भ्रष्ट, तस्कर र माफिया पोस्दै सरकार

बजार मूल्य भन्दा ३१ रुपैया महागोमा विराट पेट्रोलियम कम्पनीले पेट्रोल बेच्दै छ, वैदेशिक रोजगारीमा जाने युवाहरुलाई कुस्त ठग्नेहरुलाई प्रहरीले कारबाही अगाडि बढाउादा ठगहरुले आन्दोलन गर्छन्, आधा सिलिण्डर ग्याास खुल्लम खुल्ला ३१ सयमा विक्री भइरहेको छ मेडिकल माफियाहरुले प्रतिष्ठान गठन गरेर निजी व्यापार सञ्चालन गरिरहेका छन् ।
ठूला भ्रष्ट र तस्करहरुको सरक्षण सरकारले गरिरहेको छ । उद्घाटन, आमसभा, सिंहदरबार, पुल्चोकको मन्त्री निवासबाहेक सरकारको उपस्थिति कहीा महसुस गर्न नसकिएको अवस्था छ । मनपरी बजार मूल्यले आम सर्वसाधारणको दैनिकी डावाडोल बन्दैगएको छ । तर राज्यको ढुकुटीमा पालिएका सरकारका
सरोकारवाला निकाय, मन्त्री, प्रधानमन्त्री, सांसद एक शब्द बोल्दैनन् । समग्रमा भन्नुपर्दा माओवादी र साना दलको निगाहमा बनेको खड्गप्रसाद ओलीको सरकार भ्रष्ट, तस्कर र माफियाका लागि बरदान सावित भएको छ । त्यस्ता तत्वका लागि वर्तमान समय स्वर्णकाल भएको छ । नत्र नेपाल आयल निगम र विराट पेट्रोलियम कम्पनीलाई फरक फरक मूल्यमा पेट्रोले बेच्न दिने निर्णय कसरी हुन्थ्यो ? आपूर्ति सहज बनाउने काम सरकारको हो । देखादेखि ५३ रुपैया बढी मूल्य लिएर जनता ठग्न इजाजत दिने सरकारसाग अब जनताका कुनै आकांक्षा र उपेक्षा देखिदैन । विगतमा भारतले अघोषित नाकाबन्दी गर्‍यो भन्ने बहानामा
सरकारले भ्रष्ट र तस्करको संरक्षण गर्‍यो । हाल भारतबाट सम्पूर्ण आपूर्ति सहज भइसकेको छ । कुनै बहानाबाजी नभएको अवस्थामा समेत सरकार निर्लज्जढंगले प्रस्तुत भएको छ ।
यति चााडै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार देशका लागि अफापसिद्ध हुन्छ, पतन हुन्छ भन्ने कसैले सोचेका थिएनन् । तर भयो यस्तै । तुक न बेतुकका भाषणबाजी गरेर जग हसाएका ओलीलाई नेपाली जनताले राष्ट्रवादको नाममा केही समय साथ दिए । तर त्यो परिस्थिति अब रहेन । देशको कार्यकारी प्रमुखजस्तो व्यक्तिले जथाभावि बोल्दै हिाड्न थालेपछि ओलीप्रतिको विश्वास निमिट्यान्न भएको छ । अर्थात सिद्धिएको छ । कहिले चाइनाबाट पेट्रोलियम पदार्थ ल्याएर छेलोखेलो बनाउछु भन्ने, कहिले घर घरमा ग्याास पाइप नै पुर्‍याइदिने जस्ता अर्थ न बर्थका अभिव्यक्तिले आम जनता उनीप्रति विश्वस्त हुन छाडे । ओली सरकार गठन भएको ६ महिना पूरा भएको । राष्ट्र र जनताको पक्षमा काम गर्नेका लागि यो थोरै समय पक्कै होइन । यो अवधिमा कुनै योजनाहरु पूरा हुन नसक्लान् तर शुरुवात अवस्य गर्न सकिन्छ । आज अर्थात ६ महिना अवधि पूरा हुादा कुनै राम्रा कामको शुरुवात हुन सकेको छैन । होला भन्ने आशा र विश्वास पनि अब कसैलाई छैन । तसर्थ केपी ओली सरकारको बहिर्गमन नै मुलुकको वर्तमान जटिलताको आधार बन्न सक्छ र बन्छ । जति यो सरकार सत्तामा रहन्छ त्यति नै मुलुक अद्योगतितिर धकेलिने निश्चित छ । माफिया, तस्कर, ठग,
अपराधिहरुको चलखेल रोक्न पनि केपी ओली सरकारको वहिर्गमन आवश्यक छ । यही अवस्थामा मुलुक अगाडि बढ्ने हो भने एकदिन यहाा लोकतन्त्र नै अफापसिद्ध भएको निश्कर्ष आम सर्वसाधारणले निकाल्ने छन् ।

तपाईको प्रतिक्रिया