सिंहदेवी मार्गमा एकतर्फी पार्कि·

धरान/सााघुरो सडक त्यसमाथि दुईतर्फी पार्किङका कारण हैरानी व्यहोर्दै आएका सिंहदेवीमार्ग धरान २ का स्थानीयले भने अब राहत पाएका छन् ।
टोलसुधार समितिको पहल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानको समन्वयमा यही चैत्र ३ गतेदेखि सिंहदेवी मार्गमा अब एकतर्फी मात्र पार्किङ्गको व्यवस्था गरिएको छ । छाताचौकदेखि सिंहदेवी चौकको झण्डै पााचसय मिटर भन्दा बढी सडकमा टोलसुधार समितिले ठाउा ठाउामा नो पार्किङ्गको बोर्ड लगाइएको छ ।
सडकको उत्तरी किनारामामात्र अब सवारी साधन रोक्ने व्यवस्था भएपछि दैनिक हुने सडक जाम र सम्भावित दुर्घटनाको खतरा टरेको टोलसुधार समितिकी अध्यक्ष सन्ध्या श्रेष्ठले बताउनुभयो । उहााले भन्नुभयो, यो कार्य अगाडि नै गर्नुपर्ने थियो । तर ढिलै भएपनि शुरुवात भएको छ , यसलाई
सकारात्मक नै मान्नुपर्छ , दोहोरो पार्किङ्ग कसैले नगरोस् भन्ने हेतुले टोलसुधार समितिका सचिव दामोदर श्रेष्ठ विहानैदेखि सवारी धनीहरुलाई सतर्क गराउदै हिड्ने गरेका छन् । यस भन्दा अगाडि टोलसुधार समितिले फोहोर मैला व्यवस्थानका लागि समेत अभिया चलाएको थियो ।

तपाईको प्रतिक्रिया