धरान/ नेपाल पत्रकार महासंघ सुनसरीले ६१ ऋौं स्थापना दिवसको अवसर पारेर धरानम प्रभावफेरिको आयोजना गरेको छ ।
धरान १२ चतरालाइनबाट शुरु भएको प्रभातफेरि धरान ६ भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सुनसरीका सभापति केशव घिमिरेले सञ्चारकर्मीले नेपाल पत्रकार महासंघको ६१ औं स्थापना मनाउन पाउदा गौरान्वित महसुस भएको बताउनुभयो । उहाले सञ्चारकर्मीले पछिल्लो समयमा आफ्ना मुद्धा भन्दा पनि राष्ट्रका मुद्धा,जनताको अभिव्यक्ति स्वतन्त्रताको मुद्धा, मानव अधिकारका मुद्धा, पिछडिएका वग, आदिवासी जनजाति लगायतका मुद्धालाई जहिल्यै प्राथमिकताका साथ लिएर कलम चलाएको बताउनुभयो ।
उहाले फरक प्रसंगमा नेपालको गणतान्त्रिक संविधान निर्माणसगै मुलुक संघीय संरचनमा गएको उल्लेख गर्दै नेपाल पत्रकार महासंघ समेत संघीय ढाचामा चाडै जाने उल्लेख गर्नुभयो । उहाले २०७३ वैसाख २१ गते चितवनमा हुने महासंघको केन्द्रीय अधिवेशनपछि महासंघ समेत संघीय ढाचामा जाने तयारीमा रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा भएको प्रभात फेरिमा प्रभात फेरिमा सुनसरीका पत्रकार, राजनीतिक दल, विभिन्न पेशासंग सम्बन्धित व्यक्ति, सामाजिक क्षेत्रमा काम गर्ने अगुवाको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
