सुनसरी जिल्ला वन कार्यालयले बर्षौदेखि संकलित काठ हालसम्म विक्रीका लागि टेन्टर गरेको छैन सेक्टर वन कार्यालयहरुमा करोडौ मूल्य बराबरको हजारौ सेफ्टी काठ कुहिएर खेर जाँदै

धरान/सुनसरीका काठ व्यवसायीहरु मलेसिया, म्यानम्यार लगायत तेस्रो मुलुकबाट गोलिया काठ ल्याएर आफ्ना व्यवसाय धानिरहेका छन् । तर जिल्ला वन कार्यालय सुनसरीले बर्षौदेखि संकलित काठ हालसम्म विक्रीका लागि टेन्डरसम्म नगर्दा करोडौ मूल्य बराबरको हजारौ सेÏटी काठ त्यसै कुहेर गइरहेको छ ।
सुनसरीसागैका जिल्लाहरु मोरङ्ग, झापा, उदयपुरले हरेक बर्ष संकलित काठ टेन्डर आवहान गरी विक्री वितरण गर्दै आइरहेका छन् । तर सुनसरी जिल्ला वन कार्यालयले बर्षौदेखि टेन्डर आव्हान नगर्नुलाई यहााका व्यवसायीहरु वनका कर्मचारीको नियत सफा नभएको टिप्पणी गर्छन् । लाखौ रुपैयाको एलसी खोलेर तेस्रो मुलुकको काठ आयात गर्नुपरिरहेको छ तर यहााका काठ त्यसै सडेर गइरहेको छ व्यवसायीहरु भन्छन् ।
जिल्ला वन कार्यालय सुनसरीमा हाल ९५३६.२३ सेÏटी र टिसिएन तर्फ १४४७९.९९ सेÏटी काठ सेक्टर वन कार्यालय धरान र चकरघट्टीमा कुहेर थन्किएको छ । जिल्ला वन कार्यालय सुनसरीका जिल्ला वन अधिकृत
राजेन्द्र निरौलासाग सम्बन्धमा बुझ्न सम्पर्क राख्दा उहााले आफू बाहिर भएकोले तत्काल केही भन्न नसक्ने बताउनुभयो । सहायक जिल्ला वन अधिकृत गोपाल दाहालसाग सम्पर्क
राख्दा उहााले वनले संकलन गरेको ९५३६.२३ सेÏटी काठ बाहेक नेपाल टिम्बर कर्पोरेशनले संकलन गरेको काठ सेक्टर वन कार्यालय धरानमा ११७९४.८४ सेÏटी र सेक्टर वन कार्यालय महेन्द्रनगर चकरघट्टीमा २६८५.१५ सेÏटी रहेको जानकारी दिनुभयो ।
करोडौ राजस्व सकलन हुने यति ठूलो परिणामको काठ हालसम्म किन टेन्डर मार्फत विक्री नगरेको त भन्ने सवालमा उहााले हामी टेन्डर प्रक्रियामा रहेको बताउनु भयो । सुनसरीका एक व्यवसायीले आफ्नो नाम नछाप्ने शर्तमा भन्नुभयो वनका कर्मचारीहरुको मिलेमतोमा विभिन्न व्यक्तिलाई आपूर्तिका नाममा विक्री गरिरहेका छन् । उहााले भन्नुभयो आपूर्तिको नाममा खडेबाबा उपस्थिति गराई विक्री गर्दा राजस्व कम उठेपनि कर्मचारीको आम्दानी ज्यादा हुन्छ । टेन्डर मार्फत विक्री गर्दा राजस्व ज्यादा संकलन हुने तर कर्मचारीको आम्दानी घट्ने कारणले पनि बर्षौदेखि टेन्डर नगरिएको ती व्यवसायीको कथन छ । यस सम्बन्धमा सहायक वन अधिकृत गोपाल दाहाल भन्नुहुन्छ, यसो होइन । गत बर्ष ४६ वटा लट हामीले टेन्डर गरेका थियौ । विभिन्न मुद्धा चलेका, वेवारिसे, प्रहरीले बरामद गरेका ५ सेÏटी, २० सेÏटी ५० सेÏटी काठमात्र त्यसरी टेन्डर गरिएको स्वयम् दाहालकै भनाईले पनि वास्तविकता छर्लङ्ग पार्छ ।
नेपाल टिम्बर कर्पोरेशन र जिल्ला वन कार्यालय बीचको सम्झौता अनुसार टिसिएनले जंगलबाट ढलापढा काठ संकलन गरेको हो । जुन काठ जिल्ला वन कार्यालय र टिसिएनले ५०/५० प्रतिशत भोग चलन गर्ने छन् । यही सहमतिका आधारमा टिसिएनले सुनसरीका जगलबाट काठ सकलन गरेको हो सहायक वन अधिकृत दहालले भन्नुभयो । अर्को एक व्यवसायीले भने संकलित काठको टेन्डर निकाल्न बर्षौदेखि व्यवसायीले दबाब दिादा पनि बन कार्यालय सुन्दै सुन्दैन । सेक्टर वन कार्यालय धरानमा मात्र हजारौ सेÏटी काठ कुहेर कामै नलाग्ने अवस्थामा रहेको छ । त्यस्ता काठको टेन्डरै भएपनि कसले कबोल्ने ? सेक्टर बन कार्यालय धरानको वस्तुस्थिति निकाल्दा पनि त्यस्तै देखियो । लट लट बनाएर राखिएका हजारौ सेÏटी काठ त्यहाा रहेका छन् । कुनै सडेर कामै नलाग्ने अवस्थामा छन् । सेक्टर वन कार्यालय धरानका अधिकृत ज्ञानकुमार लामासाग यससम्बन्धी वास्तविकता बुझ्न खोज्दा उहाा भ्रमणमा गएको बताइयो । सेक्टर वन कार्यालय धरानमा निमित्त अधिकृत पिताम्बर दासले भन्नुभयो केही काठहरु सडेका छन् । तर सबै सडेका छैनन् । यहाा टिसिएन र वनको आ आफ्नै लटका काठहरु रहेका छन् । जोर नम्बर भएका लटचाहिा वनको हो भने विजोरी नम्बर रहेका लटचाहिा टिसिएनको हो । यी काठहरुको टेन्डर अब कहिले आवहन गर्नु हुन्छ त भन्ने सवालमा उहााले भन्नुभयो यस सम्बन्धमा आफूलाई केही जानकारी छैन । उता सहायक जिल्ला वन अधिकृत गोपाल दहाल भन्नुहुन्छ चैत्र २१ गते टेन्डर निकाल्ने प्रक्रियामा
रहेकोले त्यसैको तयारी गरिरहेका छौं । हामी टिसिएन र वनको काठ एकैपटक टेन्डर गर्ने सोचमा छौ, दाहालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया