राजधानी/दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्री स्तरीय ३७ औं वैठकमा भाग लिन
भारतीय विदेशमन्त्री सुष्मा स्वराज विहीबार आउने र विदेश सचिव एस.जयशंकर सोमबार नेपाल आइपुग्नु भएको छ ।
वैठकमा भाग लिन विदेशमन्त्री सुष्मा स्वराज भारतको गोरखपुरबाट विमानमा सिधै पोखरा अवतरण गरी प्रधानन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ । विदेश मन्त्री
स्वराजको व्यथताका कारण काठमाण्डौ आउन नसक्ने भएकोले प्रधानमन्त्रीसाग पोखरामै भेटघाट गरी फर्कने स्रोतले जनाएको छ ।
विदेशमन्त्री स्वराजभन्दा अगाडि नै अर्थात सोमबार राति काठमाण्डौ आइपुग्नु भएका विदेश सचिव एस. जयशंकरले नेपालका प्रधानमन्त्री, प्रमुख राजनैतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुसाग भेटघाट गर्ने बताइए तापनि यस सम्बन्धमा टुंगो लागि नसकेको भारतीय राजदुतावासकी प्रवक्ता रुवी जसप्रित शर्माले जानकारी दिनुभयो । उहााले भन्नुभयो, विदेश सचिव एस.जयशंकरको भेटघाटको औपचारिक लिष्ट तयार भएको छैन ।
यद्यपि परराष्ट्र स्रोतका अनुसार भारतीय विदेश सचिव एस जयशंकरले काठमाण्डौमै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा, कााग्रेसका नव निर्वाचित सभापति शेरबहादुर देउवा, नयाा शक्तिका संयोजक डा. बाबुराम भट्टराई लगायतका नेताहरुसाग भेटघाट गर्ने बताइएको छ । उहााले केही मधेशवादी दलका नेताहरुसाग पनि भेटघाट गर्नुहुने भएको बताइएको छ । सार्क विदेशमन्त्री स्तरीय मिनी सार्कको रुपमा शुरु भएको वैठक पोखरामा सोमबारदेखि जारी छ । पहिलो र दोस्रो दिन सह–सचिव स्तरीय बैठक पोखराको विरौटास्थित पााचतारे होटल पोखरा ग्राउन्डमा जारी छ ।
बैठकमा सार्क प्रोग्रामिङ्ग कमिटीको बैठकले गरेको निर्णयको समिक्षा
गरिएको पराराष्ट्र मन्त्रालयका सार्क महाशाखा प्रमुख तथा सह–सचिव मणिप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । अघिल्ला वैठकमा भएका निर्णयहरु के कति कार्यान्वयन भए, भएनन् र कार्यान्वयन गर्न के गर्नुपर्छ भन्ने विषयमा छलफल भएको थियो । विभिन्न चरणमा भएका छलफल हिजो मंगलबार पुन: बुादागत रुपमा छलफलपश्चात प्रतिवेदन तयार गरिएको छ । वैठकमा सार्क स्पेशल वडिज अन्तर्गत साउथ एसियन युनिभर्सिटी, सार्क डेभलपमेन्ट फन्ड, सार्क आर्विट्रेशन काउन्सिल, साउथ एसियन रिजनल स्टान्र्ड अर्गनाइजेसनका प्रमुखले आ–आÏनो संस्थामा भएका प्रतिवेदन पेश गरेका थिए । हिजो मंगलबार सार्कको क्यालेन्डर अफ एक्टिभिटिज अन्तर्गका गतिविधिमा छलफल भएको थियो । मंगलबारको छलफलपश्चात प्रतिवेदन तयार हुने सह सचिव भट्टराईले जानकारी दिनुभयो । उक्त प्रतिवेदन सदस्य
राष्ट्रहरुले कार्यक्रम समितिमा निर्णय स्वरुप पेश गर्ने र बुधबार हुने स्टान्डिङ्ग कमिटी बैठकमा पेश गर्ने पनि बताइएको छ । वैठकमा तेस्रो दिन बुधबार सार्क दिेश सचिव स्तरीय वैठक र विहीबार अर्थात अन्तिम दिन सार्कमन्त्री स्तरीय वैठक हुनेछ । सार्कमा नेपाल, भारत, अफगानस्थान, भुटान, बंंगलादेश, श्रीलंका, माल्दिभ्स सदस्य रहेका छन् ।
