प्याराग्लाइडिङ प्रतियोगिताको उपाधि विजय गौतमलाई

धरान/:राष्ट्रिय खेलकु परिषदका सदस्य सचिव केशव विष्टले धरान अब धार्मिकमात्र नभई साहसी खेलको रुपमा परिचित भएको बताउनुभएको छ ।
सदस्य सचिव विष्टले चौथो माउन्टेन स्पोर्टस फेस्टिवल अन्तर्गत प्रथम राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता २०१६ को समापनका आवसरमा यस्तो बताउनुभएको हो
साहसी खेलको रुपमा परिचित प्याग्लाइडिङलाई नेपालमा विकास
गरेर लाग्नुपर्नेमा जोड दिदै नेपाल प्याग्लाडिङ संघले पहल गरेमा आगामी साप गेममा यसलाई समावेश गर्ने समेत बताउनुभयो ।
उहाले विगतमा धरानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित
गराइएकोमा अब भने साहसिक खेलको माध्यमबाट धरानलाई विश्वमा चिनाउन मद्धत पुग्ने बताउदै सम्भावना बोकेका अन्य स्थानमा समेत यस्ता साहसिक खेलको प्रवद्र्धनका लागि
राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाले यसपटक राष्ट्रिय स्तरको प्रतियोगिता भएपनि आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाउन धरान लगायत पूर्वाञ्चलका सम्पूर्ण खेलप्रेमी, पर्यटन सम्बन्धी काम गर्ने संघ संस्था, व्यक्तिलाई आग्रह समेत गर्नुभयो ।
उहाले नेपाललाई अब आफ्नै श्रम, सीप र परिश्रमले चिनाउने बेला आएको भन्दै धरानले पहिलोपटक आयोजना भएको साहसिक खेल प्रतियोगिताले सन्सारमै नयाँ सन्देश दिन सफल भएको स्पष्ट पार्नुभयो ।
चैत्र ११ गतदेखि सञ्चालनमा आएको प्रतियोगिताको उपाधि पाइलट विजय गौतमले हात पारेका छन् । उनले ४.५ अंक ल्याउदै ४० जना प्रतिपष्र्धीलाई पछाडि पारेर प्रथम स्थान हासिल गरेका हुन् । विजेता भएसंगै उनले २५ हजार नगद, पमाणपत्र र ट्रफी हात पारेका छन् । यस्तै ५.७ अंक प्राप्त गर्दै सागर दवाडी दोस्रो भएका छन् भने ७ .९ अंक प्राप्त गर्दै गौरव ठटेल तृतीय भएका छन् । दोस्रो तेस्रो हुने चालकलाई क्रममा १५ र १० हजार नगदसहित, प्रमाणत्र, टूफी पाप्त गरेका थिए । विजेता, उपविजेता र तृतीय हुनेलाई सदस्यसचिव केशव विष्ट, नेपाल प्याग्लाइडिङ संघका केन्द्रीय अध्यक्ष रुप नारायण श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
राष्ट्रिय खेलकुद परिषद र एक्स्ट्रीम धरानको आयोजनामा भएको प्रतियोगितामा धरान २४ स्थित चिण्डेडाडाबाट उडान गरी धरान १७ एयरपोर्ट ग्राउन्डमा ल्यान्डिङ गराइएको थियो । ल्याण्डिङको आधारमा विजय घोषणा गरिएको थियो ।
प्रतियोगितामा नेपाली र विदेशी गरी ४० जना चालकले प्रतिष्पर्धा गरे पनि सहभागिता भने ६० जनाले जनाएका थिए ।

तपाईको प्रतिक्रिया