हरुवा रोग
नेप्लीज कााग्रेसका बरिष्ठ नेता
रामचन्द्रे बालाई यतिबेला हरुवा
रोगले नराम्रोसाग गााजेको छ रे । यो हरुवा रोग रोग भन्ने कुरामा घण्टाघरको पनि एकछिन त दिमाग चक्रायो । इबोला, स्वाइन Ïलु, वर्ड Ïलु लगायतका रोगहरु परदेशबाट यसो नेपालतिर यदाकदा टुरमा आउथे । हल्ला मच्चाएर मत्थर हुन्थे । तर हरुवा रोग पनि हुदो रै’छ । अब हेरौ न कााग्रेसको सभापतिमा पौड्याल लडे शेरबहादुरसाग चिप्लिए । त्यो पनि एकपटक हो र ? लगातार दुईपटक । त्यसभन्दा अगाडि प्रधानमन्त्रीको निर्वाचनमा पौड्याल बा १७ पटक सम्म हारे । जति हार्यो पौड्याल वा त्यति नै खुशी हुादा रै’छन् । अब फेरि संसदीय निर्वाचनमा उठ्छु भन्दैछन् । फेरि हार्ने भए । उठेर हार्ने त पौड्यालबाको आदतै भएछ । उनलाई हार्दा खेर नै सन्तुष्ट लाग्ने भएप्छि हामीले फुइय्याा गर्नु ?
डाक्टर पढाइदिने रे
पर्धानमन्तरी खप्रओले चीन भ्रमणमा जाादा १० जनालाई डाक्टर पढाइदिने सम्झौता पनि भा’थ्यो । जाबो १० जना डाक्टर पढाइदिने कुरामा पनि के सम्झौता गर्या होला ? अरु देशले ५० औं सैयौ नेपालीलाई सित्तिमा डाक्टर पढाइदिएका छन् । हल्ला नगरी खुरुखुरु पढाइदिएका छन् । चीनले चाहिा १० जना पढाइदिन्छु भन्दैमा यो विधि हल्ला किन गरेको होला ? नानीभन्दा आाची ठूलो भन्या यही हो । जाबो दश जनामा मन्त्रीका छोराछोरी, भतिजा भतिजी, सविचका नतागोताहरुलाई नै ठिक्क हुने भयो । अरुले त चीनमा डाक्टर पढ्ने चान्स नै नपाउने भए । त्यसैले यो सम्झौतालाई मन्त्री र सचिवका छोराछोरी डाक्टर पढ्ने सम्झौता भन्दा ठीक होला । अरुले यो कोटाबाट पाउदै पाउादैनन् पहिला पहिला सहीदका
परिवारका लागि आएको कोटामा त मन्त्रीहरुले, सचिवहरुले आफ्नो छोराछोरी चाइना पठाएका थिए । अब अरुले चानस पाउाछन् भन्ने घण्टाको आश ?
कमलाउ पथमा
एकताका खुंखार क्रान्तिकारी माने कम्युनिष्ट नेता बाउराम भट्टराई हिजोआज कमलाउ माने कमल थापा पथमा हिाड्न थाल्या रै’छन् । हुन त नेपालका कम्प्युनिष्ट बिग्रिए भने कि सड्छन् कि पञ्च बन्छन् भन्ने हो कि क्या हो ? अब त्यस्ता खुंखार कम्यनिष्ट नेता बाउराम हिजो आज नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्दै हिाड्न थालेका छन् । हिन्दु राष्ट्र चाहियाथ्यो भने हिजो किन धर्म निरपेक्षताको बुई चढे ? हुन त
युरोपियन युनियनको माल खाएर धर्म निरपेक्षताको बुइ चढ्या थे अब माल सिद्धियो होला । अब फेरि हिन्दु धर्म चाहिन्छ भन्दै हिडेपछि फेरि इयुबाट माल झर्ला भनेर पो त्यसो गर्या हुन् कि । हुन त बाउराम सर्प देख्दा दुलाबाहिर हात माछो देख्दा दुलाभित्र हात गर्ने त हुन नि, कि कसो हौ ?
गणतन्त्रको उपलब्धी
प्रजातन्त्र भन्दा छाडातन्त्र गणतन्त्र रै’छ । लुटन, ठग्न, बहुलाउन, उफ्रन, जथाभावि फलाक्न प्रजातन्त्रमा अलि टाइटैथियो । गणतन्त्र आएसी’ यो सब कुरा खुल्ला भएका छन् । आयल निगमका हाकिम हाकाहाकी तेलमा तस्करी गर्छन, ग्याास डिलरहरु हाकाहाकी बढी मूल्यमा बेच्छन्, कर्मचारीहरु हाकाहाकी घुस माग्छन् । यहाा जसले जे गर्दा नि भा’छ । कसैलाई कुनै रोकटोक छैन । पर्धानमन्तरी हाकाहाकी झुटो बोलेर जन्ता बेकुव बनाउाछन्, मन्त्रीहरु हाकाहाकी भ्रष्टाचार गर्छन् । हुादाहुादा सिके राउतहरु समेत हाकाहाकी मधेश टुक्र्याएर अर्कै देश बनाउने अभियानमा हिडेका छन् । सिके राउतले त्यसो भन्दा कसैले इन्काउन्टरमा सिध्याइदिनुपर्छ भने, कसैले समातेर कोर्रा हान्नु पर्छ भने, कसैले
राष्ट्रद्रोह हो भने । यसरी भन्ने
विचाराहरुलाई के थाहा यो सबै गणतन्त्रको उपलब्धी हो भनेर । गणतन्त्रमा यी सबै कुरा नेपालमा जायज हुन्छ । नत्र सिके
राउतलाई मात्र किन अरुलाईचाहिा ठोक्नु पर्दैन । गणतन्त्र त सिके राउतलाई पनि त आ’ होला । मन नपरेको मान्छेको सासै गन्हाउने भन्या यही हो ।
केही गर्नै नपर्ने
नेपालीहरुका दु:खका दिन अब चिलिम हुने भए रे । हाम्रा पर्धानमन्तरी खप्रओले भन्या । सातादिन चीनतिर हल्लिएर के आकाथे ओलीले नेपालमा आउने वित्तिकै जोत हानी हाले । हुन त जोत हान्ने बानी खप्रओको अहिलेदेखिको होइन उहिल्यै देखिको हो । जोत हानेरै पर्धानमन्तरी भा’ हुन् क्यारे । झन पर्धानमन्तरी भएसी त के जोत नहानुन । चीनबाट नेपालको एयरपोर्टमा उत्रने वित्तिकै खप्रओले भनेछन् अब चाइनाले तेल दिने भयो, ग्याास दिने भयो, बाटोघाटो, पुलपुलेसा, रेल सबै बनाइदिने भयो । हामी नेपालीले केही गर्नेै नपर्ने भयो । अब पर्धानमन्तरीले भने पछि पत्याउनै पर्यो । अरुले भन्या भए त तै के हो के हो भन्नु । त्यसैले अब नेपालीले उपरखुट्टी लगाएर बस्ने दिन आउन लागेपछि दु:खका दिन सिद्धिएन त ?
नाकाबन्दी
ओलीले चीनबाट यसपटक दह्रै उपहार ल्याएछन् । उनको उपहारकै कारण किमाथांकाबासीहरु यतिबेला कम्ता गदगद भएका छैनन् । खुशीले विचराहरु आफ्नो थाातथलो नै छाडेर अन्यत्रतिर बसाइा सर्ने तरखर गर्दैछन् । एक्लै मुर्मुरिन्छन् र धारे हात लगाउाछ् । भा’को के रैछ भने ओली चीनबाट फर्कने बित्तिकै किमांथाका नाका उनेरले बन्द गर्दिएछन् । माथिको आदेश भन्दै चिनियाा प्रशासनले बन्द गदिएको
रे । विचाराहरुले किमाथांका नाकाबाटै गएर आफूलाई चाहिने उपभोग्य लगायत अन्य सामान बर्षौदेखि खरिद गर्दै आएका थिए । अब नाका बन्द भएसी’ उनीहरुको घरमा चुल्हो नै बल्न छाड्या छ रे । ओली चीन नजाादा उनेरको चुल्हो बलेको थियो । हैन यी ओली भन्या भााड नै हुन कि क्या हो ? जे छोयो त्यही शिव †
भ्यागुताको धार्नी
अलि बर्षपछि गएर एमाओवादीका अध्येक्षे प्रचण्डाउ सिंगल होलान् जस्तो छ । मर्या मान्छेलाई जुम्राले छोडेजस्तो सबैले छोड्न थाल्या छन् । सबै कम्युनिस्टहरुको एउटै पार्टी बनाउने भनेर कुम हल्लाएर डिङ्ग हाक्दै हिडेका प्रचण्डाउ यतिबेला ख्रग्रङ्ग परेर थन्एिका छन् । वैधाउसाग पार्टी एकता गर्ने कुरा पनि एकादेशको कथा जस्तै भएको छ । अस्तिका दिन पचण्डाउको पार्टी फेरि फुटेको छ । मणि थापा, मातृका यादव, वैधाउ, विप्लव हुदै अब हेमन्त प्रकाश ओलीको नेतृत्वमा अर्को पार्टी बन्या
छ । पूर्व पोलिट व्युरो सदस्य हेमन्त प्रकाश ओलीले प्रचण्डाउका राम्रा
राम्रा मान्छेलाई बल्छी हानेरै आफूतिर तानेसी’ दाङमा पत्रकार सम्मेलन नै गरेर कम्युनिष्ट न्युक्ली यस नेपाल पार्टी गठन गरेका छन् । प्रचण्डाउले क्रान्तिका सबै मूल्य मान्येता विर्सेर पैसाको पछि दौडिएको आरोप पनि लगाएका थिए । बन्दुकको सहाराले मात्र संसार परिवर्तन गर्न सकिन्छ भन्दै प्रचण्डाउलाई न्वारान देखिको बल लगाएर गाली गरेका थिए । ज होस् नेपालमा अर्को एउटा पार्टी जन्मेकोमा खुशी नै मान्नुपर्छ ।
अन्त्येमा
हैन हौ यो देशाा के के सुन्नु र देख्नु पर्या हा ? अस्तिका दिन घरेलु मन्त्रीले काठमाण्डौको पेट्रोल पम्प
निरीक्षण र अुगमन गरेछन् । घरेलु मन्त्रीले पेट्रोल पम्प निरीक्षण गरेपछि आपूर्ति मन्त्री गणेशमान पुन ट्वा पर्या छन् रे । निरीक्षण गर्ने नै भए आपूर्ति मन्त्रीले गर्नुपर्ने हो । अरुलाई चाहिा कार्यक्षेत्र मिच्यो भनेर आरोप लगाउने घरेलु मन्त्रीले चाहिा अर्काको कार्यक्षेत्र किन मिच्या होलान् ? फेरि तिन्ले निरीक्षण गर्दा केही झर्या भे नि लौ राम्रो
गरेछन् भन्नु ? आयल निगम र मन्त्रालय बीचकै सहकार्यमा तेलको तस्करी भइरहेको कुनचाहिा हरिलठ्ठकलाई थाहा छैन र ? ताइन तुइको अर्काको कार्यक्षेत्र मिचेर किन अनुगमन गर्या होलान् ? नेपालको कानुन दैवले जनुन भन्थे हो कि क्या हो । अर्थ न बर्थ गोविन्द गाइ टाउको दुखेको औषधि नाइटोमा लाइ भन्या यही हो ।
