इनरुवा/उपप्रधान, भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले मधेशी मोर्चाको आन्दोलनको औचित्य र उपादेयता नभएको बताउनुभएको छ ।
सुनसरी जिल्ला विकास समितिको २५ औं जिल्ला परिषद्बाट पारित आर्थिक बर्ष २०७३/०७४ को जिल्ला विकास योजना सार्वजनिक गर्न आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले सो कुरा बताउनुभएको हो ।
उहााले भन्नुभयो कुनै नाता, साइनो नै नभएको सुनसरी, मोरङ्ग, झापा टुक्र्याउने खेलमा मधेशी मोर्चा लागेको देख्दा आफूलाई आश्चर्य लागेको छ । यी तीन जिल्ला कसैले पनि कुनै हालतमा टुक्र्याउन सक्दैन र टुक्रिदैन पनि । यस्ता वाहियात माग राखेर आन्दोलन गर्नुको कुनै तुक र औचित्य रहादैन । यस्ता प्रकारको आन्दोलनले मधेशी जनताबाट मधेशी दलका मोर्चामा आवद्ध नेताहरु बहिष्कृत हुादै गएको समेत उपप्रधानमन्त्री गच्छदारले प्रष्ट पार्नुभयो ।
मधेशी मोर्चामा आवद्ध स्थानीय नेता तथा कार्यकर्ताले गच्छदारलाई कार्यक्रममा जानबाट अवरो्ध गर्ने हेतुले नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए । मन्त्री गच्छदार अवरोधको वेवास्ता गर्दै कार्यक्रम स्थल पुग्नुभएको थियो । सम्बोधनका क्रममा उहााले भन्नुभयो, मधेशी मोर्चाले झण्डै ५ महिना औचित्यहीन आन्दोलन गरेर मधेशकै जनतालाई नै दु:ख दिने काम गरे । उहााले अगाडि भन्नुभयो मधेशका सम्पूर्ण माग पूरा भइसकेका छन् । केही प्राविधिक कुराहरु होलान् त्यसलाई वार्ताका माध्यमबाट सुुल्झाउन सकिन्छ ।
