नयाादिल्ली/भारतीय केन्ऽीय गृहमन्त्री राजनाथ सिंहले नेपालको नयाा संविधानलाई ‘कोसेढुंगा’ भन्दै स्वागत तथा प्रशंसा गरेका छन् । भारत, नयाादिल्लीमा आयोजित ’नेपाल–भारत सम्बन्ध: परिवर्तित सन्दर्भ, विद्यमान परिस्थिति’ विषयक गोष्ठीलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
’नेपालको संविधान कोसेढुंगा साबित भएको छ,’ शनिबार सुरु द्विदिवसीय गोष्ठीमा उनले भने । संविधान जारी भएलगत्तै भारतले यसलाई स्वागत नगरी ’जानकारीमा लिएको’ प्रतिक्रिया दिएको थियो । अन्तर्राष्ट्रिय सहयोग परिषद् भारत, इन्डिया पोलिसी फाउन्डेसन र नीति अनुसन्धान
परिषद् नेपालद्वारा आयोजित संयुक्त गोष्ठीमा सिंहले संविधानलाई स्वागत मात्र गरेनन्, नेपालको प्रजातन्त्रलाई जस्तोसुकै सहयोग पुर्याउन भारत तयार रहेको समेत बताए ।
’नेपालको प्रजातान्त्रिक संघर्षमा भारतले सधैं सहयोग पुर्याएको छ,’ उनले भने, ’नेपालले जो अपेक्षा गर्छ त्यो पूरा गर्न भारत तयार छ ।’ सिंहले सम्बोधनक्रममा तराई–मधेसमा जारी आन्दोलनको सन्दर्भसमेत जोड्न भ्याए । उनले भने, ’मधेसी नेपालका हुन्, यसमा कुनै असमझदारी आवश्यक छैन ।’ आन्दोलन क्रममा नेपालमा आपूर्ति बन्द हुादा आफूहरू पनि चिन्तित भएको उनले उल्लेख गरे । नेपाली समाजको विविधतालाई औंल्याउादै उनले कसैलाई ’एक्लिन’ नदिन पनि आग्रह गरे । नेपाल र भारत अलग–अलग सार्वभौम मुलुक भएको चर्चा गर्दै उनले कहिलेकाहीा आफूहरूजस्तो निकट सम्बन्ध भएका मानिसलाई यी दुई अलग मुलुक हुन् भन्ने अनुभूतिसमेत नहुने गरेको बताए । ’नेपाल र भारत सम्बन्ध अटुट मात्र होइन, अनौठो पनि छ,’ उनले भने ।
परिवार सदस्यबीच कहिलेकाहीा समस्या आउादाको जस्तो स्थिति नेपाल र भारतबीचको सम्बन्धमा पनि देखिने गरेको उनले बताए । ’दुवै सार्वभौम मुलुक हुन् तैपनि यस्तो सम्बन्धमा कहिलेकाहीा सामान्य चर्चा हुनु खराब होइन,’ उनले भने, ’हामीबीच सांस्कृतिक, सामाजिक, भौगोलिक र धार्मिक साइनो छ ।’
’तपाईंहरू पनि सीताराम भन्नुहुन्छ, हामी पनि भन्छौं,’ उनले भने, ’नेपाल–भारत दुवैलाई नमिलाई सीतारामको कल्पना गर्न सकिन्न । राम यहााका थिए, सीता उहााकी थिइन् । यस्तो साइनो दुनियााका कुनै मुलुकबीच छैन ।
