धरान/ सुस्ताउदै गएको नाटकलाई जीवन्त राख्न रंगभूमि एकाडेमीले
धरानमा तीनदिने नाटक प्रदर्शनी सम्पन्न भएको छ ।
धरान८ सभागृहमा सम्पन्न भएको ‘अब टाउको कहिले हल्लिन्छ’ नामक नाटक प्रदर्शनीले हराउदै गएको
रगमञ्चलाई व्युताउने काम गरेको आयोजकको भनाई छ ।
चत्रै १४ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको नाटकमा नया र पुराना गरी २० जनाले अभिनय गरेका थिए । नाटकमा देशको विसम् परिस्थितिलाई समेटिएको नाटकका लेखक तथा निर्देशक विष्णु मोक्तनले जानकारी दिनुभयो ।
दुईदशक अघिदेखि नाट्य क्षेत्रको विकासमा अहोरात्र धरानकै पुरानो संस्था अनाम नाट्य जमातको आन्तरिक विवादका कारण नाटक प्रदर्शन हुन छाडेपछि अढाई बर्ष अगाडि धरान ९ गौतमपथमा आफ्नो कार्यालय खोली नाटकसम्बन्धी विभिन्न तालिमसमेत दिदै आइरहेको छ । नाटकलाई जीवनन्ता दिनपहिलो पटक नाटक आयोजना गरिएको लेखक तथा निर्देशक तामाङको भनाई छ ।
नाटकमा वर्तमान नेपाली समाजमा भइरहेको सामाजिक, आर्थिक, शैक्षिक एवम् राजनीतिक अवस्था तथा नेपाली जनताले भोग्नुपरेको पीडालाई जस्ताको तस्तै देखाउन खोजिएको उहाको भनाई छ । भारतले
गरेको नाकाबन्दी र मधेशी मोर्चाका आन्दोलनका कारण नेपाली जनताले पेटूोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको अभावमा खप्नुपरेको पीडाका विषयमा समेटिएर नाटक तयार पारिएको थियो ।
धरानमा शून्य प्राय :भइसकेको नाटकलाई झकझकाउन र धरानलाई पुन: नाटकमय धरान बनाउने मुख्य लक्ष्यका साथ आयोजना गरिएको नाटकको सह निर्देशन चिरन राई, निर्माण संयोजन स्पन्दन राई, संगीत संयोजन विनय राईले गर्नु भएको थियो । नाटकमा प्रेम सुब्बा, कुलचन्द्र न्यौपाने, किशोर सम्वाम्फे र पेमा लामाले अथिति कलाकारको भूमिकाको निर्वाह गर्नुभएको थियो भने चिरन राई, दिपेन्द्र दर्नाल लक्ष्मण खनाल, स्नायू थेवे, प्रेमिका निरौला, हरि लिम्बु, तुलसा थापा, तारा तामाङ, किरण खापुङ, सोनाम मगर, अस्मिन सुवेदी, तीर्थ राई, नवराज गुरुङ, सुगतलामा र स्वतिका तामाङको मुख्यभूमिका रहेको
थियो ।
त्र
