धरान/नेपाल प्रहरी श्रीमति संघको सुपरीवेक्षणमा सञ्चालित आसारा सुधार केन्द्र रानीबारी काठमाण्डौको शाखा तथा स्थानीय जनसमुदाय र नेपाल प्रहरीको संयुक्त पहलमा सञ्चालन हुने धरान उपमहानगरपालिका वडा नं. २३ मा निर्माणाधीन पूर्वाञ्चल आसरा सुधार केन्द्रको सम्पूर्ण निर्माण कार्य आगमी दुई बर्ष भित्रमा सम्पन्न गरिने भएको छ ।
नेपाल प्रहरी र पूर्वाञ्चलबासीको ज्वान्ट भेन्चरमा निर्माण हुने सुधार केन्द्र भवन निर्माण मूल समितिको सोमबार धरानमा बसेको बैठकमा सो जानकारी गराइएको हो । मूल निर्माण समितिका संयोजक एवम.् धरान उपमहानगरपालिकाका पूर्व प्रमुख मनोजकुमार मेन्याङ्बोले सो कुराको जानकारी गराउनु भएको हो ।
मूल निर्माण समितिको वैठकमा
धरानका उद्योगी, व्यवसायी, सामाजिक संघ संस्थाका कार्यकर्ता, स्थानीय
राजनीतिक नेतृत्व, यातायात व्यवसायी, नागरिक समाजका अगुवा, सेवा निवृत्त प्रहरी, सेना लगायतको समेत उपस्थिति रहेको थियो । पूर्व क्षेत्रीय प्रहरी प्रमुख केशरीराज घिमिरेको प्रमुख आतिथ्यमा भएको बैठकमा आसरा केन्द्रको निर्माणमा हालसम्म भएको प्रगतिका बारेमा बोल्दै संयोजक मनोजकुमार मेन्याङ्बाले भन्नुभयो २०७१ मंसिर ९ गते भवन निर्माण गर्न ७ सय १ सदस्यीय मूल समिति निर्माण भए पश्चात लगत्तै आएको महाभुकम्प, त्यसपछिको मधेश आन्दोलनले प्रभावित बनायो । यद्यपि, हामी त्यस अवधिमा निति निर्माण गर्ने कार्यमा लाग्यौं ।
संयोजक मेन्याङबोले भन्नुभयो, हालसम्म ४१ लाख सहयोग गर्ने कमिन्टेन्मेन्ट भइसकेको छ । त्यसमध्ये १३ लाख रकम संकलन भएको र सोही रकम मध्येबाट २५ वटा पिल्लर रहने भवनमा १८ वटा पिल्लरको काम हुदै गरको छ । संकलन भएको रकममध्ये ९ लाख खर्च भएको र बााकी रकम बैंक मौज्जाद रहेको समेत उहााले प्रष्ट
पार्नुभयो । झण्डै ३ करोडको सुधार केन्द्र, प्रशासनक भवन, भान्सा र आठ कट्ठा जग्गामा कम्पाउन्ड वाल निर्माण गर्न ५ करोड लाग्ने समेत उहाले प्रष्ट्याउनुभयो ।
