धरान/ धरानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना सख्त घाइते भएका छन् ।
मगलबार धरान २३ स्कुल डाडामा विजुलीको पोल मर्मत गर्ने क्रममा पोल लडेर करेन्ट लागी नेपाल विद्युत प्राधिकरण शाखा धरानमा कार्यरत कर्मचारी ४४ बर्षीय विविन्द्र राईको मृत्यु भएको छ भने प्राधिकरणकै ज्यालादारी कर्मचारी बर्ष ४० का विमल भुजेल र इमानुयल नेटवर्क प्रालि पाचकन्यामा कायर्रत कर्मचारी २२ बर्षीय प्रवीन तामाङ सख्त घाइते भएका छन् ।
अपरान्ह ४ बजे करेन्ट लागेका घाइतेहरुलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो । राईको प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको छ भने अन्य दुई जना घाइतेको अवस्था चिन्ताजनक अवस्थामा प्रतिष्ठानकै आकष्मिक कक्षमा उपचार भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरण धरानको लापारबाहीका कारण करेन्ट लागेको स्थानीय सर्वसाधारणले बताएका छन् । स्थानीय अगुवा रामबहादुर बस्नेतका अनुसार एक बर्ष अगाडि पनि स्कुल डाडा निवासी राधा घिमिरेको समेत सोही स्थानमा करेन्ट लागेर मृत्यु भएको थियो । त्यस बेला समेत प्राधिकरणको लापारबाहीको कारण घिमिरेको मृत्यु भएको भन्दै स्थानीयले प्राधिकरणको धरान शाखामा घेराउ समेत गरका थिए । उचित क्षतिपूर्ति र विग्रिएको स्थानमा ममत गर्ने सहमति भएको भएपनि हालसम्म त्यस स्थानमा प्राधिकरणले मर्मतमा ध्यान नपुर्यएको स्थानीयको आरोप छ । यसपटक पनि विद्युत चुहावट हुने सो स्थानमा प्राधिकरणकै हेलचेक्रयाइको कारण एकजनाले ज्या्न गुमाउनु परेको र दुई जना घाइते हुनुपरेको भन्दै अझै पनि प्राधिकरणले मर्मतका लागि ध्यान नदिने हो भने अझै दुर्घटना बढ्न सक्ने सम्भावना बढेर गएको स्थानीयहरुको भनाई छ ।
