भगवान हनुमानलाई अदालतको आदेश, तत्काल मन्दिरबाट हटिहाल

छिमेकी भारतमा अनौठा कृत्य
भैरहन्छन् । कहिले कुखुरालाई पुलिसले पक्रिन्छ त कहिले बाख्रोलाई पक्रिन्छ । कहिले भगवानको नाममा परिचयपत्र तयार हुन्छ । यो पाला भने भारतको एक अदालत निकै क्रान्तिकारी बन्दै भगवान हनुमानका नाममा आदेश
जारी गरेको छ । सडक किनाराको
मन्दिरबाट मन्दिर सहित तत्कालै हट्न अदालतले हनुमानका नाममा आदेश दिएको हो ।
बिहारको रोहतास जिल्लाको डहेरी अनसोनको एक अदालतले यस्तो आदेश दिएको बताइएको छ । अदालतको आदेश पछि जिल्लाका सर्कल अफिसरको नामबाट भगवान हनुमानको नाममा सूचना जारी गर्दै मन्दिर सहित आफुलाई हटाउन निर्देशन दिइयो ।
हनुमान मन्दिरको मूर्तिमा टाासिएको सूचनामा लेखिएको छ, तिम्रो मन्दिरको कारण सडकमा हिड्ने मानिसलाई गाह्रो भैरहेको छ । त्यसैले तिमीले यहााबाट आफ्नो मन्दिर हटाऊ ।
हनुमानका नाममा नोटिस जारी हुनेबित्तिकै यो घटनामाथि खुबै हसिमजाक भैरहेको छ र विरोध पनि भैरहेको छ । बजरंगी दलका कार्यकर्ताहरु मन्दिरमा पुगेर नाराबाजी तथा हंगामा गरे । सडक बन्द गरेर प्रशासनको विरुद्ध नाराबाजी गरे । हनुमानको मूर्तिमै सूचना टाास
गरिएको छ ।
यो घटनापछि सर्कल अफिसरले गल्ती स्विकार गरे । कसको गल्तीका कारण हनुमान मन्दिरको नाउामा सूचना पठाइएको हो, त्यस विषयमा अनुसन्धान हुने उनले बताएका छन् ।
यसअघि बिहारको बेगुसराय जिल्लामा पनि हनुमान मन्दिर हटाउनका लागि बजरंगबलीको नाममा सूचना पठाइएको थियो । यसअघि सितामढीमा भगवान
रामको विरुद्धमा मुद्दा हालिएको घटना पनि सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया