गर्न लगाइने संयोजक लिम्बुले जानकारी दिनुभयो ।
विगतमा ६ वटा वजन समूहलाई प्रतिष्पर्धा गराइएकोमा यसपटक भने चारवटा वजन समूहलाई प्रतिष्र्धामा उतार्न बाध्य भएको बताउनुभयो । यसको प्रमुख कारण राज्यले शारीरिक सुगठन प्रतियोगितालाई प्राथमिकतामा राखेर नहेरेको आरोप लगाउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २० हजार र तौथो हुनेलाई १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
शारीरिक सुगठन खेलको प्रवद्र्धनको लागि प्रत्येक बर्ष गरिदै आएको प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीहरुको आर्थिक विकास गर्ने, युवा पिढीमा भएको विकृति विसंगतिलाई खेलको माध्यमबाट न्यूनिकरण गर्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया