घण्टाघरबाट हेर्दा

फेरि हसाए वा
खप्रओ माने नेपालका पर्धानमन्तरी चाइनाको सातदिने टुर गरेर अस्तिका दिन फर्किका छन् । चाइना गएर के के न लछारपाटो लगाउलान् भन्या त अभागी खप्पर जहाा गए नि ठक्कर सानी हुाइा भनेजस्तो भयो । देशमा अभावकै अभाव सिर्जना गराएर पनि उखान तुक्का सुनाएर पेट मिची मिची हासाउने खप्रओले चाइना गएर नि जगतैलाई हसाइदिए । चाइनाको
वो आओ सम्मेलनलाई सम्बोधन गर्दै खप्रओले एसियाबाटै गरिबी उन्मुलन गरेर शान्ति कायम गर्नुपर्छ भनेर भाषणत ठोक्देछन्े । नेपालमा पर्धानमन्तरीको त्यस्तो भाषण सुनेर भेला भएका सबै देशका प्रतिनिधि पेट मिचीमिची हाासेछन् । एक बर्षदेखि आÏनै देशका भुककम्प पीडितका लािग टाउको लुकाउने छाप्रो बनाइदिन नसक्ने, भोकमरीबाट हायलकायल भएकालाई खाद्यान्न दिन नसक्ने तर करोडौ क्विन्टल दाताले द्या चामल गोदाममै सडाइदिने पर्धानमन्तरीको त्यस्तो भाषन सुनेसी’ कस्को थुतुनो नच्यात्तिएला ? जे होस हाम्रा पर्धानमन्तरी जहाा गए पनि हासाउाछन् वा †
प्रचण्डाउको दोहोलो
आफू भन्दा ठूलो कोही छैन भन्ने सान्टा पल्टिएर अस्तिका दिन विरगञ्ज पुगेका भ्याङ्गै भ्वाङ्ग परेका माउवादी अध्येक्षे प्रचण्डाउको मधेशी मोर्चाका कार्जेकर्ताहरुले दोहोलो काढेछन् । दोस्रो विरगञ्ज महोत्सवको उद्घाटन गर्न पुगेका प्रचण्डालाई कालो झण्डा, नाराबाजी गर्दै मोर्चाका कार्जेकर्ताले अवरोध गरेसी’ प्रचण्डाउलाई जोगाउन ्प्रहरीलाई हम्मे हम्मे नै परेछ । महोत्सवका लागि बनाइएका गेटहरु जलेछन्, सडकका ठाम ठाममा टायरहरु बलेछन् । स्थिति सकसपूर्ण बन्दै गएसी’ प्रहरीले काला झण्डा बोक्ने, मोर्चाका स्थानीय नेता तथा कार्जेकर्तामाथि लौरो मात्र बर्साएनछन् खोरसम्मै पुर्‍याएछ । प्रचण्डाउ जहाा गयो त्यही विगार हुन्छ । हिजो वेÏवाकको जनयद्धमा थिए त्यस्तो विना गरे अब अहिले नेता पल्टिएर जहाा पुग्छन् त्यही उत्पात हुन्छ । थपक्क घरैमा थन्चिनु नि । ताइन तुईसाग कुम हल्लाउादै हिडेर किन उत्पात मच्चाउनु ?
थुतुनो खोले
नेपाला राजा चाहिादैन भनेर वाह्र सत्ताइस गफ जोत्दै हिाड्ने माउवादीका नेता मन्त्रहिरु नै यतिबेला राजा चाहिन्छ भन्दै हिडेको देख्दा घण्टाघरको दिमागले कामै गर्न छोडेको छ । घण्टाघरलाई त पहिला पत्याउनै गाह्रो भयो । तै सबैले पत्याएसी र आÏनै कानले सुनेसी पत्याउन करै लाग्यो । अब हेरौ न माउवादीको कोटाबाट मन्त्री भएका गृहेमन्त्री शक्ति बस्नेतले अस्तिका दिन दाङतिर पुगेर मनको वह सबैका अगाडि पोखेछन् उन्ले भाषण दिादै भने छन् जनताले चचाहेमा राजा आउन सक्छन् । राजधानीमा युवाहरुले राजा ल्याउने आन्दोलनको थालनी गरेकी दिन
घरेलुमन्त्रीले दाङमा पुगेर त्यसी बोल्नु तथा बाघ पनि कराउनु बाख्रो पनि
हराउनुको संयोग त पक्कै होइन होला ? राजा चाहिन्छ भन्नेमाथि लाठी भुंग्रा घरेलु मन्त्रीले नगर्ने हो भने नेपालका युवायुवती बृद्धवृद्धा सबै राजा चाहियो भन्दै सडकमा आउथे । जे होस् बस्नेत काजीले त्यति बोल्नु नै अहिलेका लागि महत्वपूर्न कुरा हो । कि कसो हौं ?
राजकुमार ह्यारी
बेलायतका राजकुमार ह्यारीले झण्डै दुई साता नेपाल भ्रमण गरे । दुई सातासम्म जताततै मिडियामा उनकै खबर आयो । आज राजककुमार ह्यारीले स्कुल बनाउन ढुंगा फोडे, आज प्याकुलीको घरमा ढिडो गुन्द्रुक खाए, आज भुकम्प पीडितको टेन्टमा बसे । उनी जहाा जहाा गए सबैले उन्को स्वागत गरे । भुकम्प पीडितको टेन्टमा बस्दा पीडितहरु हाासिरहेको देख्दा ह्यारीलाई आश्चर्य लाग्यो रे । त्यति दु:ख पाउादा पनि हाासिरहेको देख्जा ह्यारी आश्चर्यचकित नहुने कुरै भएन । एक त राजकुमार भनेपछि नेपालीहरुले हत्ते गर्छन । ह्यारी पनि राजकुमार हुन् । उनी पुग्दा त्रिपालमा बस्नेहरु खुशी नहुने कुरै भएन । रहयो हसाइएको कुरा त्योचाहिा हाम्रा पर्धानमन्तरी केपी ओलीकै देन हो । जहाा गएपनि उखान तुक्का भन्दिइहाल्छन् । कहिले छु मन्तर लगाएर हावाबाट विजुली दिन्छु भन्छन्, कहिले घरघरमा ग्याास पाइप हुल्दिन्छु भन्छन, कहिले काठमाण्डौमा मेट्रो ट्रेड चलाइदिन्छु भन्छन् । यही सम्झेर भुकम्प पीडितहरु त्रिपालमा बस्दा पनि हाासिरहेको ह्यारीले चाल पाएकी पाएनन् कुन्नि ? चाल पाए भने उनी बेलायत फर्किएर एकमहिनासम्म पक्कै हाास्छन् । कि कसो हौ ?
उपिन्द्रको क्रोध
उपिन्द्र जादव हिजो आज अलि
रिसाहा देखिन थालेका छन् । अस्तिका दिन उनी आफ्नो पार्टी कार्यालयमा आउने सबैसाग चडङ्ग–चडङ्ग भएर जंगिए । ६ महिना सम्म असफल आन्दोलन गरेर राम्ररी थकाईसमेत माने नभ्याइ वैसाखबाट पुन आन्दोलन गर्ने तरतम्य मिलाउादै गरेका उपिन्द्रलाई दोसे पटक थालिएको आन्दोलन फेरि असफल हुन्छ कि भन्ने चिन्ता होला । त्यै भएर उनी चड्किएका हुन कि भन्ने घण्टाघरलाई लाग्या थ्यो । तर कुर त्यसो होइन रै’छ । कुरो त अन्यन्त्रै बटारिएको रै’छ । उनलाई बाबुराम भट्टराईले प्रजातन्त्रवादी बन्नु भनेर एउटा कार्जेक्रममा भन्या रै’छन् । त्यै भएर उन्को कन्पारो तात्या रै’छ । अब बाउराम जस्ताले अरुलाई प्रजान्तत्रको कुरो सिकाउन थालेपछि यहाा फुइय्याा हुन्छ ? प्रश्नमाथि प्रश्न गर्दै उनी चड्कदै थिए । नेपाल देशै त्यस्तै हो भन्ने कुरा जादवले नबुझेको देख्दा घण्टाघरलाई पनि आश्चर्य लाग्यो ।
नानीभन्दा….
हाम्रा गामघरतिर भन्ने गरिन्छ नानी भन्दा आाची ठूलो । यतिबेला नेपालका राजनीतिक दलमा यस्तै देखिदै आएको छ । गिर्जाउको अपुतालीमा राजनीति गर्ने त्यो सुजोले अस्तिका दिन विराटनगरमा आएर अन्टेसन्टे बकिछन् । अब राजा आउने सपना कसैले नि नदेखे हुन्छ रे । अब भाषणा गर्ने सबै कार्ड सिद्धिएछ यहााका दलमा । हिजो आफूले जस्तोसुकै गल्ती गर्दा नि
दरबारले गर्‍यो भनेर पन्छिनेहरुलाई आज राजा नै फेरि भाषण गर्ने कार्ड बन्न थाल्या जस्तो छ । बुद्धि भए पो अरु कुरा गर्नु । टाउकोमा जति गिद्धी हुन्छ त्यति नै जान्ने त हुन् नि । ताइ न तुईको प्रसंगै बिनाको अन्टेसन्टे भाषण गर्‍यो अनि नेता पल्टियो । यसलाई भन्छन् नानीभन्दा आची ठूलो कि कसो हौ ?
नयाँ शक्तिको टोपी
सञ्चारमाध्यममा हाउगुजी शैलीले प्रचार गर्दै आएका बाउराम भट्टराईको नयाा शक्ति गठन नहुादै फुट्ने भा’छ । ऐरे, गैरे, नन्थु, खैरे मान चारतिरको मान्छेलाई भेला गरेर बाउरामले बनाएको नयााशक्ति हात्ती आयो हात्ती आयो फुस्सा पो हुने भयो । अब हेरौ न स्वात्तै बागमति सफा गरुम्ला झै गरेर पशुपति क्षेत्रमा सरसफाई अभियानमा जुटेका बाउरामका आसेपासेहरु यतिबेला सफाई भन्दा पनि फेशन सो गर्न आएका जस्ता छन् । कहिले रातो टोपी भिर्छन, कहिले सेता टोपी लगाउाछन् हातमा कुचो लिएर सेल्फी खिच्छन् । सामाजिक सञ्जालमा फोटो पोष्ट गरेर म कस्ती देखिएा भनेर प्रतिक्रिया खोज्छन् । नाममात्र नयाा शक्ति भेर के गर्नु व्यहोरा पुरानौको देखाए सी’ ?
अन्त्येमा
हाम्रा पर्धानमन्तरी खप्रओलाई यसपटक चाइनामा साह्रै जिस्क्याएछन् । उन्ले भनेको उखान तुक्का सुनेर जिस्काएका भने हैनन् रे । कुरो के
परेछ भने खप्रओ ढुक्कसाग ८ दिन चाइना बसे । त्यो देखेर त्यहााका जन्ताले भनेछन् हैन यो पर्धानमन्तरीको देश छैन कि क्या हो । सबै कुराले सम्पन्न भए जस्तै गरेर बस्या छन् । यो चाहिा चाइनिजहरुले साह्रै राम्रो टिप्पणी
गरेका हुन् । यहाा नेपालीहरुले ग्याास पाएका छैनन्, इन्धन पाएका छैनन, भुकम्प पीडितहर रुएर दिन काटिरहेका छन्, दुर्गम क्षेत्रमा खाद्यान्न अभावले भोकमरी चलिरहेको छ । अनि हाम्रा पर्धानमन्तरीचाहिा ज्वाइले आराम
गरेझै चाइनामा ढुक्क डुले । कस्ले यो देखिदेखि टिप्पणी गर्दैन त ?

तपाईको प्रतिक्रिया