धरान/नेपाली कााग्रेसको भर्खरै सम्पन्न १३ औं अधिवेशन अन्तर्गतको सुनसरी क्षेत्र नं. १ को सचिवमा महेन्द्र प्रधानलाई मनोनित गरिएको छ ।
क्षेत्रीय समितिलाई पूर्णता दिने उद्देश्यले चैत्र ६ गते शनिवार बसेको क्षेत्रीय समितिको पहिलो बैठकले यस अगाडि नगर कोषाध्यक्ष रहेका प्रधानलाई विधान त मनोति गर्नुपर्ने एकजना सचिवमा मनोनित गरेको हो । यसैगरी क्षेत्रीय समितिको उप–सभापतिमा धनबहादुर कटुवाल, सह सचिवमा नारद राई र सदस्यमा मदन ढकाललाई मनोनयन गरिएको क्षेत्रीय सभापति सुशेशमान श्रेष्ठले जनकारी दिनुभयो । बैठकले सुनसरी क्षेत्र नं. १ मा पार्टी संगठन सुदृढ गर्ने, विकास र प्रगतिका लागि आगामी दिनमा सामुहिक छलफलबाट अगा िबढ्ने निर्णय समेत गरेको छ ।
