यस्तो रह्यो कुकुर बिरालो मेला

गएको हप्ता अमेरिकाको नर्थ क्यारोलिनामा एउटा यस्तो समारोहको आयोजना
गरियो जसमा ठूलो संख्यामा मानिसहरुले बिरालो तथा कुकुरलाई धर्मसन्तान बनाउन पुगे । त्यस क्रममा ५ सय २४ वटा अनाथ कुकुर तथा बिरालोले आफ्नो अभिभावक पाए ।
३५ सय जना मानिस उक्त कुकुर बिरालो मेला हेर्न पुगेका थिए । तर धेरै मानिसहरु निरास भएर फर्किनुपर्‍यो । मानिसहरु कुकुर बिरालो पाउनका लागि मरिहत्ते गरेका थिए र लामो समयसम्म लाइनमा पनि बसे । तर गएका मानिसभन्दा भएका जनावरको संख्या कम रहेकाले सबैले कुकुर बिरालो प्राप्त गर्न सकेनन् ।
दुई दिनसम्म चलेको उक्त समारोह अमेरिकन सोसाइटी फर द प्रिभेन्सन अफ क्रुएल्टी टू एनिमल्सले आयोजना गरेको थियो । समारोहमा लगिएका कुकुर तथा बिरालोहरु विभिन्न ठाउामा उद्धार गरेर त्यहाा लगिएको थियो । मानिसहरुले कुकुर बिरालो पाउनका लागि औपचारिक रुपमा फाराम नै भरेका थिए ।

तपाईको प्रतिक्रिया