धरान/विद्यार्थीहरुका लागि आइरन गेटको रुपमा रहेको एसएलसी परीक्षा भोलि चैत्र १८ गते देशैभरि एकसाथ शुरु
हुादैछ ।
उच्च शिक्षा अध्ययनका लागि प्रवेशद्वारको रुपमा रहेको यस पटकको एसएलसी परीक्षामा पूर्वाञ्चलबाट १ लाख ४३ हजार ५ सय ८९ जना परीक्षार्थी सहभागी हुादैछन् । यसपटकको एसएलसी परीक्षा गत बर्षको भन्दा दुई साता ढिला हुन लागेको हो । गत बर्ष दोस्रो सातादेखि एसएलसी परीक्षा सञ्चालन भएको
थियो ।
सुनसरी जिल्लाबाट मात्र एसएलसी परीक्षामा १६ हजार १ सय ३० जना छात्रछात्रा सहभागी हुादैछन् । क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार पूर्वाञ्चलमा सबैभन्दा बढी विद्यार्थीको सहभागिता मोरङबाट हुादैछ । मोरङ जिल्लाबाट २२ हजार १ सय ९९ जना नियमिततर्फका विद्यार्थीहरु रहेका छन भने एक्जाम्टेडतर्फ ४ हजार ५ सय ८० गरी जम्मा २६ हजार ७ सय ७९ जना रहेका छन् । यसपछि झापाबाट १७ हजार २ सय ६१, सप्तरीबाट १५ हजार ८ सय ५४, ताप्लेजुङबाट ४ हजार २२, पााचथरबाट ६ हजार ६१, इलामबाट ७ हजार २ सय १४, संखुवासभाबाट ३ हजार ४ सय १४ तेह्रथुमबाट ३ हजार २ सय ३२, धनकुटाबाट ४ हजार ९ सय १६, सोलुखुम्बुबाट २ हजार ६ सय ८१, भोजपुरबाट ५ हजार ७ सय ३, खोटाङबाट ७ हजार २ सय, ओखलढुंगाबाट ४ हजार ४ सय १३, उदपुरबाट १० हजार २ सय ८२, सिराहाबाट १३ हजार १ सय ९९
परीक्षार्थी सामेल हुादैछन् । यस बर्षको एलएलसीको सम्पूर्ण तयारी पूरा भएको र पूर्वाञ्चलमा मात्र ४ सय ७० परीक्षा केन्द्र तोकिएको समेत क्षेत्रीय शिक्षा निर्देशनायले जनाएको छ । निर्देनालयका अनुसार प्रत्येक परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, २५ जना विद्यार्थी बराबर एक निरीक्षकको व्यवस्था गरिएको छ ।
एसएलसी परीक्षमा सहभागी हुने पूर्वाञ्चलका १ लाख ४३ हजार ८९ जना विद्यार्थीमध्ये नियमिततर्फ ९९ हजार ८७ र एक्जाम्टेड तर्फ ४४ हजार ५ सय २ जना रहेका छन् । सुनसरी जिल्लामा यस पटक पनि ४६ वटा परीक्षा केन्द्र तोकिएका छन् । यी सम्पूर्ण परीक्षा केन्द्रमा शिक्षाध्यक्ष भने राजनीतिक भागबण्डाकै आधारमा तोक्ने सहमति भएको छ । विगतमा समेत राजनीतिक भागबण्डाकै आधारमा शिक्षाध्यक्ष तोकिदै आएको थियो । शिक्षा क्षेत्रसाग सम्बन्धित विज्ञहरुले राजनैतिक भागबण्डाका आधारमा भन्दा पनि योग्यता, निष्पक्षताका आधारमा शिक्षाध्यक्ष तोकिनुपर्ने आवाज उठाउदै आए तापनि विगतको परम्परा तोड्न जिल्ला शिक्षा कार्यालय सुनसरीले यसपटक पनि सकेन । शिक्षण पेशामा आवद्ध विद्यालयका प्रद्यानाध्यापक, शिक्षकहरु कुनै न कुनै राजनैतिक पार्टीसाग आवद्ध हुनु र उनीहरुको दबाबकै कारण अन्तत: भागबण्डामै जानुपर्ने अवस्था आयो, जिल्ला शिक्षा कार्यालय सुनसरीका एक कर्मचारीले भने ।
भागबण्डाका आधारमा सुनसरी जिल्लाका शिक्ष संघ, संगठनमा आवद्ध शिक्षकहरुलाई गणना गर्दा
(विद्यालय प्रद्यानाध्यापक र शिक्षकहरुको) भागण्डाको आधारमा २३ जना कााग्रेस निकट नेपाल शिक्षक संघबाट, १० जना एमाले निटक शिक्षक संगठनबाट, २ जना एमाओवादी निकट अखिल नेपाल शिक्षक संगठनबाट र २ जना मधेशवादी दलसाग आवद्ध शिक्षक तथा प्रद्यानाध्यापकहरु नै केन्द्राध्यक्ष बन्ने भएका छन् । सुनसरीका शिक्षक संघ संगठनको आइतबार इनरुवामा बसेको बैठकले बााकी अपुग ९ वटा केन्द्राध्यक्षमा साना मधेशवादी दल र अन्य केहीलाई बनाउने सहमति गरेका छन । भागबण्डाको आधारमा केन्द्राध्यक्ष तोक्नु शिक्षा क्षेत्रमा राजनैतिक दलको नाागो नाच हो भन्दै केही शिक्षकहरुले विरोध समेत गरेका छन् । शिक्षक संघ, संगठनकै प्रभाव अनुसार संघीय समाजवादी फोरमका
तेजनारायण यादव, एकीकृत माओवादी निकट याम चाम्लिङ, एमाले निकट संगठनकै पोषराज नेपाल, कााग्रेस निकट संघकै निरन्जन दाश र नारायण कुइाकेललाई समेत केन्द्राध्यक्ष बनाउने सहमति गरेका छन् ।
