काँग्रेस नगरमा पदाधिकारी थप

धरान/नेपाली कााग्रेस धरान नगर समितिमा मनोनित पदाधिकारीहरु थप गरिएको छ । माघ १५ गते सम्पन्न धरान उपमहानगर समितिको निर्वाचनमा पराजित भएका अध्यक्षका प्रत्यासी किशोर राईलाई कााग्रेस केन्द्रकै अनुशरण गर्दै बरिष्ठ सदस्यमा मनोनयन गरिएको छ ।
नगर सचिव श्याम पोख्रेलका अनुसार नगर अधिवेशनमा चुनाव जितेका महेन्द्र तामाङ्गलाई उपसभापति, युवराज शंकरलाई सचिव र मञ्जिल कसजुलाई सह सचिवमा मनोनयन गरिएको छ । यही चैत्र ४ गते बसेको धरान उपमहानगर समितिको पहिलो बैठकले उनीहरुलाई मनोनित गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया